युट्युब

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
युट्युब
The YouTube logo is made of a red round-rectangular box with a white "play" button inside and the word "YouTube" written in black.
व्यवसायको प्रकारसहायक कम्पनी
साइटको प्रकार
भिडिओ साझेदारी सेवा
संस्थापितफेब्रुअरी १४, २००५; १९ वर्ष पहिले (२००५-०२-14)
मुख्यालयहरूसान ब्रुनो, क्यालिफोर्निया,
अमेरिका
सेवा क्षेत्रविश्वव्यापी (प्रतिबन्धित देशहरू बाहेक प्रतिबन्धित देशहरू)
संस्थापक (हरू)[१]
मुख्य व्यक्तिहरूसुसन उचित्सकी (कार्यकारी)
उद्योग
उत्पादहरूयुट्युब प्रिमियम
युट्युब सङ्गीत
युट्युब टिभी
आययुएस$१५ अर्ब (सन् २०१९)
अभिभावकगुगल (सन् २००६–हाल)
युआरएलयुट्युब.कम
विज्ञापनगुगल एड्सेन्स
दर्ता
वैकल्पिक
  • सामान्यतया हेर्नका लागि दर्ता आवश्यक नपर्ने; सामग्री थप्न र झण्डा चिन्हित गरिएको अर्थात् (१८+) सामग्री, टिप्पणी छोड्न, मन पराउन, मन नपराउन र प्रवाहसूचीमा थप्न खाता आवश्यक पर्ने
चालु भएको मितिफेब्रुअरी १४, २००५; १९ वर्ष पहिले (२००५-०२-14)
वर्तमान स्थितिचालू
सामग्री इजाजतपत्र
उर्ध्वभरणकर्ताले प्रतिलिपी अधिकार प्राप्त गर्ने (मानक प्रतिलिपी अधिकार); क्रिएटिभ कमन्स छनोट गर्न मिल्ने।
लेखिएको भाषापाइथन (ढाँचा),[२] सी (सिपाइथनको माध्यमबाट]]), सी++, जाभा (जुस मञ्च मार्फत),[३][४] गो,[५] जाभास्क्रिप्ट

युट्युब एक अमेरिकी भिडिओ साझेदारी सेवा हो। यसको प्रधान कार्यालय सान ब्रुनो, क्यालिफोर्नियामा अवस्थित छ। यसलाई फेब्रुअरी २००५ मा, पूर्व पेपलका कर्मचारी, चाड हर्ली, स्टिभ चेन र जावेद करिमले संयुक्त रूपमा स्थापना गरेका थिए।[६] नोभेम्बर २००६ मा, अमेरिकी कम्पनी गुगलले यसलाई १.६५ अर्ब अमेरिकी डलरमा खरिद गरेको थियो। युट्युब हाल गुगलको सहायक कम्पनीको रूपमा सञ्चालित छ।[७][८]

युट्युबले प्रयोगकर्ताहरूलाई अवस्थित सामग्रीहरू, अवलोकन, मुल्याङ्कन, साझेदारी, प्रवाहसूचीहरूमा थप्न, उजुरी गर्न, भिडिओमा टिप्पणी गर्न, र अन्य प्रयोगकर्ताहरूको सदस्यता लिन अनुमति दिन्छ। यसले प्रयोगकर्ताद्वारा उत्पादित सामग्रीहरूको विविधता प्रदान गर्दछ। उपलब्ध सामग्रीले संक्षिप्त भिडिओ, टेलिभिजन कार्यक्रमका दृश्य, साङ्गीतिक भिडिओहरू, छोटो र दस्तावेज चलचित्र, श्रव्य सामग्री, चलचित्रकम झलक, प्रत्यक्ष प्रवाह, छोटो मौलिक दृश्य, र शैक्षिक भिडिओहरू जस्ता अन्य सामग्री समावेश गर्दछ।

