युकु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
युकु टुडु निगम
व्यवसायको प्रकारअलिबाबा समूहको सहायक कम्पनी
साइटको प्रकार
श्रव्य दृश्य साझेदारी सेवा
उपलब्ध भाषाचिनियाँ
संस्थापितमार्च २००६ (2006-03)
मुख्यालयहरू,
चीन[१][२]
संस्थापक (हरू)भिक्टर कु
उद्योगइन्टरनेट
सेवाहरूअनलाइन सेवा
आय६४९.५ मिलियन अमेरिकी डलर (सन् २०१४)[३]
कर्मचारीहरू२,१०४[४]
अभिभावकअलिबाबा समूह
युआरएलwww.youku.com
अलेक्सा क्रमNegative increase १,६५० (नोभेम्बर २०१९)[५]
दर्तावैकल्पिक
(उर्ध्वभरणका लागि आवश्यक)
चालु भएको मिति२१ डिसेम्बर २००६ (2006-12-21)
वर्तमान स्थितिचालू
युकु
परम्परागत चिनियाँ 優酷
सरलीकृत चिनियाँ 优酷
अनुवादित अर्थ उत्कृष्ट

युकु टुडु निगम (पूर्व युकु निगम) व्यापारीक नाम युकु[६] (सरलीकृत चिनियाँ: 优酷) अनुवाद: 'उत्कृष्ट), चीनको राजधानी बेइजिङमा आधारित एक चिनियाँ श्रव्य दृश्य साझेदारी प्रविधि मञ्च हो। यो अलिबाबा समूह नियन्त्रक कम्पनी लिमिटेड सहायकको रूपमा रहेको छ। वेबसाइटलाई विश्व प्रख्यात श्रव्य दृश्य साझेदारी सेवा युट्युबको जस्तै गरी स्थापना गरिएको थियो। [७]

युकुको प्रधान कार्यालय राजधानी बेइजीङको हैदियान जिल्लाको सिनोष्टिल प्लाजाको पाँचौ तल्लामा अवस्थित छ।

१२ मार्च २०१२ मा, युकुले, ष्टकका लागि ष्टक कारोबारमा टुडुको अधिग्रहण गर्ने सम्झौताको घोषण गरेको थियो र नयाँ निकायको नाम युकु टुडो निगम हुने बताएको थियो। यसमा हाल ५०० मिलियन मासिक सक्रिय प्रयोगकर्ता तथा ८०० मिलियन दैनिक उर्ध्वभरण भएका भिडियोहरू अवलोकन हुने गरेको छ।

वेबसाइटको वारेमा[सम्पादन गर्नुहोस्]

हाल यो, चीनका शीर्ष साझेदारी सेवाहरू जस्तै आइक्युई, सोहु श्रव्य दृश्य, थङ्सिन श्रव्य दृश्य, म्याङ्गो टिभी, ले टिभी, पिपि टिभी, फनसियोन मध्येको एक हो। तथापि, युकुको चीनमा चलिआएको बजार दबाबलाई बैडुको आइछिईद्वारा नाघिएको छ।

युकुसँग हाल कार्यक्रम र चलचित्रहरूको लागि प्रवाह सेवाहरू रहेका छन् जसले गर्दा यसलाई युट्युबबाट छुट्याउन सकिन्छ।

इतिहास[सम्पादन गर्नुहोस्]

नोभेम्बर २००५ मा, पूर्व सोहुका अध्यक्ष तथा प्रमुख सञ्चालन अधिकारी भिक्टोर कुले युकुको विकासकर्ता हेई सञ्जाल प्रविधि कम्पनी लिमिटेड स्थापना गरेका थिए।[८] सोही वर्षको जून २१ मा, युकुले सार्वजनिक परीक्षण वेबसाइटको सार्वजनिक गरेको थियो। डिसेम्बर २१ मा, युकुले आफ्नो सेवा आधिकारिक रूपमा सञ्चालन गरेको थियो।[९]

