म्याङ्गो टिभी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
म्याङ्गो टिभी
उपलब्ध भाषासरलीकृत चिनियाँ
संस्थापित२६ मे २००६; १७ वर्ष पहिले (२००६-०५-26)
मुख्यालयहरूछाङ्सा,
मालिकएमजीटिभी डटकम निगम
(हुनन प्रसारण प्रणालीको सहायक कम्पनी)
अध्यक्षझाङ योङ
प्रमुख कार्यकारी अधिकृतकाई हुवाइजुन
उद्योगन्यू मिडिया
युआरएलmgtv.com
वर्तमान स्थितिचालू

म्याङ्गो टिभी (सरलीकृत चिनियाँ: 芒果 电视), एमजी टिभी निगमद्वारा सञ्चालित एक चिनियाँ इण्टरनेट उद्योग तथा लोकप्रिय श्रव्य दृश्य साझेदारी सेवा हो। म्याङ्गो हुनन ग्वानबो डियानसिताईको सहायक कम्पनी हो। म्याङ्गो टिभीको स्थापना २६ मे २००६ मा छाङ्सा, हुनानमा भएको थियो र पछि सन् २००८ 'मा' म्याङ्गो टिभी, इण्टरनेट टिभी, व्यक्तिगत सुसाङ्ख्य, दूरभाष र प्याडलाई यसको भिडियो मञ्चको रूपमा रूपमा प्रयोग गर्ने निर्णय गरिएको थियो।[१] म्याङ्गो टिभी अनलाइन श्रव्य दृश्य सृजनामा केन्द्रित छ र यो एक अनलाइन श्रव्य दृश्य साझेदारी मञ्च हो जसले दूर्दशन च्यानलहरूले प्रस्तुत गरेका सबै सामग्रीहरूको प्रदान गर्ने गर्दछ र यसले हुनान प्रसारण प्रणाली र हुनान उपग्रह दूर्दशनबाट सबै अन्य प्रतिलिपि अधिकारमा काम गर्दछ। यसको हालको प्रधान कार्यालय गोल्डन ईगल चलचित्र तथा दूर्दशन संस्कृति सहर, छाङ्सा, हुनान, चीनमा अवस्थित छ।[२] म्याङ्गो टिभीले दर्शकहरूलाई चलचित्र, दूरदर्शन शृङ्खला, सङ्गीत, कार्टुन र मनोरञ्जन सहित सबै प्रकारका सामग्रीहरू प्रदान गर्दछ। यो हाल चीनको शीर्ष श्रव्य दृश्य साझेदारी सेवाहरू मध्येको एक हो। यसका प्रतिस्पर्धीहरू युकु, टुडु, सोहु श्रव्य दृश्य, थङ्सिन श्रव्य दृश्य, आइक्युवी आदि हुन्। म्याङ्गो गेम म्याङ्गो टिभीको स्वामित्वमा रहेको वेब खेल मञ्च हो। म्याङ्गो टिभीको आधिकारिक अनुप्रयोग आइओएस, एन्ड्रोइड र विन्डोज फोन मार्फत उपलब्ध छ।

५ मे २०१६ मा, म्याङ्गो टिभीको वेबसाइटमा दैनिक ३९ मिलियन दैनिक सक्रिय प्रयोगकर्ताहरू भएको प्रतिवेदन प्रस्तुत गरिएको थियो जसमा हुनन उपग्रह दूर्दशनको सामग्रीहरू मात्र म्याङ्गो टिभीले उत्पादन गरेको ३८% रहेको थियो। यसको आधिकारिक वेबसाइट तथा अनुप्रयोग सरलीकृत चिनियाँमा मात्र उपलब्ध छ।

इतिहास[सम्पादन गर्नुहोस्]

म्याङ्गो टिभी २६ मे २००६ मा, छाङ्सा हुननमा स्थापना गरिएको थियो। यसलाई पूर्व म्याङ्गो टिभीका प्रमुख कार्यक्रम अधिकृत तथा अध्यक्ष रूबु झाङले स्थापना गरेका थिए। अप्रिल २०, २०१४ मा, मूल म्याङ्गो टिभी र गोल्डन ईगल वेबसाइटलाई अनलाइन श्रव्य दृश्य मञ्चको रूपमा एकीकृत गरिएको थियोे जसले विशेष रूपमा हुनान प्रसारण प्रणाली र हुनान उपग्रह दूरदर्शन सामग्री समावेश गरेको थियो र उनीहरूको प्रतिलिपि अधिकार कार्यहरूको भरपुर फाइदा उठाएको थियो जसलाई "म्याङ्गो विशेष प्रसारण" पनि भनिएको थियो। अक्टोबर २०१४ मा, म्याङ्गो टिभीले पहिलोपटक स्व-उत्पादित वेब शृङ्खला "हुवायाङ जियानझु" को सृजना गरेको थियो। सन् २०१४ मा हुनान उपग्रह दूरदर्शनद्वारा नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरिएको कार्यक्रममा म्याङ्गो टिभीले पाँच पर्दामा प्रत्यक्ष प्रसारणको सुरूवात गरेको थियो जसले दर्शकहरूलाई उत्सव कार्यक्रमहरू हेर्नका लागि विभिन्न क्यामेरा स्थान तथा कोणहरूको चयन गर्न अनुमति दिएको थियो।