युट्युबमा धेरैजसो सामग्री व्यक्तिद्वारा निर्माण गरिएका हुन्छन् तर सिबिएस, बीबीसी, भिभो, र हुलु लगायत मिडिया निगमले युट्युब साझेदारी कार्यक्रमको भागको रूपमा उनीहरूको सामग्रीहरू युट्युब मार्फत प्रस्ताव गर्दछन्। दर्ता नगरिएका प्रयोगकर्ताहरूले वेबसाइटमा भिडिओहरू हेर्न सक्दछन् तथापि, सामग्री थप्नका लागि यसमा खाताको आवश्यकता पर्दछ। जबकि दर्ता भएका प्रयोगकर्ताहरूले यसमा असीमित सङ्ख्यामा भिडिओहरू उर्ध्वभरण गर्न र भिडिओमा टिप्पणीहरू थप्न सक्दछन्। उमेर-प्रतिबन्धित भिडिओहरू हेर्नका लागि १८ वर्षको उमेरको कटेको पुष्टि गर्नु पर्ने हुन्छ जुन दर्ता गरिएको प्रयोगकर्ताहरूको लागि मात्र उपलब्ध छ।

युट्युब र छानिएका सिर्जनाकर्ताहरूले गुगल विज्ञापन मर्फत राजस्व सङ्कलन गर्दछन् जुन एक सेवा हो जसले वेबसाइटका सामग्री र दर्शकहरूको आधारमा विज्ञापनहरूलाई लक्षित गर्दछ। यसका धेरै जसो भिडिओहरू हेर्नका लागि शुल्क तिर्नु पर्दैन, तर अपवादहरूमा सदस्यता-आधारित भुक्तान च्यानल, भाडाका चलचित्र, युट्युब सङ्गीत र युट्युब भुक्तान सहितका सदस्यता सेवा, विज्ञापन-रहितका सङ्गीतका लागि पैसा तिर्नु पर्ने हुन्छ।

फेब्रुअरी २०१७ सम्म, यसमा प्रत्येक मिनेटमा ४०० घण्टा भन्दा बढी सामग्री थपिएका थिए, र प्रत्येक दिन युट्युबमा एक अर्ब घण्टाका सामग्रीहरू हेरिएको थियो। अक्टोबर २०२० सम्म, अलेक्सा इन्टरनेटका अनुसार, युट्युब गुगल पछिको संसारको सबैभन्दा लोकप्रिय वेबसाइट हो।[९] मे २०१९ सम्ममा, हरेक मिनेटमा ५०० घण्टा भन्दा बढी समयका भिडिओ सामग्री युट्युबमा उर्ध्वभरण गरिन्छ।[१०] उल्लेख गरिएको त्रैमासिक विज्ञापन राजस्वका आधारमा, युट्युबको वार्षिक राजस्वमा १५ अर्ब अमेरिकी डलर रहेको अनुमान गरिएको छ।[११]

युट्युबले यसको सञ्चालन पक्षहरूमा आलोचनाको सामना गरेको छ, जसमा यसमा सार्वजनिक गरिएका सामग्री भित्र अवस्थित प्रतिलिपि अधिकारयुक्त सामग्रीको उपयोग पर्दछ।[१२] यसको सिफारिश गरीएको एल्गोरिदमले गर्दा भिडिओहरूले षड्यन्त्र सिद्धान्त र झूटलाई बढावा दिन्छ भने यहाँ हालिएका कतिपय सामग्रीहरूले संभवत हिंसात्मक वा यौनजन्य सुझाव सहित स्पष्ट रूपमा बालबालिकाहरूलाई लक्षित गर्दछ।[१३] लोकप्रिय पात्रहरू समावेश गरिएका सामग्रीहरूले बालबालिकाहरूलाई उनीहरूको टिप्पणी खण्डमा बाल यौन शोषणका गतिविधिहरूलाई आकर्षित गर्दछ[१४] भने विज्ञापनका साथ मुद्रीकरण गर्नको लागि योग्य सामग्रीको प्रकारहरूमा यसको नीति अस्थिर देखिन्छ।[१४]