सन् २००७ मा, कम्पनीले उद्यम पूँजीकर्ताहरू मार्फत २५ मिलियन अमेरिकी डलर प्राप्त गरेको थियो। [१०] डिसेम्बर २००९ मा, निजी निकायहरू मार्फत कम्पनीले ११० मिलियन अमेरिकी डलर प्राप्त गरेको घोषण गरेको थियो जसमा प्रमुख लगानीकर्ताहरू ब्रुकसाइड (बेन) क्यापिटल, सटर हिल भेञ्चर्स, मेभरिक क्यापिटल र छेङ्वी उद्यम रहेका थिए।

कम्पनीले कानूनी रूपमा प्रयोगकर्ताहरू-उत्पादित सामग्रीहरूमा जोड दिन्छ। पछि यसले व्यवसायीक उत्पादित श्रव्य दृश्यहरूमा ध्यान दिन थालेको थियो जसमा यसले १५०० सामग्री साझेदारहरू मार्फत अनुमति लिएको थियो। [११] जनवरी २०१० सम्ममा, सिआर-निलसनले प्रदान गरेको तथ्याङ्क अनुसार, चीनमा युट्युब प्रतिबन्ध भएका कारण वा अन्य कारणले युकु डटकम चिनियाँ इण्टरनेट श्रव्य दृश्य क्षेत्रमा शीर्ष स्थानमा आउँदछ।

सन् २००८ मा, युकुले चीनमा माइस्पेस डटकमसँग साझेदारी गरेको थियो। सोही वर्षमा युकुले एकमात्र मोजिला फायरफक्सको चिनियाँ संस्करणको लागि अनलाइन भिडियो प्रदायक बनेको थियो।

जनवरी २०१० मा, युकु र यसको प्रतिद्वन्द्वी टुडुले श्रव्य दृश्य प्रसारण विनियम सञ्जाल बनाउने घोषण गरेका थिए जसमा युकु र टुडुले संयुक्त रूपमा अनुमति पत्र साटासाट गर्दै व्यवसायीक उत्पादित श्रव्य दृश्य सामग्रीको उत्पादन गर्ने घोषण गरेका थिए। सन् २००९ मा युकुले कुल राजस्व २०० मिलियन युवान सङ्कलन गरेको थियो।

८ डिसेम्बर २०१० मा, युकु यसको इतिहासमै पहिलो पटक न्यु योर्क सेयर बजारमा सूचीबद्ध भएको थियो। ष्टक कारोबारको पहिलो दिनमै ३३.४४ अमेरिकी डलरमा बन्द भएको थियो जसले गर्दा कम्पनीले बजार पूँजीकरण अनुमानित ३.३ बिलियन अमेरिकी डलर प्राप्त गरेको थियो।

सन् २०१० को पहिलो नौं महिनामा, युकुको राजस्व ३५.१ मिलियन अमेरिकी डलर रेकर्ड मापन गरिएको थियो भने सोही अवधिमा २५ मिलियन अमेरिकी डलर घाटा व्यहोरेको थियो। युकु डटकमको चिनियाँ डोमेन युकु डट सिएनसँग कुनै पनि सम्बन्ध नरहेको देखिन्छ।

कम्पनीका संस्थापक भिक्टोर कु, संसारका सबैभन्दा प्रख्यात व्यवस्थापन परामर्श कम्पनी बेन एण्ड कम्पनीका पूर्व कर्मचारी समेत रहेका थिए।

जनवरी २०१९ का अनुसार, युकु चीनको ५० सर्वाधिक भ्रमण गरिएको वेबसाइटहरू मध्ये एक हो।

समायोजन[सम्पादन गर्नुहोस्]

१२ मार्च २०१२ मा, चीनका सबैभन्दा लोकप्रिय तथा प्रतिद्वन्द्वी टुडु र युकुले समायोजनको योजना सार्वजनिक गरेका थिए जसको उद्देश चीनको सबै ठूलो श्रव्य दृश्य साझेदारी मञ्च बनाउनु थियो।[१२] समायोजन हुनु भन्दा अगाडि चीनको सर्वाधिक लोकप्रिय वेबसाइटहरू मध्येमा युकु ११ तथा टुडु १४ सङ्ख्यामा यथावत रहेका थिए। समायोजन पश्चात् कम्पनीको नाम युकु टुडु निगममा परिवर्तन गरिएको थियो। विभागका अध्यक्ष युकुका संस्थापक श्री भिक्टोर कु हुन्।[१३] कम्पनीको ष्टक न्यु योर्क सेयर बजारमा सूचीकृत छ। यसलाई ६ नोभेम्बर २०१५ मा, अलिबाबा समूहले अधिग्रहण गरेको थियो। डिसेम्बर २०१६ मा, यसका ३ करोड ग्राहकहरू रहेका थिए। २१ डिसेम्बर २०१६ मम, युकुले नयाँ लोगो सार्वजनिक गरेको थियो।[१४]