सन् २०१५ मा म्याङ्गो टिभीका प्रयोगकर्ताहरू ६० मिलियन पुगेका थिए। अक्टोबर २०१५ मा, म्याङ्गो टिभीले बिबिसी वर्ल्डसँग एक सहकार्य गरी सम्झौता पत्रमा हस्ताक्षरमा गरेको थियो जसले यसलाई विश्वव्यापी बजारमा सह-उत्पादनका लागि थप अवसरहरूको खोजी गर्न मद्दत गरेको थियो। ३० अगष्ट २०१६ मा, म्याङ्गो टिभी र टिसीएलले संयुक्त दूर्दशन - टिसीएल म्याङ्गो टिभी र इण्टरनेट दूर्दशनको सुरुवात गरेको थियो।

सेप्टेम्बर १२ मा, हुनन उपग्रह दूर्दशन र म्याङ्गो टिभीले संयुक्त रूपमा नाटक उत्पादन तथा सार्वजनिक गर्न १ बिलियन युवान खर्चिने बताएका थिए जसको एक शृङ्खलाको मूल्य ४ मिलियन युवान हुन्छ।

सामग्रीहरू[सम्पादन गर्नुहोस्]

म्याङ्गो टिभी वास्तविक[सम्पादन गर्नुहोस्]

आम टिभी वास्तविकले म्याङ्गो टिभीद्वारा उत्पादित काम वा सामग्रीहरूलाई जनाउँदछ। सामग्रीहरूको ठूलो अनुपातको तुलना यसले विशेष रूपमा हुनान उपग्रह दूर्दशन मार्फत प्रसारण गर्दछ।

नाटक[सम्पादन गर्नुहोस्]

अक्टोबर २०१४ मा, म्याङ्गो टिभीले पहिलोपटक स्व-उत्पादित वेब शृङ्खला "हुवायाङ जियानझु" को सृजना गरेको थियो जसले प्राचीन चिनियाँ विश्वका साथै पोशाक र युवाहरू समावेश गरेको थियो। सन् २०१४ को अन्त्यमा, म्याङ्गो टिभीले दोस्रो नाटक 'जिनपाई हङनियाङ'को उत्पादन गरेको थियो।

नाटकमा अघिल्लो सञ्जाल नाटकको तुलनामा स्थिर कलाकारहरूलाई प्रस्तुत गरिएको थियो जसले प्रत्येक शृङ्खलाहरूमा विभिन्न अभिनेताहरूलाई विशेष स्थान दिएको थियो।

सञ्जाल कार्यक्रम[सम्पादन गर्नुहोस्]

सन् २०१५ मा, म्याङ्गो टिभीले पहिलो अन्तरक्रियात्मक सञ्जाल प्रत्यक्ष कार्यक्रम 'वानसान जियारी'को उत्पादन गरेको थियो जसमा यसले आफ्नो कार्यक्रमको सुरुवात एउटै घरमा बस्ने युवाहरूबाट गरेको थियो।

उत्पादनले बहु स्थित क्यामेरा प्रयोग गरेको थियो जसले दर्शकहरूलाई कोठाको विभिन्न कोणमा बसी कार्यक्रम हेर्न सक्षम बनाएको थियो। पछि जुलाई २०१६ मा, 'वानसान जियारी २' विभिन्न विषयवस्तुका साथ थप कोठाहरूमा प्रदापण गरिएको थियो। यसले नयाँ आईपी क्यामेराको थप गरेको थियो जसले सहभागीहरूलाई हर समय निगरानीमा राखेको थियो, जसले मनोरञ्जनको भावना बढाउने काम गरेको थियो।

पछि सन् २०१५ मा, म्याङ्गो टिभीले एनबीसीबाट 'मिलियन सेकेण्ढ क्विज' प्रस्तुत गरेको थियो जसलाई केभिन साईद्वारा उद्घोष गरिएको थियो। कार्यक्रमको मुख्य भागहरूमा, म्याङ्गो टिभीले नयाँ अनलाइन अन्तर्क्रियात्मक प्रश्नोत्तर खण्ड थपेको थियो।

सन् २०१६ मा, जेडी डटकमद्वारा विशेष रूपमा प्रायोजित, म्याङ्गो टिभीले 'अपराध दृश्य' उत्पादन गरेको थियो। यो कार्यक्रम कोरियाबाट उत्पन्न भएको थियो भने यसले रोमाञ्चक र हास्य दुबैमा सामग्री प्रदर्शित गरिएको थियो।

