पन्जाब, पाकिस्तान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(पञ्जाब, पाकिस्तानबाट अनुप्रेषित)
पन्जाब
پنجاب
बादशाही मस्जिद
 • बहाउद्दिन जकरिया तिर्थ
नवलखा मण्डप 
नूर महल
पन्जाबको झण्डा
पन्जाबको आधिकारिक छाप
पाकिस्तानको नक्सामा पन्जाबको अवस्थितिको अवस्थिति
पाकिस्तानको नक्सामा पन्जाबको अवस्थिति
निर्देशाङ्क: ३१°N ७२°E / ३१°N ७२°E / 31; 72निर्देशाङ्कहरू: ३१°N ७२°E / ३१°N ७२°E / 31; 72
देश पाकिस्तान
स्थापना१ जुलाई १९७०
राजधानीलाहोर
सबैभन्दा ठूलो सहरलाहोर
सरकार
 • प्रकारस्वशासित प्रदेश, सङ्घीय सरकारको अधिनमा
 • अङ्गपन्जाब सरकार
 • गभर्नरचौधरी मोहम्मद सरवार
 • मुख्यमन्त्रीसरदार रउस्मान बुज्दर
 • मुख्य सचिवजवद रफीक मलिक (पाकिस्तान प्रशासनिक सेवा)
 • व्यवस्थापिकाप्रदेश सभा
 • सर्वोच्च अदालतलाहोर सर्वोच्च अदालत
क्षेत्रफल
 • जम्मा२०५३४४ किमी (७९२८४ वर्ग माइल)
 • क्रमदोस्रो
जनसङ्ख्या
 (सन् २०१७)
 • जम्मा११००१२४४२[१]
 • क्रमप्रथम
समय क्षेत्रयुटिसी+०५:०० (पाकिस्तानी मानक साय)
भाषा
राष्ट्रिय सभामा सिटहरू१८३
मानव विकास सूचकाङ्क (सन् २०१८)०.५६७ [२]
मध्यम
प्रदेशिय विधानसभामा सीटहरू३७१[३]
विभाग
जिल्ला३६
तहसिल१४६
सङ्घीय परिषद७६०२
वेबसाइटwww.punjab.gov.pk

पन्जाब (उर्दू र पन्जाबी: پنجاب), सुन्नुहोस्), पाकिस्तानको सर्वाधिक धेरै जनसङ्ख्या भएको प्रदेश हो जसको जनसङ्ख्या सन् २०१७ का अनुसार, ११०,०१२,४४२ रहेको छ। यस प्रदेश सिन्ध, बलुचिस्तान, र खयबर पख्तुनख्वा, इस्लामाबाद, र आजाद काश्मीरहरू जस्ता पाकिस्तानी प्रदेशहरूद्वारा घेरिएको छ। यसले भारतीय राज्य पन्जाब, राजस्थान, र जम्मू-काश्मीरको भारतीय प्रशासित क्षेत्रसँग पनि सीमा साझेदारी गरेको छ। प्रदेश राजधानी तथा सबैभन्दा ठूलो सहर लाहोर हो जुन सहर पाकिस्तानको सांस्कृतिक, ऐतिहासिक, आर्थिक र विश्वव्यापी केन्द्र हो जहाँ देशको चलचित्र उद्योग, र यसको धेरै फेसन उद्योग पनि आधारित छन्। चीन वा भारत बाहिर सबैभन्दा धेरै जनसङ्ख्या भएको यस प्रदेश विश्वको पाँचौँ सर्वाधिक जनसङ्ख्या भएको उपराष्ट्रिय इकाई समेत हो।

