सोहु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सोहु निगम
व्यवसायको प्रकारसार्वजनिक
संस्थापितअगष्ट १९९७ (जुलाई २०००)[१]
मुख्यालयहरू
  • बेइजिङ
  • डेलवार
संस्थापक (हरू)चार्ल्स झाङ र एडवर्ड रोबर्ट
मुख्य व्यक्तिहरूचार्ल्स झाङ (अध्यक्ष, कार्यकारी)
कारोल यु (सञ्चालन अधिकारी)
उद्योगइन्टरनेट
उत्पादहरूअनलाइन सेवाहरू
आय$१.८६ बिलियन (सन् २०१७)[२]
कर्मचारीहरू७,०९८ (रडिसेम्बर २०१२)[३]
युआरएलsohu.com
अलेक्सा क्रमPositive decrease ७ (नोभेम्बर २०१९)[४]
सोहु डटकम इन्टरनेट प्लाजा

सोहु निगम (सरलीकृत चिनियाँ: 搜狐;) (अनुवादित: 'खोज-स्याल') एक चिनियाँ इण्टरनेट कम्पनी हो जसको प्रधान कार्यालय राजधानी बेइजिङको, हैडियान जिल्लामा अवस्थित सोहु इण्टरनेट प्लाजामा रहेको छ। सोहू र यसका सहायक कम्पनीहरूले विज्ञापन, एक खोज संयन्त्र, अनलाइन बहुखेलाडी खेल र अन्य सेवाहरू प्रस्ताव गर्दछन्। यसलाई क्रमशः सन् २००९ र २०१० मा फर्च्युनले विश्वको तेस्रो र बाह्रौँ-सबैभन्दा तिव्र बृद्धि हुने कम्पनीको रूपमा नामकरण गरेको थियो। कम्पनीका हालका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक झाङ छायोयाङ हुन्। कम्पनीको प्रधान कार्यालय जनवादी गणतन्त्र चीनको राजधानी बेइजिङमा अवस्थित छ। सन् २०१२ मा कम्पनीले ७ हजार भन्दा बढी कर्मचारीहरूलाई रोजगारी प्रदान गरेको थियो।

सोहुका उत्पादनहरूमा सोहू फिनयिन प्रविष्ट विधि, सोहु वुबी प्रविष्ट विधि, सोगौ सङ्गीत बाकस, सोगौ ब्राउजर, सोगौ रङ्गीन दूरदर्शन, स्वतन्त्र खोज इञ्जिन सोगौ र अनलाइन खेल पोर्टल छाङ्यु समावेश छन्। यो चीनको सर्वाधिक लोकप्रिय वेबसाइटहरू मध्येको एक हो।

सोहु सन् २००८ को बेइजिङ ओलम्पिक खेलहरूको एक मात्र इण्टरनेट प्रायोजक र ओलम्पिक खेलको इतिहासमै पहिलो इण्टरनेट सामग्री प्रायोजक पनि हो।

सोहुले आफ्नो पहिलो पृष्ठको शीर्षकमा चीनको सबैभन्दा ठूलो पोर्टल वेबसाइट भएको दाबी गरेता पनि, यसको अलेक्सा वरियता, समान पोर्टल थङ्सिन र सिनाको भन्दा कम छ। सन् २०१८ मा, अलेक्साको देश अनुसार को वरियतामा वेबसाइट चीनमा ५अौँ स्थानमा रहेको छ भने पोर्टल वेबसाइटमा थङ्सिन दोस्रो स्थानमा कायम छ। हाल, यो चीनको पाँच प्रमुख श्रव्य दृश्य सञ्जालहरू जस्ते युकु, आइछिई, थङ्सिन श्रव्य दृश्य र म्याङ्गो टिभी मध्येको एक हो। अक्टोबर १९९८ मा, यसको डोमेन नाम सोहु डटकमबाट सोहु डटकममा परिवर्तन गरिएको थियो।

इतिहास[सम्पादन गर्नुहोस्]

१ नोभेम्बर १९९५ मा, डाक्टर झाङ चाओयाङ म्यासाचुसेट्सबाट चीन फर्किएका थिए।[५] अगस्ट १९९६ मा, झाङले प्रायोजक लगानीकर्ता प्राप्त गरेका थिए र जसको सहायतामा उनले सोहुको उत्तराधिकारी एक्सिन कम्पनी लिमिटेडको स्थापना गरेका थिए।[६] अर्को वर्षको अगस्टमा सोहु डटकमको स्थापना गरिएको थियो। सोहु सन् २००० यता विश्वको दोस्रो ठूलो सेयर बजार नसडकमा सूचीकृत छ।[७][८] २४ अप्रिल २०१३ मा, सोहुको प्रयोगकर्ता १० करोड पुगेको कम्पनीले बताएको थियो। सोहुको सोगौ खोज संयन्त्रलाई जुलाई २०१३ मा क्युहिलाई लगभग १.४ अरब अमेरिकी डलरमा बेच्ने बताइएको थियो।[९] १७ सेप्टेम्बर २०१३ मा, थङ्सिन एक चिनियाँ खोज संयन्त्र सोगौ डटकममा अल्पसङ्ख्यक स्वामित्वको लागि ४४८ मिलियन डलर लगानी गरेको छ, सोहु निगमको सहायक कम्पनी।[१०]

