सिन्ध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
सिन्ध

سندھ
سنڌ
माथि देखि, बायाँ देखि दायाँ सम्म: जिनाह चिहान/मजरे कायद, सिन्ध मदरसा इस्लाम, रानीकोट किल्ला, फैज महल, नगन चौरङ्गी, अयुब पुल र लेन्सडाउन पुल
सिन्धको झण्डा
झण्डा
सिन्धको आधिकारिक छाप
छाप
उपनाम(हरू): 
मेहरान, बब उल इस्लाम
पाकिस्तानमा सिन्धको अवस्थिति
पाकिस्तानमा सिन्धको अवस्थिति
निर्देशाङ्क: २६°२१′उ॰ ६८°५१′पू॰ / २६.३५०°N ६८.८५०°E / 26.350; 68.850निर्देशाङ्कहरू: २६°२१′उ॰ ६८°५१′पू॰ / २६.३५०°N ६८.८५०°E / 26.350; 68.850
देशFlag of Pakistan.svg पाकिस्तान
स्थापित
  • १ जुलाई १९७०
राजधानीकराची
सबैभन्दा ठूलो सहरकराची
सरकार
 • प्रकारसङ्घीय सरकार अन्तर्गतको प्रदेश
 • अङ्गसिन्ध सरकार
 • प्रदेश प्रमुखइमरान इस्माइल
 • मुख्यमन्त्रीसैयद मुराद अली शाह
 • मुख्य सचिवमुम्ताज अली शाह
 • व्यवस्थापिकाप्रदेश सभा
 • सर्वोच्च अदालतसिन्ध उच्च अदालत
क्षेत्रफल
 • जम्मा१४०,९१४ किमी (५४,४०७ वर्ग माइल)
क्षेत्रफल क्रमतेस्रो
जनसङ्ख्या
 (सन् २०१७)[१]
 • जम्मा४७,८८६,०५१
 • क्रमदोस्रो
 • घनत्व३४०/किमी (८८०/वर्ग माइल)
वासिन्दा(हरू)सिन्धी
समाज
 • भाषासिन्धीउर्दू
समय क्षेत्रयुटिसी+०५:०० (पाकिस्तानी मानक समय)
प्रमुख खेलकुद टोलीकराची किङ्स
कराची युनाइटेड
हैदराबाद हक्स
कराची डल्फिन्स
कराची जेब्राज
मानव विकास सूचकाङ्क (सन् २०१८)०.५३३ ह्रास[२]
निम्न
राष्ट्रिय सभामा सिट७५
प्रदेेेश सभामा सिट१६८[३]
विभाग
जिल्ला३०
तहसील१३८
सङ्घ परिषद्११०८[४]
वेबसाइटsindh.gov.pk

सिन्ध (सिन्धी: سنڌ); (उर्दू: سندھ) पाकिस्तानका चार प्रदेशहरू मध्येको एक हो। देशको दक्षिणपूर्वी भागमा अवस्थित सिन्ध पाकिस्तानको तेस्रो सबैभन्दा ठूलो प्रदेश हो। यो कुल क्षेत्रफल र पाकिस्तानी पञ्जाब पछिको जनसङ्ख्या अनुसार दोस्रो ठूलो प्रदेश हो। यसले क्रमशः उत्तरमा पाकिस्तानी प्रदेश बलुचिस्तान र पञ्जाब र पूर्वमा भारतीय राज्य गुजरात र राजस्थानसँग भूमि सिमाना बाँडेको छ। यसलाई अरब सागरले दक्षिणमा पनि छोएको छ। सिन्धको भू-भाग प्रायजसो सिन्धु नदी छेउछाउको बलौटे मैदान, भारतसँगको अन्तर्राष्ट्रिय सीमासँगै प्रदेशको पूर्वी भागमा रहेको थार मरुभूमि र प्रदेशको पश्चिमी भागमा किर्थर हिमाल पर्दछन्।