पुरातन कालदेखि नै पन्जाबमा मानिसहरूको बसोबास रहेको थियो। सिन्धु उपत्यकाको सभ्यता, २६०० ईपुमा हडप्पामा पहिलो पटक फेला परेको थियो।  पन्जाब हिन्दु महाकाव्य महाभारतमा भारी मात्रामा देखा परेको छ, र यहाँ तक्षशिलाका कुराहरू उल्लेख छ जसलाई धेरैले विश्वको सबैभन्दा पुरानो विश्वविद्यालय मान्दछन्। ३२६ ईपुमा अलेक्ज्यान्डर द ग्रेटले राजा पोरसलाई पन्जाबको मोङ नजिकै झेलमको युद्धमा पराजित गरेका थिए। उमायाद साम्राज्यले ८औँ शताब्दीमा पन्जाबमाथि जित हासिल गरेको थियो। त्यसपछिका शताब्दीहरूमा, पन्जाबले धजनभिआन, घुरिड, दिल्ली सल्तनत, मुघल, दुर्रानी र सिखले आक्रमण गर्दै  कब्जा गरेका थिए। मुघल साम्राज्यको शासनकालमा पन्जाब आफ्नो वैभवको उचाइमा पुगेको थियो। १८औँ शताब्दीको बेला, नादर शाहको मुघल साम्राज्यको आक्रमणले पन्जाबमा मुघलको अधिकार खस्किएको थियो र यो अराजकतामा परेको थियो। अहमद शाह दुर्रानीको अधीनमा रहेका दुर्रानी अफगानहरूले पन्जाबको कब्जा गरेका थिए तर सफल विद्रोह पछि यसले सिखलाई पराजित गरेको थियो जसले सन् १७५९ मा सिख सेनालाई लाहोरको दावी गर्न अनुमति दिएको थियो। सिख साम्राज्य सन् १७९९ मा रणजित सिंहको शासनमा स्थापित भएको थियो र बेलायतीसँग पराजित हुनु अघि, यसको राजधानी लाहोर रहेको थियो। पन्जाब, भारत र पाकिस्तान दुबैको स्वतन्त्रता आन्दोलनमा केन्द्रित थियो, लाहोरलाई भारतीय स्वतन्त्रताको घोषणापत्र र पाकिस्तानको स्थापनाको लागि प्रस्ताव गरिएको दुबैको स्थान थियो। बेलायती भारतको पन्जाब प्रदेश सन् १९४७ मा विभाजित भएको थियो। राडक्लिफ रेखाद्वारा धार्मिक सीमा विभाजित भएको बेला यो प्रदेशको गठन भएको थियो।

पन्जाब पाकिस्तानको सबैभन्दा औद्योगिक प्रदेश हो र औद्योगिक क्षेत्रले यस प्रदेशको कुल घरेलु उत्पादनको २२४% कायम गरेको छ।  पन्जाब पाकिस्तानमा यसको सापेक्ष समृद्धिका लागि परिचित छ, र सबै पाकिस्तानी प्रदेशहरूमध्ये सबैभन्दा कम गरीबी दर भएको प्रदेश हो। प्रदेशको उत्तरी र दक्षिणी भागको बीचमा स्पष्ट विभाजन रहेको छ। पाकिस्तानको सबैभन्दा कम सम्पन्न उत्तरी पन्जाबमा गरीबी दर बढी रहेको छ। पन्जाब दक्षिण एसियाको सबैभन्दा ठूलो सहरी क्षेत्रहरू मध्ये एक हो जसमा करीव ४०% मानिसहरू सहरी क्षेत्रमा बस्दछन्।  पाकिस्तानको बाँकी देशको तुलनामा यसको मानव विकास सूचकाङ्कको स्तर उच्च छ।

यो प्रदेश सुफीवादबाट अत्यन्तै प्रभावित छ, धेरै सूफी तीर्थस्थलहरू पन्जाबभरि फैलिएका छन जसले वर्षेनी लाखौँ श्रद्धालुहरूलाई आकर्षित गर्दछ। सिख धर्मका संस्थापक, गुरू नानकको जन्म लाहोर नजिकैको ननकाना साहिबमा भएको थियो। पन्जाब कटासराज मन्दिरको क्षेत्र हो, जुन हिन्दु पौराणिक कथाका लागि प्रख्यात छ। धेरै संयुक्त राष्ट्र शैक्षिक वैज्ञानिक र सांस्कृतिक सङ्गठनको विश्व सम्पदा स्थलहरू पन्जाबमा अवस्थित छन् जसमा शालीमार बगैँचा, लाहोर किल्ला, तक्षशिला पुरातात्विक उत्खनन, र रोहतास किल्ला समावेश छ।

