हियर विगो
![]() | |
![]() एण्ड्रोइड (सञ्चालन प्रणाली) | |
निर्माणकर्ता (हरू) | हियर ग्लोबल बिभी |
---|---|
मौलिक संस्करण | २० नोभेम्बर २०१२ |
स्थिर संस्करण | २.०.१२५०९ (एण्ड्रोइड), २.०.४१ (आइओएस) / २५ सेप्टेम्बर २०१८ , ५ डिसेम्बर २०१८ |
सञ्चालन प्रणाली |
|
उपलब्ध भाषाहरू | अङ्ग्रेजी |
वेबसाइट | wego.here.com here.com/app |
हियर विगो एक वेब नक्सा र पथ प्रदर्शक सेवा हो जसलाई हियरले सञ्चालन गर्ने गर्दछ। मूलतः यसलाई पहिला नोकियाले हियर नक्साको रूपमा विकास गरेको थियो। नक्सा सफ्टवेयर अनुप्रयोग पहिलोपटक विन्डोज फोनको लागि र विश्वव्यापी वेबमा सन् २०१३ नोकिया नक्साको नयाँ संस्करण सहित सार्वजनिक गरिएको थियो। हियर नक्साको अनुप्रयोग १० डिसेम्बर २०१४ मा एण्ड्रोइड र ११ मार्च २०१५ मा आइओएसमा सार्वजनिक गरिएको थियो। यसको नाम नोकिया नक्साबाट हियर विगोमा जुलाई २०१६ मा परिवर्तन गरिएको थियो।
हियरद्वारा प्रदान गरिएको आँकडामा, उपग्रह दृश्य, ट्राफिक आँकडा, र अन्य स्थान सम्बन्धित सेवाहरू पर्दछन्। नक्साहरू दुई-तीन महिनाको अन्तरालमा अद्यावधिक गरिन्छन्।
विषयसूची
समर रेखा र उपलब्धता[सम्पादन गर्ने]
नोकिया/ओभिआई नक्सा[सम्पादन गर्ने]
सन् २००६ मा, नोकियाले वेब नक्सा सेवा सफ्टवेयर स्मार्ट२गोको साथ बर्लिनमा आधारित गेट५ नामक कम्पनी खरिद गरेको थियो। फेब्रुअरी २००७ मा, नोकियाले स्मार्ट२गो एस६० स्याम्बियन मञ्च र विन्डोज मोबाइल ५.० मा निशुल्क रूपमा उपलब्ध हुने कुराको घोषण गरेको थियो। यो पहिले देखिनै उपकरणहरूमा उपलब्ध हुने (जस्तै नोकिया एन९५) र जसमा जिपिएस प्रविधिको सुविधा पनि रहने बताइएको थियो।[१] अगष्ट २००७ मा, स्मार्ट२गो अनुप्रयोग ओभिआई नक्साको रूपमा पुनर्निर्माण गरिएको थियो जुन चाहिँ एस६० को तेस्रो संस्करण उपकरणहरूमा सार्वजनिक गरिएको थियो।[२] एक महिना पछि, नोकियाले नेभटेक नामक अङ्कीय नक्सा प्रणाली प्रदायक खरिद गरेको थियो।
ओभिआई नक्साको २.० संस्करण सार्वजनिक बेटामा फेब्रुअरी २००८ मा गएको थियो भने मे महिनामा निस्कासन गरिएको थियो।[३] ३.० संस्करण जुलाई २००९ मा सार्वजनिक गरिएको थियो।[४]
पथ प्रदर्शन र ट्राफिक जानकारी वास्तविक रूपमा दर्ताको आवश्यकता पर्दथ्यो तर जनवरी २०१० मा नोकियाले सेवा नि:शुल्क रूपमा प्रदान गरिने घोषण गरेको थियो। २०११ मा, यसको नाम नोकिया नक्सामा परिवर्तन गरिएको थियो। नोभेम्बर २०११ मा, यसलाई नोकिया लुमियामा सार्वजनिक गरिएको थियो र उपकरणमा पुन निर्धारित रूपमा रहेको थियो। नोकिया एन९०० र एन९ को लागि पनि छुट्टाछुट्टै संस्करणहरू बनाइएको थियो।
नोकिया नक्सा[सम्पादन गर्ने]
नोभेम्बर २०१२ मा, नोकियाले, नोकिया नक्सालाई हियर नक्सामा पुनर्गठन गरेको थियो।[५] पुनर्गठित संस्करण पहिला आइओएस र पछि फेब्रुअरी २०१३ मा सबै विण्डोड फोन ८ उपकरणहरूको लागि सार्वजनिक गरिएको थियो।[६] यो नोकिया आसाको मञ्च र फायरफक्स ओएसमा पनि सार्वजनिक गरिएको थियो।[७] तथापि स्याम्बियन र सेरिज ४० का संस्करणहरूमा भने पुरानै नामको प्रयोग गरिएको थियो।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ बेरेट, माइक, "नोकियाले स्मार्ट२गो निशुल्क नक्सा अनुप्रयोग सुरु गरेको छ", डब्ल्यूडब्ल्यूडब्ल्यू पकेट जिपिएस वल्ड डटकम, अन्तिम पहुँच ३ नोभेम्बर २०१८।
- ↑ "नोकिया नक्सा १.०", अन्तिम पहुँच ३ नोभेम्बर २०१८।
- ↑ "नोकिया नक्सा २ आधिकारिक रूपमा उपलब्ध", अन्तिम पहुँच ३ नोभेम्बर २०१८।
- ↑ "ओभिआई नक्सा ३.० आधिकारिक रूपमा सार्वजनिक भएको छ (तर तपाईलाई कम्प्युटरको आवश्यकता पर्दछ)", अन्तिम पहुँच ३ नोभेम्बर २०१८।
- ↑ "नोकिया हियर आइओएस नक्सा अनुप्रयोगको अवलोकन", अन्तिम पहुँच ३ नोभेम्बर २०१८।
- ↑ "नोकिया नि:शुल्क नक्सा र पथ प्रदर्शक अनुप्रयोग अब अफ बढी विण्डोज फोनमा पनि उपलब्ध", ब्लग्स डट विण्डोज डटकम, अन्तिम पहुँच ३ नोभेम्बर २०१८।
- ↑ "नोकियाको हियर नक्सा आसा ५०१ मा पनि, बेटा संस्करण पनि डाउनलोडको लागि उपलब्ध छ", अन्तिम पहुँच ३ नोभेम्बर २०१८।