हुनन उपग्रह दूर्दशन[सम्पादन गर्नुहोस्]

'म्याङ्गो विशेष प्रसारण'को साथ, म्याङ्गो टिभीले विशेष रूपमा हुनान उपग्रह दूर्दशनबाट सबै सामग्रीहरूको प्रदान गर्दछ। केहि उल्लेखनीय कार्यक्रमहरू निम्न अनुसार छन्:

快乐大本营 (कुवाई युई डाबेनइङ)

天天向上 (टियानटियान जियाङसाङ)

超级女声 (साओजी नुसेङ)

快乐男声 (क्वाइली नानिसेङ)

爸爸去哪儿 (बब क्यु नार)

我是歌手 (व सि घेसाउ)

उत्पादन[सम्पादन गर्नुहोस्]

म्याङ्गो हाई क्यू[सम्पादन गर्नुहोस्]

म्याङ्गो हाई क्यू एक उच्च परिभाषित आइपिटिभी सेट-टप बक्स हो जसले प्रयोगकर्ताहरूलाई टिभी कार्यक्रम, चलचित्र, सङ्गीत र खेलहरू अनुरोध गर्न सक्षम गर्दछ।

प्रयोगकर्ताहरूले बाकसद्वारा प्रदान गरिएको हुनान उपग्रह दूर्दशन तथा म्याङ्गो टिभीको सबै प्रतिलिपि अधिकार कार्यहरूको मजा लिन सक्दछन्। साथै, प्रयोगकर्ताहरूले श्रव्य दृश्य सामग्रीहरूको खोजी गर्न र दूरदर्शनमा हेर्न मोबाइल अनुप्रयोग वि च्याट प्रयोग गर्न सक्दछन्।

वित्तीकरण[सम्पादन गर्नुहोस्]

२३ जून २०१६ मा, म्याङ्गो टिभीले १.५ अरबको साथ शृङ्खला ख कोष पूरा गरेको थियो।

यसको अनुमानित मूल्य हाल १३.५ अरब हो र सन् २०१६ मा यसले सार्वजनिक प्रस्ताव मार्फत सार्वजनिक कम्पनी हुने योजना बनाएको थियो तर योजना असफल भएको थियो र म्याङ्गो टिभी अन्य ६ कम्पनीहरूसँग सार्वजनिक हुँदै, हप्पीगो होम सपिङ कम्पनी लिमिटेडमा समावेश भएको थियो।

आलोचकहरूले म्याङ्गो टिभीका लागि पूर्ण नियन्त्रित्र सञ्चालन अधिकार प्राप्त गर्नु राम्रो हुन्छ भन्ने कुरा बताएका थिए। हुनान प्रसारण प्रणालीसँग ५०% भन्दा बढी सेयरको स्वामित्व भएकाले म्याङ्गो टिभीको लागि सबै आफैले निर्णय लिन गाह्रो छ।

समलिङ्गी विवाद[सम्पादन गर्नुहोस्]

मे २०१८ मा, आयरल्यान्डका गायकहरूको यूरोभिसन प्रदर्शनको बेलामा, म्याङ्गो टिभीले कथित रूपमा चुम्बन तथा समलिङ्गी गर्व झण्डा जस्ता समलिङ्गी प्रेम प्रतीकहरूलाई अस्पष्ट र जानकारीहरूलाई दबाउने प्रयास गरेको थियो। परिणामस्वरूप यूरोभिसन प्रशासनले चिनियाँ दूरदर्शन च्यानलसँग सम्झौता समाप्त गरेको थियो।

लोकप्रियता[सम्पादन गर्नुहोस्]

सिमिलर वेब[सम्पादन गर्नुहोस्]

नोभेम्बर २०१९ सम्म, सिमिलर वेबको तथ्याङ्कका अनुसार, यो विश्वव्यापी सर्वाधिक लोकप्रिय वेबसाइटहरूको सूचीमा १,७६२ अौँ स्थानमा रहेको छ भने चीनमा यसको क्रम ५४७ रहेको छ।

अलेक्सा इन्टरनेट[सम्पादन गर्नुहोस्]

नोभेम्बर २०१९ सम्म, अलेक्सा इन्टरनेटको तथ्याङ्कका अनुसार, यो विश्वव्यापी सर्वाधिक लोकप्रिय वेबसाइटहरूको सूचीमा २८२१ अौँ स्थानमा रहेको छ भने चीनमा यसको क्रम १६८ रहेको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "हाम्रो वारेमा", एमटिभी डटकम, अन्तिम पहुँच १५ अक्टोबर २०१६ 
  2. "公司信息_湖南快乐阳光互动娱乐传媒有限公司", म्याङ्गो टिभी, अन्तिम पहुँच १५ अक्टोबर २०१६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]