सिमिलर वेब

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिमिलर वेब, लि.
व्यवसायको प्रकारनिजी कम्पनी
संस्थापित२००७; १७ वर्ष अघि (२००७)
मुख्यालयहरून्यू योर्क सहर, न्यू योर्क, अमेरिका
लण्डन, इङ्ल्यान्ड
तेल अभिभ, इजरायल
सेवा क्षेत्रविश्वव्यापी
संस्थापक (हरू)अर अफर
उद्योगविज्ञापन, सूचना प्रविधि
सेवाहरूवेब विश्लेषण
कर्मचारीहरू४००
युआरएलSimilarWeb.com
अलेक्सा क्रमवृद्धि २,२८६ (बिश्वब्यापी, जुलाई २०१८)[१]
चालु भएको मिति२००७ (2007)
वर्तमान स्थितिचालु

सिमिलर वेब व्यवसायहरूको लागि अनलाइन प्रतिस्पर्धात्मक उपकरण हो जसले ग्राहकहरूलाई तिनीहरूको आफ्नै र प्रतियोगीहरूको वेबसाइटमा भएको आवागमन आयतन, सन्दर्भीय स्रोत सहित साइटमा बिताइएको समय, पृष्ठ दृश्य, उछाल दर र अन्य विशेषताहरूको बीचमा अन्तरवार्ता दिन्छ।

अलेक्सा इण्टरनेटको जस्तै, वेबसाइटहरूको आफ्नै ट्राफिक तथ्याङ्क सहितका इण्टरनेट गुणहरूको उप समूहका लागि प्रत्यक्ष अवलोकनको साथ यसले वेब प्रयोगकर्ताहरूको अनुदैर्ध्य आँकडाको विधि पुर्वक अनुमान गर्दछ।

सन् २०१९ मा, करोडौं प्रयोगकर्ताहरूका साथ यसले विश्वको सबैभन्दा ठूलो अनुदैर्ध्य भएको दावी गरेको थियो।

इतिहास[सम्पादन गर्नुहोस्]

कम्पनीको स्थापना सन् २००७ मा अर अफरले इजरायलको राजधानी तेल अभिभमा गरेका थिए।[२] सन् २००९ सम्ममा सिमिलर वेबले पहिलो इजरायली निजी लगानी कम्पनी सिड क्याम्प जितेको थियोे जसले अन्तर्राष्ट्रिय सञ्चार माध्यम र लगानीकर्ताहरूको ध्यान आकर्षण गर्न सफल भएको थियो। कम्पनीले योसी भर्दी, र डकर अन्तर्राष्ट्रिय प्रबन्धनको नेतृत्वमा कम्पनीमा कोष सङ्कलनको पहिलो चरणमा १० खाख १० हजार अमेरिकी डलर जुटाउन सफल भएको थियो।[३] ब्राउजर विस्तारले उनीहरूलाई भ्रमण गर्ने वेबसाइटहरूका समान वेबसाइटहरू फेला पार्न मद्दत पुर्‍याउनका लागि त्यसको एक वर्ष पछि सुरु गरिएको थियो।

२४ सेप्टेम्बर २०१३ मा, कम्पनीले डेभिड एलायन्स, मोसे लिच्टम्यानको नेतृत्वमा अवस्थित लगानीकर्ता डकर अन्तर्राष्ट्रिय प्रबन्धनको सहभागितामा ६० लाख अमेरिकी डलरको कोष सङ्कलनको दोस्रो शृङ्खला बन्द गरेको थियो।[४] २४ फेब्रुअरी २०१४ मा, दक्षिण अफ्रीकाको सबैभन्दा ठूलो सञ्चार माध्यम मध्येको एक नस्पर्सले सिमिलर वेबमा १ करोड ८० लाख अमेरिकी डलर लगानी गरेको थियोे र उनीहरूले कोष सङ्कलनको तेस्रो शृङ्खलाको नेतृत्व गरेका थिए।[५] एक महिना भित्र, सिमिलर वेबले इजरायली प्रारम्भिक चरणको कम्पनी ट्यापडगको अधिग्रहणका लागि पूँजीको अंशको प्रयोग गरेको थियो।[६] नोभेम्बर २०१४ मा कोष सङ्कलनको चौथो शृङ्खलामा यसले १ करोड ५० लाख अमेरिकी डलर जुटाएको थियो। [७][८] जुलाई २०१५ मा, सिमिलर वेबले निजीकृत सामग्रीहरूको खोजीका लागि विकासकर्ता मञ्च स्वेयलाई अधिग्रहण गरेको थियो।[९][१०]