वेब सेवाहरू[सम्पादन गर्नुहोस्]

सोहुको व्यवसायमा सञ्चार माध्यम, श्रव्य दृश्य, खोज तथा खेलहरू समावेश छन्:

१) सोगौ: एक चिनियाँ खोज संयन्त्र हो जसको बजार साझेदारी ३८.३५% रहेको छ।
२) सोहु समाचार : एक चिनियाँ समाचार पोर्टल हो। यसको उपपृष्ठ घरेलु, अन्तर्राष्ट्रिय, सामाजिक, वित्तीय, सूचनम प्रविधि, ओलम्पिक, खेलकुद, मनोरञ्जन, सवारीसाधन , घर जग्गा, संस्कृति, पर्यटन, स्वास्थ्य, र सैन्य मा विभाजित छ। सोहु डटकम एक लोकप्रिय पोर्टल मध्ये एक हो।
३) सोहु श्रृव्य दृश्य : सोहुले प्रदान गर्ने गरेको एक प्रतिलिपी अधिकार युक्ति श्रृव्य दृश्य साझेदारी मञ्च हो।
४) सोहु समाज : सोहुले प्रदान गरेको ठूलो अनलाइन समुदाय सेवा हो।
५) चीनरेन :अनलाइन विद्यालय छात्र भण्डार।
६) १७१७३ : अनलाइन खेल जानकारी वेबसाइट
७) छ्याङयु : अनलाइन खेल मञ्च।

सोगौ[सम्पादन गर्नुहोस्]

सोगौ खोज, प्रविष्ट विधि, ब्राउजर तथा अन्य वेब सेवाहरू प्रदान गर्ने एक चिनियाँ वेबसाइट हो। अगस्ट २००४ देखि, सोहुले विश्वको पहिलो तेस्रो-पुस्ताको अन्तर्क्रियात्मक चिनियाँ खोज संयन्त्र, सोगौ खोजको सुरु गरेको थियो। दश वर्ष पछि, सोगौ खोज एक शीर्ष तीन व्यक्तिगत सुसाङ्ख्य खोजीमा विकसित भएको छ। सन् २०१६ आइरिसर्चको प्रतिवेदन अनुसार मोबाइलमा खोजी गर्ने प्रयोगकर्ताहरूको हिसाबले यो ७१.६% बजार साझेदारी सहित दोस्रो स्थानमा रहेको छ। सन् २००३ मा सोगौले, सोगौ खोज, सोगौ प्रविष्ट विधि, सोगौ ब्राउजरको प्रक्षेपण गरेको थियो। सन् २०१० मा, सोगौ सोहुबाट छुट्टिँदै विभागबाट कम्पनीमा परिणत भएको थियो।[११]

छ्याङयु[सम्पादन गर्नुहोस्]

छ्याङयु एक चिनियाँ इन्टरनेट खेल विकासकर्ता तथा सञ्चालक हो। यो अप्रिल २००९ मा नसडकमा सूचीकृत छ। छ्याङयुको स्वयम् विकसित "टियान लङ ब बु" एकदमै लोकप्रिय छ। अप्रिल २०१० मा यसको दोस्रो भाग "टियान लङ ब बु २" को सार्वजनिक गरिएको थियो। अगस्ट २०११ मा, "टियान लङ ब बु ३" सार्वजनिक गरिएको थियो।[१२]

सोहु श्रव्य दृश्य[सम्पादन गर्नुहोस्]

सोहु श्रव्य दृश्य चीनको एक व्यापक श्रव्य दृश्य साझेदारी मञ्च हो। यसले चीनमा प्रयोगकर्ताहरूद्वारा उत्पादित सामग्रीहरूको वितरण गर्दछ। यसले १०० वटा भन्दा बढी दूरदर्शन ष्टेसनहरूसँग रणनीतिक सहयोगमा रहेको छ।[१३]

वित्तीय स्थिति[सम्पादन गर्नुहोस्]