सिन्धको अर्थतन्त्र पञ्जाब प्रदेश पछि पाकिस्तानको दोस्रो ठूलो अर्थव्यवस्था हो। यसको प्रादेशिक राजधानी कराची देशकै सबैभन्दा बढी जनसङ्ख्या भएको सहर हो साथै यसको मुख्य वित्तीय केन्द्र पनि हो। सिन्ध, पाकिस्तानको ठूलो औद्योगिक क्षेत्रको हो र यसमा देशको सबैभन्दा व्यस्त कासिम बन्दरगाह र कराचीको बन्दरगाह गरि दुई व्यावसायिक बन्दरगाहहरू रहेका छन्। सिन्धको अर्थतन्त्र कृषिमा आधारित छ जहाँ देशका अन्य भागका लागि फलफूल, उपभोग्य वस्तु तथा तरकारी उत्पादन हुने गर्दछ।

यो भारतीय उपमहाद्वीपमा इस्लामी शासनको अधिनमा रहेको पहिलो क्षेत्र मध्ये एक थियो जसका कारण यसलाई कहिलेकाहीँ बब-उल इस्लाम (अनुवाद:इस्लामको प्रवेशद्वार) भनिन्छ। प्रारम्भिक मुस्लिम विजयको अवधिमा आधुनिक प्रदेशका केही भागहरूमा रशीदून सेनाद्वारा आक्रमण गरिएको थियो तर ७१२ ईशापूर्वमा मोहम्मद इब्न कासिमको नेतृत्वमा उमय्यद खिलाफतको नेतृत्वमा सिन्धमा अरब आक्रमण नभएसम्म यो क्षेत्र मुस्लिम शासनको अधीनमा परेको थिएन। जातीय सिन्धी जातिहरू यस प्रदेशका सबैभन्दा ठूलो समूह हुन्। सिन्ध सन् १९४७ मा बेलायती भारतको विभाजनपछि यस क्षेत्रमा बसाइँ सरेका भारतीय मुस्लिमहरूको बहुजातीय समूह, मुहाजिरको आवासस्थल पनि हो। यो प्रदेश आफ्नो विशिष्ट संस्कृतिको लागि प्रसिद्ध छ। यहाँ सुफीवादबाट बलियो प्रभाव पारेको छ। यो हिन्दू र मुसलमान दुवैको लागि सिन्धी पहिचानको महत्वपूर्ण चिह्न हो। सिन्धी सूफीका केही महत्वपूर्ण मठमन्दिरहरू यस प्रदेशभरि रहेका छन् जसले वर्षेनी लाखौँ भक्तजनलाई आकर्षित गर्छन्।

सिन्ध सिन्धु घाटी सभ्यता अन्तर्गत कास्य युगको बेलामा यसको इतिहासका लागि प्रमुख छ। यो युनेस्कोले नियुक्त गरेका दुई विश्व सम्पदा क्षेत्रहरूको घर हो जसमा मकली पर्वतमोहन जोदडो पर्दछन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "DISTRICT WISE CENSUS RESULTS CENSUS 2017", www.pbscensus.gov.pk, मूलबाट २०१७-०८-२९-मा सङ्ग्रहित। 
  2. "Sub-national HDI – Area Database – Global Data Lab", hdi.globaldatalab.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०३-१५ 
  3. "Welcome to the Website of Provincial Assembly of Sindh", www.pas.gov.pk 
  4. "LgdSindh - News Blog", LgdSindh 

बाह्य कडीहरू[सम्पादन गर्ने]

सिन्धको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस्:

परिभाषा विकिस्नरीबाट
पाठ्यपुस्तक विकिपुस्तकबाट
उद्धरण विकिकथनबाट
स्रोत पदहरू विकिस्रोतबाट
चित्र तथा मिडिया कमन्सबाट
समाचार विकिसमाचारबाट
सिक्ने स्रोतहरू विकिभर्सिटीबाट

ढाँचा:सिन्ध विषय

ढाँचा:पाकिस्तान विषय