आलोचनाहरू[सम्पादन गर्नुहोस्]

युट्युबको नक्कल[सम्पादन गर्नुहोस्]

युकु डटकमलाई नेटिजेन्सले युट्युबको जस्त‌ै वेबसाइटको नाम तथा लोगो भएका कारण कडा आलोचना गरेको थियो। युकुले युट्युबको भन्दा अलिकति फरक रङ्ग र हल्का नाम परिवर्तन गरेको पनि नेटिजेन्सले दावी गरेको थियो।[१५][१६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "सम्पर्क गर्नुहोस्" युकु अभिगमन मिति: २७ डिसेम्बर २०१० "बेइजीङ
  2. "版权声明." युकु, अभिगमन मिति डिसेम्बर २७, २०१० "北京市海淀区海淀大街8号中钢国际大厦5层" and "合一信息技术(北京)有限公司"
  3. "Financial statement FY2014 वेब्याक मेसिन अभिलेखिकरण २०१६-०१-२२ मिति" युकु अभिगमन मिति २२ अप्रिल, २०१५
  4. "Youku Tudou Inc (ADR): NYSE:YOKU quotes & news", गुगल वित्त, अन्तिम पहुँच २०१४-०६-२८ 
  5. "युकु डटकमको तथ्याङ्क तथा आँकडाहरू", अलेक्सा इन्टरनेट, अन्तिम पहुँच २०१८-०४-०१  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०४-०९ मिति
  6. "युकु टुडु निगम: निजी कम्पनीको जानकारी", ब्लुमबर्ग डटकम 
  7. "优酷土豆改名合一集团 古永锵:视频行业的风向变了", 财经_环球网, २०१५-०८-०७, अन्तिम पहुँच २०१८-०५-२७ 
  8. "优酷大事记" (चिनियाँमा), 优酷, अन्तिम पहुँच २०११-०७-१८, "2005年11月,原搜狐总裁和首席运营官古永锵(Victor Koo)创立合一网络技术有限公司,管理300万美元的“搜索资金”,在中国搜索新一代互联网的创业机会。" 
  9. "盛大牵手视频网站 玩家可将游戏视频传至优酷" (zh-cnमा), CNET科技资讯网, २००७-०५-१६, अन्तिम पहुँच २०१०-०८-०२  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०७-०५ मिति
  10. "优酷网宣布与百度达成战略合作" (चिनियाँमा), 搜狐IT, २००७-०६-११, अन्तिम पहुँच २०१०-०८-०२ 
  11. "优酷网获2500万美元投资 主要支付运营成本" (चिनियाँमा), 搜狐IT, २००७-११-२१, अन्तिम पहुँच २००८-०५-०३ 
  12. "阿里与优土达成最终协议:全现金收购优酷土豆", 钛媒体, २०१५-११-०९, अन्तिम पहुँच २०१६-११-२१ 
  13. "优酷土豆正式加入阿里巴巴集团,看看双方高层都是怎么说的", 搜狐科技, २०१६-०४-०६, अन्तिम पहुँच २०१६-११-२१ 
  14. "优酷更换新Logo迎合年轻人", 新浪财经, २०१६-१२-२१, अन्तिम पहुँच २०१८-०५-२८ 
  15. "为什么人人和优酷这样的网站跟Facebook和Youtube比起来感觉很廉价?" (चिनियाँमा), 知乎, २०१८-०४-२४। 
  16. "相比优酷,你认为 YouTube 具有哪些优点?" (चिनियाँमा), 知乎, २०१६-०५-०९। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]