सन् २०१५ मा सोहुको कुल राजस्व १.९ अरब अमेरिकी डलर रहेको थियो जुन सन् २०१४ को भन्दा १६% ले बढी हो।[१४] विज्ञापन राजस्व २०१५ मा, ५७७ मिलियन अमेरिकी डलर रहेको थियो जुन सन् २०१४ को तुलनामा ७% ले बढी हो। ती मध्ये सन् २०१४ सोहुका श्रव्य दृश्य साझेदारी सेवा बाहेकका अन्य सेवाहरूले १९८ मिलियन अमेरिकी डलर कमाएको थियो।[१५] सन् २०१४ मा सोहुको श्रव्य दृश्य विज्ञापन राजस्व २१३ मिलियन अमेरिकी डलर रहेको थियो जुन सन् २०१४ को भन्दा २१% ले बढी हो। सोहुको राजस्व २०१४ मा, ५८२ मिलियन अमेरिकी डलर रहेको थियो जुन सन् २०१३ को तुलनामा ५३% ले बढी हो र सन् २०१५ यसको अनलाइन खेलको कुल राजस्व ६३७ मिलियन अमेरिकी डलर रहेको छ जुन सन् २०१४ को तुलनामा २% ले कम हो।[१६]

सामाजिक कल्याणकारी कार्यहरू[सम्पादन गर्नुहोस्]

सन् २००६ मा, सोहुले आधिकारिक रूपमा सार्वजनिक सेवा च्यानल सुरू गरेको थियो र इण्टरनेटमा सबैभन्दा ठूलो सार्वजनिक सेवा परस्पर सहायता मञ्चको स्थापना गरेको थियो। अप्रिल २००७ मा, सोहुले आधिकारिक रूपमा चीनको पहिलो "ब्लग कोष" स्थापना गरी सोहु जन कल्याणकारी ब्लग समूह शुरू गरेको थियो जुन चीनको पहिलो व्यावसायिक सार्वजनिक कल्याण मञ्च हो जसको ब्लग यसको वाहकको रूपमा रहेको छ। चिनियाँ इण्टरनेट कम्पनीले प्रणालीबद्ध रूपमा लोक कल्याणमा ब्लग सञ्चालन गरेको यो पहिलो पटक थियो। यसले धेरै ठूलो सङ्ख्यामा नागरिकहरूबाट समर्थन प्राप्त गरेको थियो।

सन् २००८ ओलम्पिक खेल वेबसाइट[सम्पादन गर्नुहोस्]

नोभेम्बर २००५ मा, सोहुलाई सन् २००८ मा हुने ओलम्पिक खेलहरूको आधिकारिक इण्टरनेट सामग्री सेवा प्रायोजकको रूपमा चयन गरिएको थियो। सोहुलाई बेइजिङ ओलम्पिकको आधिकारिक वेबसाइट निर्माण, सञ्चालन र आयोजना गर्नको लागि विशेष सेवा प्रदान गरिएको थियो।[१७]

गुगल विरुद्ध अभियोग[सम्पादन गर्नुहोस्]

६ अप्रिल २००७ मा, गुगलले सोहुको इनपुट विधि सफ्टवेयर, सोगौ फिनयिनलाई कथित रूपमा प्रतिलिपी गरेको भन्दै पुन:निर्माण गर्नका लागि फिनयिन प्रविष्ट विधि सम्पादक सफ्टवेयरको प्रदानलाई डाउनलोड गर्नबाट रोकेको थियो जसले गर्दा सोहुले यसलाई पुन: सञ्चालनमा ल्याउनका लागि गुगललाई अनुरोध गरेको थियो।[१८] कथित रूपमा प्रतिलिपि अधिकार उल्लङ्घन पहिचानमा दुबै इनपुट विधि एक शङ्कास्पद त्रुटिको कारण फेला परेका थिए, विशेष गरी फिनयिन "पिङगोङ" को अनुवाद जसले गल्तीले फेङ गोङलाई अभिनेता र हास्य कलाकार भनेको थियो।[१९] ९ अप्रिल २००७ मा, गुगलका प्रवक्ता कुई जिनका अनुसार ",फिनयिन गुगल प्रविष्ट विधिले "केहि गैर- गुगल डाटाबेस संसाधनहरूको फाइदा उठाएर निर्मित भएको कुरा स्वीकार गरेको छ"।[२०]

लोकप्रियता[सम्पादन गर्नुहोस्]

सिमिलर वेब[सम्पादन गर्नुहोस्]

नोभेम्बर २०१९ सम्म, सिमिलर वेबको तथ्याङ्कका अनुसार, यो विश्वव्यापी सर्वाधिक लोकप्रिय वेबसाइटहरूको सूचीमा ८४औँ स्थानमा रहेको छ भने चीनमा यसको क्रम ८ रहेको छ जसमा यसको उछाल दर ६१.१२% रहेको छ।[२१]