१० डिसेम्बर, २०१५ मा, सिमिलर वेबले, उसले मोबाइल सञ्चालनलाई बृद्धि गर्न सिलिकन उपत्यकामा आधारित मोबाइल विश्लेषण कम्पनी क्वेत्रलाई अधिग्रहण गरेको घोषण गरेको थियो।[११][१२] विस्तृत मोबाइल दूरसञ्चार सम्बन्धित आँकडाको बदलामा क्वेत्रले विकासकर्ताहरूका लागि निजीकृत उपकरणहरूको प्रदान गरेको थियो।

जुलाई २०१७ मा, भियोला ग्रोथ, सबान भेञ्चर्सका साथ सीई भेञ्चर्स र अवस्थित लगानीकर्ताहरूको सहभागितामा कम्पनीले ४७ मिलियन अमेरिकी डलरको वित्तीय चरणको घोषणा गरेको थियो।[१३]

८ सेप्टेम्बर २०१९ मा, सिमिलर वेबले एल्गोरिथ्मलाई अद्यावधिक गरेको थियो जसलाई ट्राफिक र संलग्नता तथ्याङ्क उत्पादन गर्न प्रयोग गरिन्छ। अद्यावधिकले आँकडाको गहिराई र निर्भरता सुधार गर्न समान प्रकारका साइटहरूमा आगन्तुकहरूको व्यवहारलाई ध्यानमा राखेको थियो।[१४]

सन्दर्भ समाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "सिमिलर वेब डटकम साइटको जानकारी", अलेक्सा डटकम, अलेक्सा इन्टरनेट, अन्तिम पहुँच जुलाई १८, २०१८  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०४-०२ मिति
  2. "सिमिलर वेब सङ्गठन", टेक क्रञ्च, अन्तिम पहुँच ३ अगस्ट २०१४ 
  3. "कोष सङ्कलनको पहिलो चरण", टेक क्रञ्च, अन्तिम पहुँच २४ अगस्ट २०१४ 
  4. "कोष सङ्कलनको दोस्रो शृङ्खला", टेक क्रञ्च, अन्तिम पहुँच २४ अगस्ट २०१४ 
  5. "कोष सङ्कलनको दोस्रो चरण", टेक क्रञ्च, अन्तिम पहुँच २४ अगस्ट २०१४ 
  6. "ट्यापडगको अधिग्रहण", ग्लोब्स निगम, अन्तिम पहुँच २४ अगस्ट २०१४ 
  7. सराह पेरेज (२९ जनवरी २०१३), "SimilarGroup Raises $2.5 Million To Take On Alexa’s (Often Terrible) Web Rankings With Its New SimilarWeb Service", टेक क्रञ्च, अन्तिम पहुँच ६ जुन २०१५ 
  8. रेबेका ग्राण्ट (२९ जनवरी २०१३), "SimilarGroup takes new funding to take on Alexa", भेञ्चर बिट, अन्तिम पहुँच ६ जुन २०१५ 
  9. "Web traffic analytics co SimilarWeb acquires Swayy - Globes", ग्लोब्स (यहूदीमा), अन्तिम पहुँच २०१८-०६-०५ 
  10. "Digital Measurement Service SimilarWeb Acquires Content Discovery Platform Swayy – TechCrunch", टेक क्रञ्च (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०६-०५ 
  11. "क्वेत्रको अधिग्रहण", टेक क्रञ्च, अन्तिम पहुँच १० डिसेम्बर २०१५ 
  12. "חברת אנליטיקס רוכשת את חברת אתחול המודיעין הנייד Quettra תמורת 10 מיליון דולר +", भेञ्चर बिट (en-USमा), २०१५-१२-१०, अन्तिम पहुँच २०१८-०६-०५ 
  13. "סימילארוב מגייס 47 מיליון דולר כדי לגדל את פלטפורמת היישום הגלובלית והאינטרנט", भेञ्चर बिट (यहूदीमा), २०१७-०७-२५, अन्तिम पहुँच २०१८-०६-२६ 
  14. "सिमिलर वेबको अल्गोरिथ्ममा अद्यावधिक", सिमिलर वेब डटकम (यहूदीमा), अन्तिम पहुँच २०१९-१०-१० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

आधिकारिक वेबसाइट