फायर सञ्चालन प्रणाली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फायर
कम्पनी / निर्माताअमेजन
भाषा प्रयोगसि (कोर), सि++, जाभा (युआई)[१]
ओएस परिवारएन्ड्रोइड (लिनक्स)
कार्य स्थितिचालू
श्रोत नमुनाएन्ड्रोइडमा आधारित खुला स्रोत परियोजना,[२] सहित स्वामित्व सफ्टवेयरअमुक्त स्रोत सफ्टवेयरका घटकहरू[३]
उपलब्ध४६ भाषाहरू
प्याकेज म्यानेजरएपिके
कर्नेल प्रकारमोनोथिलिक (परिष्कृत लिनक्स कर्नेल)
आधिकारिक वेबसाइटdeveloper.amazon.com/docs/fire-tv/fire-os-overview.html

अमेजन फायर वा फायर सञ्चालन प्रणाली एन्ड्रोइड आधारित मोबाइल सञ्चालन प्रणाली हो। यसलाई अमेरिकी कम्पनी अमेजनले यसको फायर फोन र फायर ब्रान्डका ट्याब्लेटहरूका लागि सृजना गरेको थियो जसमा, इको र इको डट, र फायर टिभी जस्ता अन्य सामग्री प्रदायक उपकरणहरू समावेश छन्।[४] यसलाई खुला स्रोत एन्ड्रोइड सञ्चालन प्रणालीबाट बनाइएको थियो र यसमा स्वामित्व सफ्टवेयर, अनुकूलित प्रयोगकर्ता दृश्य, मुख्य रूपमा सामग्री खपतमा केन्द्रित छ जसले अमेजनको आफ्नै भण्डार र सेवाहरूबाट उपलब्ध सामग्रीमा ठूलो सम्बन्ध समावेश गर्दछ।

किन्डल फायर श्रृङ्खलाले एन्ड्रोइडको अनुकूलित वितरणको प्रयोग गर्दछ। अमेजनले केवल किन्डल फायर ट्याब्लेटको तेस्रो पुनरावृत्तिको साथ वितरणलाई फायर सञ्चालन प्रणालीको रूपमा सान्दर्भित गर्न सुरू गरेको थियो। अघिल्लो किन्डल फायर नमूनाहरू भन्दा फरक, जसको सञ्चालन प्रणाली "एन्ड्रोइड"को आधारमा "सूचीबद्धको रहेको छ जबकि फायर ओएस ३.० "सञ्चालन प्रणाली" एन्ड्रोइडसँग उपयुक्त हुँदै सूचीबद्ध छ। किन्डल विद्युतीय-पाठकहरूको ट्याब्लेट संस्करणहरू फायरको श्रङ्खला भित्र पर्दछन्।

विशेषता[सम्पादन गर्नुहोस्]

फायर सञ्चालन प्रणालीले अमेजन अनुप्रयोग भण्डार, अमेजन भिडियो, अमेजन सङ्गीत र श्रव्य, र किन्डल भण्डार जस्ता अमेजनका सेवाहरूको माध्यमबाट उपलब्ध सामग्री प्रवर्द्धन गर्नका लागि सृजना गरिएको एक अनुकूलित प्रयोगकर्ता दृश्यको प्रयोग गर्दछ। स्थापित अनुप्रयोगहरू मध्येको "मनपर्ने अनुप्रयोग" को साथ यसले गृह पृष्ठमा हालसालै प्रयोग गरिएको सामग्री र अनुप्रयोगहरूमा विस्तृत सुविधा दिन्छ। अनुप्रयोग, खेल, सङ्गीत, श्रव्य पुस्तक, र अन्यहरूका बीच, खण्डहरू विभिन्न प्रकारका सामग्रीका लागि प्रदान गरिएको छ। खोजी कार्यले प्रयोगकर्ताहरूलाई उनीहरूको स्थानीय सामग्री पुस्तकालय वा अमेजन भण्डारहरूमा खोजी गर्न अनुमति दिन्छ। एन्ड्रोइडको समान, पृष्ठको शीर्षबाट खिचावटले द्रुत सेटिङ र सूचनाहरू उजागर गर्दछ। फायर ओएसले अमेजनको गुडरिड्स, फेसबुक, र ट्विटरको साथ एकीकरण प्रदान गर्दछ। एक्स-रे नामक नयाँ सेवा यसको प्रवाहमा थपिँदै एकीकृत गरिएको छ जसले प्रयोगकर्ताहरूलाई उनीहरूले हाल अवलोकन गरिरहेका कुरामा पूरक जानकारीहरू पहुँच गर्न अनुमति दिन्छ।