इतिहास

स्थापना र प्रारम्भिक वृद्धि (सन् २००५–२००६)

बायाँ देखि दायाँ सम्म: चाड हर्ली, स्टिभ चेनजावेद करिम, युट्युबका संस्थापकहरू हुन्।

युट्युबलाई पेपलका कर्मचारी स्टिभ चेन, चाड हर्ली र जावेद करिमले संयुक्त रूपमा स्थापना गरेका थिए।[७][१५] करिमका अनुसार युट्युब सृजनाको प्रेरणा उनलाई पहिलो पटक सन् २००४ को सुपर बाउल घटनामा जेनेट ज्याक्सनको भूमिकाबाट आएको थियो जब उनको प्रस्तुतिको बेला उनको स्तन प्रदर्शन भएको थियो र पछि सन् २००४ हिन्द महासागर सुनामीबाट पनि उनले युट्युब सृजनाको प्रेरणा प्राप्त गरेको बताएका थिए।[१६] तात्कालिक समयमा, करिमले सजिलैसँग कुनै पनि कार्यक्रमहरूको दृश्य अनलाइनमा फेला पार्न सकेका थिएनन्, जसले भिडिओ साझेदारी सेवाको विचारलाई अघि बढाएको थियो। हर्ली र चेनका अनुसार यसको मूल विचार भनेको एक अनलाइन प्रेमालाप सेवाको भिडिओ संस्करण हो जुन हट वा नट नाम वेबसाइटबाट प्रभावित थियो।[१७] तिनीहरूले वर्गीकृत विज्ञापन क्रेगलिस्टमा जानकारी सार्वजनिक गर्दै सुन्दर महिलाहरूलाई आफैँका भिडिओहरू १०० डलर पुरस्कारको लागि उर्ध्वभरण गर्न अनुरोध गरेका थिए।[१८] पर्याप्त प्रेमालापका दृश्यहरू फेला पार्न कठिनाई भएका कारण योजनालाई परिवर्तन गरिएको थियो र वेबसाइट संस्थापकहरूले कुनै पनि प्रकारको भिडिओको साझेदारीलाई स्वीकार गर्ने निर्णय गरेका थिए।[१९]

सञ्चार माध्यमहरूमा बारम्बार दोहोरिएका सामग्रीहरू अनुसार हर्ली र चेनले सन् २००५ को सुरूमा, सान फ्रान्सिस्को स्थित, चेनको कोठामा भोज समारोहमा कैद गरेको भिडिओ साझा गर्नमा उनीहरूलाई समस्या भएको थियो जसले गर्दा उनीहरूले यसलाई थप विकास गर्ने निर्णय गरेका थिए।

युट्युब प्रविधिमुखी प्रारम्भिक अनलाइन सेवाको रूपमा स्थापना भएको थियो।[२०] यसले सुरुवाती चरणमा, सेकुइया पूँजी कम्पनी मार्फत १ करोड १५ लाख लगानी प्राप्त गरेको थियो भने यसले नोभेम्बर २००५ देखि अप्रिल २००६ सम्म, आर्टिस पूँजी कम्पनी मार्फत ८० लाख अमेरिकी डलर प्राप्त गरेको थियो।[१८] युट्युबको प्रारम्भिक प्रधान कार्यालय, सान मातेओ क्यालिफोर्नियामा अवस्थित थियो।[२१] यसको ड‍ोमेन नाम युट्युब डटकम १४ फेब्रुअरी २००५ मा, सूचारू भएको थियो भने यसको वेबसाइटलाई अर्को महिना विकास गरिएको थियो। युट्युबमा प्रथम पटक, यसका संस्थापक जावेद करिमले "मि एट द जु" शीर्षक राखेर भिडिओ सार्वजनिक गरेका थिए।[२२] दृश्य २३ अप्रिल २००५ मा, उर्ध्वभरण गरिएको थियो भने दृश्य हालसम्म पनि मञ्चमा उपलब्ध छ।[२३] मे २००५ मा, युट्युबले सार्वजनिक परिक्षण संस्करणको प्रस्ताव गरेको थियो। अप्रिल २००५ मा, ब्राजिली फुटबल खेलाडी रोनाल्डिन्हो चित्रित नाइकीको विज्ञापनले १० लाख अवलोकन पार गर्ने प्रथम भिडिओ बनेको थियो।[२४] नोभेम्बर २००५ मा, सेकुइया पूँजी कम्पनी मार्फत ३० लाख पचास हजार लगानी प्राप्त गरेसँगै सेवा १५ डिसेम्बर २००५ मा, आधिकारिक रूपमा सुरु भएको थियो।[२५][२६] तात्कालिक समयमा वेबसाइटले द‌ैनिक रूपमा ८० लाख अवलोकन प्राप्त गरेको थियो।[२७][२८]

