आपारात

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आपारात
साइटको प्रकार
भिडिय‍ो साझेदारी सेवा
उपलब्ध भाषाफारसी
संस्थापित१३ अप्रिल २०११
मुख्यालयहरूतेहरान, इरान
संस्थापक (हरू)साबा आइडिया टक कम्पनी (साबा आइडिया)
अध्यक्षमोहम्मद जाभद शोकौरी मोगहादम
मुख्य व्यक्तिहरूमोहम्मद जाभद शोकौरी मोगहादम, महोमद फजलोलही, अलि तेहराआइनासर
सेवाहरूश्रव्य दृश्य साझेदारी सेवा
अभिभावकसाबा आइडिया टक कम्पनी (साबा आइडिया)
युआरएलAparat.com
अलेक्सा क्रमवृद्धि १०९ (१ अक्टोबर २०१८ (2018-10-01) अनुसार[१]
दर्ताबैकल्पिक
वर्तमान स्थितिचालु

आपारात एक इरानी श्रव्य दृश्य साझेदारी सेवा हो जुन फेब्रुअरी २०११ मा सुरु भएको थियोे र त्यसको दुई महिना पछि १३ अप्रिल २०११ मा आधिकारिक रूपमा यसले सेवा सञ्चालन गरेको थियोे ।[२] आपारात साथसाथै कोल्ब र मिहनब्लग वेबसाइटहरू, साबा आइडिया टेक कम्पनी (साबा आइडिया)[३][४] द्वारा सुरु गरिएको थियो र यी सबै वेबसाइटहरू मोहम्मद जाभद शोकौरी मोगहादमद्वारा व्यवस्थित गरिएको छ ।[५] साझेदार गरिएका श्रव्य दृश्यहरूको सजिलो पहुँचको लागि, यो वेबसाइटले श्रव्य दृश्यहरूलाई व्यक्तिगत, प्रकृति, शैक्षिक, मनोरञ्जन आदि जस्ता विभिन्न वर्गहरू अन्तर्गत व्यवस्थित गरेको छ । सन् २०१३ मा मल्टीमीडियाको क्षेत्रमा इरान वेब फेस्टिवल मा विशेषज्ञहरु द्वारा यसलाई उत्कृष्ट वेबसाइटको रूपमा चयन गरिएको थियोे र २०११ मा सर्वश्रेष्ठ चलचित्र वेबसाइटको रूपमा पनि चयन गरिएको थियो ।

इतिहास[सम्पादन गर्नुहोस्]

इरानमा धेरै अन्तर्राष्ट्रिय श्रव्य दृश्य साझेदारी सेवाहरू प्रतिबन्धित भएपछि, आपारात इरानी प्रयोगकर्ताहरू माझ फेब्रुअरी २०१० मा पेश गरिएको थियो । आपारातको सेवा सुरु भएको एक बर्स पछि, फेब्रुअरी २०११ मा यसले एन्ड्रोइड संस्करणमा आफ्नो सेवा सञ्चालन गरेको थियो । एक वर्ष भन्दा बढी पछि, डिसेम्बर २०१२ मा, यसमा दर्ता भएका श्रव्य दृश्यहरूले दैनिक एक लाख भन्दा बढी दर्शकहरू पाएको थियोे । जुलाई २०१३ मा, आपारातको आईओएसको संस्करण निस्कासन गरिएको थियो । त्यसपछि त्यस वर्ष नोभेम्बर २०१३ मा, पहिलो अनलाइन फोटो प्रतियोगिता जसलाई "तेहरान अतिथि" भनिन्छ जसलाई यसले तेहरान नगरपालिकाको सहयोगमा आयोजित गरेको थियो । पछि मार्च २०१४ मा एन्ड्रोइडमा आपारातको दोस्रो संस्करण जारी गरिएको थियो । अप्रिल २०१४ मा, इरानको इस्लामी गणतन्त्रका राष्ट्रपतिले अपारातमा आफ्नो खाता सिर्जना गर्य र यस सेवामा पहिलो आधिकारिक च्यानल पेश गरिएको थियोे । राष्ट्रपति पछि, सञ्चर मन्त्रीले पनि आपारातमा एक आधिकारिक च्यानल सिर्जना गरे र यो इरानमा सामाजिक सञ्जालको रूपमा सक्रिय रूपले अधि बढेको थियोे ।

श्रव्य दृश्य विशेषता[सम्पादन गर्नुहोस्]

श्रव्य दृश्य चल्ने क्षमता[सम्पादन गर्नुहोस्]

आपारातमा श्रव्य दृश्य फाइलहरू सबै प्रयोगकर्ताहरूलाई पहुँच योग्य छन् त्यसैले पहिला सदस्यता बिनानै यो सेवाको श्रव्य दृश्य सामग्री हेर्न सक्दछन् । तथापि, आपारातमा हादिएका केही श्रव्य दृश्यहरू सार्वजनिकको लागि पहुँच योग्य छैनन् जसलाई भुक्तानी आवश्यक पर्दछ । उर्ध्वभरण गरिएका श्रव्य दृश्य सार्वजनिक रूपमा वा मात्र प्रयोगकर्ताको पहुँचमा रहने भन्ने निर्णय सामग्री उर्ध्वभरण गर्नेको हातमा रहेको हुन्छ ।[६]

उर्ध्वभरण[सम्पादन गर्नुहोस्]

आपारातमा श्रव्य दृश्यहरू उर्ध्वभरण गर्न, प्रयोगकर्ताहरू पहिला सदस्य हुनै पर्नेछ । सेवा सदस्यता लिए पछि, प्रयोगकर्ताहरूले श्रव्य दृश्यहरू विभिन्न ढाँचाहरूमा अपलोड गर्न सक्छन्, जसमा एमपीइजी, ३ जिपि, एभिआइ, एमकेवी, एभीआइ र एमपि ४ मा नामकरण गर्ने सकिने सुबिधा रहेको छ ।एच.डी. गुणस्तरको साथ प्रयोगकर्ताहरूले श्रव्य दृश्य उर्ध्वभरण गर्न र हेर्न सक्छन् । आपारातमा श्रव्य दृश्य उर्ध्वभरण गर्न, १५०० एमबीको सीमा रहेको छ र १५०० एमबी भन्दा ठूलो श्रव्य दृश्यहरू अपलोड गर्नको लागि प्रयोगकर्ताहरूसँग प्रमाणित खाता हुनुपर्ने छ ।

गुणस्तर र ढाँचा[सम्पादन गर्नुहोस्]

आपारातमा प्रयोगकर्ताले यस सेवामा श्रव्य दृश्यहरू विभिन्न ढाँचाहरू उर्ध्वभरण गर्न सक्दछन् । आपारातमा सम्भव ढाँचाको सूची तल रहेको छ:

आपारातद्वारा समर्थित ढाँचाहरू
डब्लूएमभि एमआेभि क्युटि ३जिपि ३जीपिपि ३जी२ ३जिपि२ एमपिजी
एमपिइजी एमपि१ एमपि२ एम१भि एम१ए एम२ए एम४ए एमपिभि
एमपिभि२ एमपिइ एमपि४ एम४ए एम४पि एम४बि एम४आर एम४भि
एभिआइ एफएलभि एफ४भि एफ४पि एफ४ए एफ४बि भिओबि आइएसएफ
एमकेभि एएसएफ डब्लूइबिएम एएसएक्स एएसआर

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

आधिकारिक वेबसाइट