अलेक्सा इन्टरनेट[सम्पादन गर्नुहोस्]

नोभेम्बर २०१९ सम्म, अलेक्सा इन्टरनेटको तथ्याङ्कका अनुसार, यो विश्वव्यापी सर्वाधिक लोकप्रिय वेबसाइटहरूको सूचीमा ७औँ स्थानमा रहेको छ भने चीनमा यसको क्रम ४ रहेको छ।[२२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. 搜狐时间表
  2. "सन् २०१७ को वार्षिक प्रतिवेदन", अन्तिम पहुँच अगस्ट ३, २०१८ 
  3. "कम्पनीको प्रोफाइल (सोहु)", अन्तिम पहुँच डिसेम्बर ३१, २०१२  वेब्याक मेसिन अभिलेखिकरण मार्च २२, २०१९ मिति
  4. "सोहु डटकमको विश्लेषण,र ट्राफिक", अलेक्सा इन्टरनेट, अन्तिम पहुँच २ अक्टोबर २०१९  वेब्याक मेसिन अभिलेखिकरण ८ डिसेम्बर २०१९ मिति
  5. "搜狐--IT--人民网", 人民网, अन्तिम पहुँच २०१६-१२-३१ 
  6. "09互联网大会嘉宾:搜狐董事会主席兼CEO张朝阳", 新浪科技, २००९-०८-२६, अन्तिम पहुँच २००९-०८-२६ 
  7. "陈一舟:武汉大学是创业第一步", 网易新闻, २०११-०५-०६, अन्तिम पहुँच २०११-०५-०६ 
  8. "陈一舟:别整天干活 拿出时间琢磨该不该干现在的事", 新浪财经, २०१५年०८月१८, अन्तिम पहुँच २०१५-०८-१८ 
  9. "北京搜狐互联网信息服务有限公司", 中关村科技园区管理委员会, मूलबाट २०११-०१-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-१२-३१  वेब्याक मेसिन अभिलेखिकरण २०११-०१-०४ मिति
  10. "搜狐签约成为北京2008年奥运会互联网内容服务赞助商", 中国网, २००७-०३-२३, मूलबाट २०१६-१२-३१-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-०३-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१६-१२-३१ मिति
  11. "搜狗上市,39岁的CEO王小川身价达到2.5亿美元_科技_腾讯网", tech.qq.com (चीनको चिनियाँमा), अन्तिम पहुँच २०१७-११-१० 
  12. "搜狐2015年收入19亿 搜狗连续8个季度盈利"网易财经। २०१६-०२-०१। सङ्ग्रह मिति २०१६-०२-०१ 
  13. 搜狐视频关注流扩大“健康+”主题 持续科普健康知识
  14. "搜狐2015年亏损5100万美元 游戏收入被搜索反超", 新华网, २०१६-०२-०२, अन्तिम पहुँच २०१६-०२-०२ 
  15. "搜狐2015年收入19亿 搜狗连续8个季度盈利", 新浪网, २०१६-०२-०१, अन्तिम पहुँच २०१६-०२-०१ 
  16. "搜狐2015年收入19亿 搜狗连续8个季度盈利"网易财经। २०१६-०२-०१। सङ्ग्रह मिति २०१६-०२-०१ 
  17. "Sohu.com to run website for Beijing 2008 Olympic games", ChinaTechNews.com, अन्तिम पहुँच नोभेम्बर ७, २००५ 
  18. Lemon, Sumner (अप्रिल ९, २००७), "Google Admits Using Outside Source for Chinese App", PC World (IDG), अन्तिम पहुँच अप्रिल ११, २००७  वेब्याक मेसिन अभिलेखिकरण अप्रिल १५, २००७ मिति
  19. Lemon, Sumner (अप्रिल ६, २००७), "Google Evades Question About Software Similarities", PC World (IDG), अन्तिम पहुँच अप्रिल ११, २००७  वेब्याक मेसिन अभिलेखिकरण अप्रिल १०, २००७ मिति
  20. Lemon, Sumner (अप्रिल ८, २००७), "Rival Asks Google to Yank 'Copycat' Application", PC World (IDG), अन्तिम पहुँच अप्रिल ११, २००७  वेब्याक मेसिन अभिलेखिकरण अप्रिल १५, २००७ मिति
  21. "सोहु डटकमको जानकारी"सिमिलर वेब। सङ्ग्रह मिति २९ मार्च २०२० 
  22. "सोहु डटकमको जानकारी"अलेक्सा इन्टरनेट। सङ्ग्रह मिति २९ मार्च २०२० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]