आधिकारिक रूपमा सुरुवात भएको केही समयसम्म यसले बजार मान्यता प्राप्त गर्न असफल रहेको थियो।त्यस समयमा यो एकमात्र भिडिओ साझेदारी सेवा थिएन।[२९] नोभेम्बर २००४ मा, यसको प्रतिस्पर्धाीको रूपमा भिमिओको सुरुवात गरिएको थियो जसलाई कलेज ह्युमरले विकास गरेको थियो तथापि, यसको वृद्धि कमजोर रहेको थियो। [३०] जुलाई २००६ देखि यसको वृद्धिमा उल्लेखनीय सुधार आएको थियो र कम्पनीले मञ्चमा ६५,००० नयाँ भिडिओहरू द‌ैनिक रूपमा उर्ध्वभरण भएको जनाएको थियो। त्यस समयमा, यसले १० करोड अवलोकन प्राप्त गरेको थियो।[३१]

सन्दर्भ सामग्रीहरू

  1. "युट्युबको १५ वर्षे यात्रा, यो हो पहिलो भिडियो"। अनलाइन खबर। सङ्ग्रह मिति १० नोभेम्बर २०२० 
  2. Vincent Lextrait (mis en ligne le ३० mai २०१२), "YouTube runs on Python", अन्तिम पहुँच २० avril २०१५ 
  3. Wilson, Jesse (मे १९, २००९), "Guice Deuce", Official Google Code Blog, अन्तिम पहुँच मार्च २५, २०१७ 
  4. "YouTube Architecture", High Scalability, अन्तिम पहुँच अक्टोबर १३, २०१४ 
  5. "Golang Vitess: a database wrapper written in Go as used by Youtube", अक्टोबर २३, २०१८। 
  6. "Der Anfang vom Ende? YouTube zeigt nicht-überspringbare Werbung", chip.de, २०१६-०४-२७, अन्तिम पहुँच २०१७-०४-१५ 
  7. ७.० ७.१ "यस्तो छ युट्युबको इतिहास, कति गर्छ प्रत्येक वर्ष कमाई ?"नेपाली पत्र। सङ्ग्रह मिति १० नोभेम्बर २०२० 
  8. Google lança nova canal Youtube Edu. Estadão. Página visitada em 29 de novembro de 2013.
  9. "The top 500 sites on the web", अलेक्सा इन्टरनेट  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०२-०३ मिति
  10. Loke Hale, James (मे ७, २०१९), "More Than 500 Hours Of Content Are Now Being Uploaded To YouTube Every Minute", ट्युब फिल्टर (लस एन्जलस, क्यालिफोर्निया), अन्तिम पहुँच जुन १०, २०१९ 
  11. "युट्युबका ५ रोचक तथ्य, तपाईँलाई थाहा नहुन सक्छ"। क्लिकमान्डू। सङ्ग्रह मिति १० नोभेम्बर २०२० 
  12. Orphanides, K. G. (२०१९-०२-२०), "On YouTube, a network of paedophiles is hiding in plain sight", Wired UK, आइएसएसएन 1357-0978, अन्तिम पहुँच २०१९-११-०३ 
  13. Wong, Julia Carrie; Levin, Sam (२०१९-०१-२५), "YouTube vows to recommend fewer conspiracy theory videos", The Guardian (अङ्ग्रेजीमा), आइएसएसएन 0261-3077, अन्तिम पहुँच २०१९-११-०३ 