एन्ड्रोइडको संस्करण ५.० मा आधारितर फायर सञ्चालन प्रणालीले अद्यावधिक सुविधाहरूको प्रयोग गरेको थियो।[५] गृह पृष्ठले हाल परम्परागत अनुप्रयोग सूची र सामग्री प्रकारका लागि पृष्ठहरू फिर्ता गर्दछ जुन अघिल्लो विस्तृत दृश्य पहुँचको विपरित हो। यसले "अन डेक" नामक एक सेवाको सार्वजनिक गरेको थियो जसले, नयाँ सामग्री, द्रुत पठन उपकरण "शब्द गणक", र रङ्ग छनोट भण्डारण गर्नका लागि अफलाइन भण्डारणबाट सामग्री स्वचालित रूपमा सार्दछ। अभिभावकीय नियन्त्रणहरू नयाँ वेब ब्राउजरको साथ फ्रि-टाइम नामक (अनुवादित शीर्षक = स्वतन्त्र समय) रिति लागि बृद्धि गरिएको थियो जसमा बालबालिकाहरूमा लागि अनुपयुक्त सामग्रीको काँटछाँट गरिन्छ भने यसका साथसाथै सेवा अन्तर्गत "गतिविधि केन्द्र" पनि समावेश छ जसले बालबालिकाहरूलाई निगरानी गर्न प्रयोग गरिन्छ।[६][७][८]

फायर सञ्चालन प्रणाली ५ ले उपकरण कूटबद्धीकरण/गुप्तिकरण सेवा हटाएको थियो। एक अमेजन प्रवक्ताका अनुसार गुप्तिकरण एक उद्यम उन्मुख विशेषता हो जुन अयोग्य थियो। मार्च २०१६ मा, हटाएको जानकारी सार्वजनिक गरिएसँगै, एफबीआई – एप्पल गुप्तिकरण विवादको कारण यो आलोचित बन्न पुगेको थियो। आलोचाना खेपेको कम्पनीले आगामी संस्करणमा यसलाई निरन्तरता दिने घोषणा गरेको थियो।[९][१०]

पूनर्निर्धारित सामग्रीहरू[सम्पादन गर्नुहोस्]

फायर सञ्चालन प्रणालीमा उपकरणहरू अमेजनको सफ्टवेयर र सामग्रीहरूको विस्तृत श्रृङ्खलाहरूका साथ आउँदछन्, उदाहरणका लागि यसमा पूनर्निर्धारित रूपमा हियर विगो नामक एक नक्सा अनुप्रयोग स्थापित भएको हुन्छ। एन्ड्रोइडमा आधारित रहेको यस सञ्चालन प्रणालीले, उपकरणहरूमा एन्ड्रोइडको व्यापारीक प्रतिक प्रयोग गर्न सक्दैन।[११][१२]

फायरका उपकरणहरूमा गुगल मोबाइलका सेवाहरू समावेश छैनन्, उदाहरणका लागि यसमा पूर्वनिर्धारित रूपमा गुगलका विभिन्न मोबाइल अनुप्रयोगहरू जस्तै गुगल खोज, गुगल नक्सा, अनुप्रयोग भण्डार स्थापित छैनन्।[१३] गुगल अनुप्रयोग भण्डार यसमा स्थापना गर्न सकिन्छ तथापि, तृ-पक्षीय अनुप्रयोगहरू विभिन्न अन्य वेबसाइटहरू मार्फत अभिभारण गरि यसमा स्थापनम गर्न सकिन्छ। यद्यपि अनुप्रयोग गुगल सेवाहरूमा निर्भर छ भन्ने बारेमा पूर्ण अनुकूलताको सुनिश्चितता छैन।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Android Code Analysis", मूलबाट सेप्टेम्बर १४, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ६, २०१२  वेब्याक मेसिन अभिलेखिकरण डिसेम्बर २५, २०१८ मिति
  2. "Philosophy and Goals", Android Open Source Project, मूलबाट मे १, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २१, २०१२  वेब्याक मेसिन अभिलेखिकरण मे १, २०१२ मिति
  3. "Google's iron grip on Android: Controlling open source by any means necessary", Ars Technica, अन्तिम पहुँच डिसेम्बर ८, २०१३ 
  4. "Rapid Temporary Root for HD 8 & HD 10", XDA Forums (en-USमा), फेब्रुअरी २६, २०१९, अन्तिम पहुँच सेप्टेम्बर १३, २०२१ 
  5. "Fire OS Overview", Amazon Appstore Developer Portal, Amazon.com, Inc., अन्तिम पहुँच नोभेम्बर २०, २०२१ 
  6. "What's new in Amazon Fire OS 5 Bellini?", Pocket-lint, सेप्टेम्बर १७, २०१५, अन्तिम पहुँच जनवरी २८, २०१६ 
  7. "Amazon's Fire HD 10 tablet a rare misfire for company", Fortune, अन्तिम पहुँच जनवरी २८, २०१६ 
  8. "Feature-stuffed Fire OS update makes Amazon's tablets even more kid-friendly", PC World, अन्तिम पहुँच जनवरी २८, २०१६ 
  9. "Amazon quietly disabled encryption in the latest version of Fire OS", The Verge, मार्च ३, २०१६, अन्तिम पहुँच मार्च २९, २०१६ 
  10. "Amazon pledges to bring device encryption back to Fire OS this spring", The Verge, मार्च ५, २०१६, अन्तिम पहुँच मार्च २९, २०१६ 
  11. "Here's What You Need to Know About Amazon's Fire OS", Lifewire, अन्तिम पहुँच मार्च ३, २०२१ 
  12. "How the Kindle Fire Works", HowStuffWorks, अगस्ट २२, २०१२, अन्तिम पहुँच मार्च ३, २०२१ 
  13. Segan, Sascha (डिसेम्बर २०१३), "How To Run Free Android Apps On the Kindle Fire", PC Magazine 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

ढाँचा:Amazon ढाँचा:Mobile operating systems