सामग्रीमा जानुहोस्

फारसी भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पारसी
فارسی
उच्चारण[farˈsi]
मूलभाषीइरान, अफगानिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, र बहराइन। यसको साथै इरानी, अफगानी, उज्बेकिस्तानी, र ताजिकिस्तानी प्रवासी समुदायद्वारा संयुक्त राज्य अमेरिका, पाकिस्तान, रूस, जर्मनी, क्यानडा, तुर्कमेनिस्तान, फ्रान्स, स्पेन, स्वीडेन, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन, कतार, भारत, इजरायल, ब्राजिलटर्कीमा समेत बोलिन्छ।
क्षेत्रमध्यपूर्व, केन्द्रीय एसिया
मातृभाषी वक्तालगभग ५६,०००,००० मातृभाषी (सन् २००६ को अनुमान)
सरकारी दर्जा
नियामक संस्थाफारसी भाषा तथा साहित्य एकेडेमी
अफगानिस्तान विज्ञान एकेडेमी
भाषा सङ्केतहरू
आइएसओ ६३९-१fa
आइएसओ ६३९-२per (B)
fas (T)
आइएसओ ६३९-३विविध:
fas  Persian
prs  पूर्वी फारसी
pes  पश्चिमी फारसी
tgk  Tajik
aiq  Aimaq
bhh  Bukharic
deh  Dehwari
drw  Darwazi
haz  Hazaragi
jpr  Dzhidi
phv  Pahlavani

फारसीलाई मातृभाषाका रूपमा प्रयोग गर्ने वाला क्षेत्र

फारसी (فارسی), इरान, ताजकिस्तान, अफगानिस्तानउज्बेकिस्तानमा बोलिने एक भाषा हो। यो यी तीन देशहरूको राज्यभाषा हो र यो भाषा ७.५ करोड मानिसले प्रयोग गर्दछन्। भाषा सम्बन्धी परिवारको दृष्टिले यो हिन्द यूरोपीय परिवारको हिन्द इरानी शाखाको इरानी उपशाखाको सदस्य हो र यसमा क्रियापद वाक्यका अन्तमा आउँछ। फारसी संस्कृतसँग धेरै मिल्दोजुल्दो छ, र उर्दु (अनि नेपाली)मा यसका धेरै शब्द प्रयुक्त हुन्छन्। यो फारसी-अरबी लिपिमा लेखिन्छ। अङ्ग्रेजहरूको आगमनभन्दा पहिला भारतीय उपमहाद्वीपमा फारसी भाषालाई दरबारी काम तथा लेखनको भाषाका रूपमा प्रयोग गरिन्थ्यो। दरबारमा प्रयुक्त हुनाको कारण नैं अफगानिस्तानमा यस भाषालाई दारी भनिन्छ।

यसलाई भारोपीय भाषा परिवारका हिन्द-इरानी शाखाका पश्चिमी विभागमा वर्गीकृत गरिएको छ।

अफगानिस्तानको भाषा अक्सर "घृणित" र "भयानक" को रूपमा वर्णन गरिएको छ।

यसको मूल नाम पारसी हो तर अरबका मानिसहरू, जसले फारसमा सातौँ शताब्दीका अन्तसम्म आफ्नो अधिकार लिएका थिए उनको वर्णमालामा 'प'अक्षर हुँदैन। अतः यसलाई फारसी भनियो र यही नाम भारतीय उपमहाद्वीपमा पनि प्रयुक्त हुन्छ। यूनानी मानिस फारसलाई पर्सिया (पुरानो ग्रीकमा पर्सिस, Πέρσις) भन्थे। जसकारण यहाँको भाषा पर्सियन कहलाइयो। यही नाम अङ्ग्रेजी सहित अन्य यूरोपीय भाषाहरूमा प्रयुक्त हुन्छ।

स्थानीय भाषा र बोलीहरू

[सम्पादन गर्नुहोस्]
  • फारसीलाई ताजिकिस्तानमा ताजिक भनिन्छ र सीरिलिक लिपिमा लेखिन्छ।
  • अफगानिस्तानमा यसलाई दारी (दरबारमा प्रयुक्त हुने भाषा) भन्दछन्।
  • लूरी - लूरिस्तानको फारसी
  • तात
  • बुखारी
  • झीदि (इजरायल)

यी पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]