  14. १४.० १४.१ "The Yellow $: a comprehensive history of demonetization and YouTube's war with creators", Polygon (अङ्ग्रेजीमा), २०१८-०५-१०, अन्तिम पहुँच २०१९-११-०३ 
  15. "La première vidéo de Youtube !", melty, २९-०४-२०१०, अन्तिम पहुँच ०५-०७-२०२० .
  16. Setra, "Insolite : à l’origine, YouTube devait être un site de rencontre", Presse Citron, अन्तिम पहुँच २१ juillet २०१७ 
  17. "डेटिङ' का लागि बनाएको युट्युब कसरी बन्यो अनलाइन भिडिओको राजा?"। सेतोपाटी। सङ्ग्रह मिति १० नोभेम्बर २०२० 
  18. १८.० १८.१ "r | p 2006: YouTube: From Concept to Hypergrowth – Jawed Karim" 
  19. Dredge, Stuart (मार्च १६, २०१६), "YouTube was meant to be a video-dating website", द गार्जियन, अन्तिम पहुँच मार्च १५, २०१९ 
  20. Earliest surviving version of the YouTube website वेब्याक मेसिन, April 28, 2005. अभिगमन मिति: १९ जुन २०१३।
  21. Dredge, Stuart (मार्च १६, २०१६), "YouTube was meant to be a video-dating website", द गार्जियन, अन्तिम पहुँच मार्च १५, २०१९ 
  22. "यस्तो थियो युट्युवमा अपलोड भएको पहिलो भिडियो"न्युज सेवा। सङ्ग्रह मिति १० नोभेम्बर २०२० 
  23. Kehaulani Goo, Sara (अक्टोबर ७, २००६), "Ready for Its Close-Up", द वासिङ्टन पोस्ट, अन्तिम पहुँच मार्च २६, २०१७ 
  24. "Whois Record for www.youtube.com", DomainTools, अन्तिम पहुँच अप्रिल १, २००९ 
  25. "YouTube: a history", द डेली टेलिग्राफ, अप्रिल १७, २०१०, अन्तिम पहुँच मार्च २६, २०१७ 
  26. Dickey, Megan Rose (फेब्रुअरी १५, २०१३), "The 22 Key Turning Points in the History of YouTube", बिजनेस इन्साइडर, Axel Springer SE, अन्तिम पहुँच मार्च २५, २०१७ 
  27. "Ronaldinho: Touch of Gold – YouTube", वेब्याक मेसिन, नोभेम्बर २५, २००५, मूलबाट नोभेम्बर २५, २००५-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १, २०१७ 
  28. "Most Viewed – YouTube", वेब्याक मेसिन, नोभेम्बर २, २००५, मूलबाट नोभेम्बर २, २००५-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १, २०१७ 
  29. "SniperViews", SniperViews (en-USमा), अन्तिम पहुँच २०२३-०२-०३  वेब्याक मेसिन अभिलेखिकरण २०२३-०२-०३ मिति
  30. Pullen, John Patrick (फेब्रुअरी २३, २०११), "How Vimeo became hipster YouTube", फर्च्युन, अन्तिम पहुँच मे ८, २०२० 
  31. "YouTube serves up 100 million videos a day online", युएसए टुडे, जुलाई १६, २००६, अन्तिम पहुँच मार्च २६, २०१७ 

बाह्य कडीहरू

ढाँचा:गुगल ढाँचा:अल्फाबेट निगम