इन्स्टाग्राम
| इन्स्टाग्राम | |
|---|---|
| मूल सम्पादक(हरू) | केभिन सिस्ट्रोम, माइक क्राइगर |
| निर्माणकर्ता (हरू) | फेसबुक निगम |
| मौलिक संस्करण | अक्टोबर ६, २०१० |
| भण्डारण | |
| सञ्चालन प्रणाली | आइओएस, एन्ड्रोइड, फायर सञ्चालन प्रणाली |
| आकार | १२३.८ मेगाबाइट (आइओएस)[१] ४०.७६ मेगाबाइट (एन्ड्रोइड)[२] |
| उपलब्ध भाषाहरू | ३२[३] भाषाहरू |
भाषाहरूको सूची अङ्ग्रेजी, आह्राभात्स्की, चेक, डेममाकी, नेदरलन्दी, फिनलान्दी, फँसेली, जर्मनेली (दोएच्स), युनानी, हिन्दी, हङ्गेरियाली, इन्डोनेसियाली, इतालियाली, जापानी, कोरियाली, मलय, बोकमाल, पोल्स्का, पुर्तुगाली, रोमानियाली, रूसी, सरलीकृत चिनियाँ, स्लोभाकी, स्पेनी, स्भेन्स्का, तागालग, थाई, परम्परागत चिनियाँ, तुर्की, युक्रेनी र भियतनामी | |
| अनुमति पत्र | प्रयोगका सर्तहरू का साथ स्वामित्व सफ्टवेयर |
| वेबसाइट | आधिकारिक वेबसाइट |
इन्स्टाग्राम एक अमेरिकी तस्वीर तथा श्रव्य दृश्य साझेदारी गर्ने एक सामाजिक सञ्जाल सेवा हो जुन फेसबुक निगमको स्वामित्वमा रहेको छ।[४] यसलाई केभिन सिस्ट्रोम र माइक क्रेइगरद्वारा संयुक्त रूपमा निर्माण गरिएको थियो। यसलाई सन् २०१० मा आइओएस मार्फत सुरु गरिएको थियो। एन्ड्रोइड उपकरणहरूको लागि यसको आधिकारिक संस्करण अप्रिल २०१२ मा जारी गरिएको थियो भने नोभेम्बर २०१२ मा सीमित सुविधाहरू भएको यसको वेबसाइटलाई जारी गरिएको थियो। १५ जुन २०१४ मा फायर सञ्चालन प्रणालीमा यसको आधिकारिक अनुप्रयोग र सन् २०२६ मा विन्डोज १० ट्याबलेट र कम्प्युटरहरूको लागि यसको अनुप्रयोग जारी गरिएको थियो। अनुप्रयोगले प्रयोगकर्ताहरूलाई तस्वीर र श्रव्य दृश्यहरू उर्ध्वभरण गर्न अनुमति दिन्छ जसलाई छनोटको साथ सम्पादन गर्न र चिनो र स्थान जानकारीको साथ सङ्गठित गर्न सकिन्छ। प्रकाशित सामग्रीहरू सार्वजनिक रूपमा वा पूर्व अनुमोदित अनुयायीहरूसँग साझेदारी गर्न सकिन्छ। प्रयोगकर्ताहरूले चिनो र स्थानहरू मार्फत अन्य प्रयोगकर्ताहरूको सामग्री खोल्न सक्दछन् र अति लोकप्रिय सामग्रीहरू अवलोकन गर्न पनि सक्छन्। प्रयोगकर्ताहरूले तस्वीर मनपराउन सक्दछन् र उनीहरूको सामग्री थप्नको लागि अन्य प्रयोगकर्ताहरूलाई अनुसरण गर्न सक्दछन्।[५]
सुरुवाती अवस्थामा, इन्स्टाग्रामका मूल सामग्रीहरूलाई केवल एक वर्ग (१:१) दृष्टि अनुपात र ६४० पिक्सेल गुणस्तरको साथ आइफोनको प्रदर्शन चौडाइसँग मिलाउनको लागि अनुमति दिएर पहिचान गरिएको थियो। सन् २०१५ यी बाधाहरूलाई सरल पारिएको थियो, जसमा यसले ६४०बाट १०८० मा आफ्नो पिक्सेल गुणस्तर वृद्धि गरेको थियो। यसले सन्देश सुविधाहरू पनि थप गरेको थियो। जारी गरिएका एकल सामग्रीहरू बहु तस्वीर वा श्रव्य दृश्यहरू पनि यसले आफ्नो सेवामा समावेश गरेको थियो। यसको प्रमुख प्रतिस्पर्धी स्न्यापच्याटको समान यसले "कथाहरू" पनि थप गरेको थियो जसले प्रयोगकर्ताहरूलाई प्रत्येक सार्वजनिक सामग्रीको साथ अनुक्रमिक सामग्रीमा तस्वीर र श्रव्य दृश्य साझेदारी गर्न अनुमति दिन्छ जसमा प्रत्येक सार्वजनिक सामग्रीहरू २४ घण्टाको लागि अन्य प्रयोगकर्ताहरूद्वारा पहुँच योग्य बनाइएको छ। जनवरी २०१९ सम्म, कथाहरू सुविधालाई दैनिक रूपमा ५० करोड प्रयोगकर्ताहरूद्वारा प्रयोग गरिन्छ।[६]
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ इन्स्टाग्राम, एप स्टोर, अन्तिम पहुँच २०१९-१२-१६, (अङ्ग्रेजी भाषामा)।
- ↑ इन्स्टाग्राम अनुप्रयोग, एपिके मिरर, अन्तिम पहुँच २०१९-१०-२९।
- ↑ इन्स्टाग्राम, एप स्टोर, अन्तिम पहुँच २०२९-१०-०७, (अङ्ग्रेजी भाषामा)।
- ↑ (२० जुन २०१८), Instagram a dépassé la barre des 1 milliard d'utilisateurs, europe1.fr, (फँसेली भाषामा)।.
- ↑ (२ मार्च २०१६), Facebook et Instagram, à partir de quel âge ?, La Parisienne, अन्तिम पहुँच २८ मे २०१८, (फँसको फँसेली भाषामा)।
- ↑ Instagram Stories is Now Being Used by 500 Million People Daily, सोसल मिडिया टुडे, अन्तिम पहुँच २०१९-०४-१६।
बाह्य कडीहरू
[सम्पादन]- आधिकारिक वेबसाइट
- इंस्टा फॉलोअर्स प्रो एपीके अभिलेखिकरण २०२३-०८-११ वेब्याक मेसिन
- फेसबुकमा इन्स्टाग्राम
- रोस, केभिन, (मे ३०, २०१३), इन्स्टाग्रामका संस्थापकसँगको अन्तर्वार्ता, कमनवेल्थ क्लब।
- (सेप्टेम्बर १९, २०१६), इन्स्टाग्राम: केभिन सिस्ट्रोम र माइक क्राइगर, एनपिआर।