शब्दको उत्पत्ति[सम्पादन गर्नुहोस्]

ऋग्वेदमा पन्जाबलाई सप्त सिन्धु भनेर चिनिन्थ्यो जसको अर्थ हो "सात नदीहरूको भूमि" हो।[४][५] यो क्षेत्र पुरातन युनानीहरूलाई पेन्तापोतामिया भनेर चिनिन्थ्यो, जसको अर्थ हो "पाँच नदीको क्षेत्र", जबकि यस क्षेत्रको लागि संस्कृत नाम, रामायणमहाभारतमा उल्लेख गरिएको, पञ्चनदा थियो जसको अर्थ "पाँच नदीहरूको भूमि" हो। फारसीहरूले पछि यस क्षेत्रलाई मुस्लिम विजय पछि पन्जाब भन्ने गर्दथे जसको पनि अर्थ" पाँच नदीहरूको भूमि "हो।[६][७] पन्जाब शब्द औपचारिक रूपमा इ.स. १७औँ शताब्दीको सुरुमा फारसी शब्दबाट पञ्च (पाँच) र आब (पानी), भएको थियो जसको अर्थ यस क्षेत्रको लागि संस्कृत र युनानी नामसँग मिल्दोजुल्दो छ। पाँच नदीहरू, जसमा चेनाब, झेलम, रवि, व्यास र सतलज, पञ्जनद खोलाबाट सिन्धु नदीमा र अरब सागरमा बग्दछ। पन्जाबका पाँच ठूला नदीहरूमध्ये चारवटा पाकिस्तानको पन्जाब प्रदेश हुँदै बग्दछ।

जनसङ्ख्या र समाज[सम्पादन गर्नुहोस्]

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

ऐतिहासिक जनसङ्ख्या विवरण[८]
जनगणना जनसङ्ख्या सहरी ग्रामीण

सन् १९५१ २०,५४०,७६२ ३,५६८,०७६ १६,९७२,६८६
सन् १९६१ २५,४६३,९७४ ५,४७५,९२२ १९,९८८,०५२
सन् १९७२ ३७,६०७,४२३ ९,१८२,६९५ २८,४२४,७२८
सन् १९८१ ४७,२९२,४४१ १३,०५१,६४६ ३४,२४०,७९५
सन् १९९८ ७३,६२१,२९० २३,०१९,०२५ ५०,६०२,२६५
सन् २०१७ ११०,०१२,६१५ ७०,००८,४५१ ४०,४०१,१६४

यस प्रदेश पाकिस्तानको आधा भन्दा बढी जनसङ्ख्याको एकत्रित छ। यो विश्वको पाँचौँ धेरै जनसङ्ख्या भएको उप-राष्ट्रिय इकाई समेत हो। यो चीन वा भारत भन्दा बाहिर सबैभन्दा धेरै जनसङ्ख्यायुक्त प्रदेश हो। पन्जाबीहरू विभिन्न जातजाति, कुल (उर्दू: برادری) र समुदायहरू सहितको एक विषेश समूह हो। पाकिस्तानी पन्जाबमा, कडा सामाजिक स्तरीकरणको विपरीत गैर-आदिवासी सामाजिक भेदभाव मुख्यतया परम्परागत व्यवसायहरू जस्तै लोहार वा कारीगरहरूमा आधारित छ।

पन्जाबमा पाकिस्तानमा सबैभन्दा कम गरीबी दर छ, यद्यपि यो प्रदेशको उत्तरी र दक्षिणी भागमा विभाजन रहेको छ। प्रदेशको समृद्ध उत्तरी भागको सियालकोट जिल्लामा गरीबी दर ५.६३% रहेको छ जबकि गरीब मध्येको एक दक्षिणमा रहेको राजनपुर जिल्लामा गरीबी दर ६०.०५% रहेको छ।

भाषाहरू[सम्पादन गर्नुहोस्]

पन्जाबका भाषाहरू
(सन् २०१७ को जनगणना)[९]
पन्जाबी
६९.६७%
सराइकी
२०.६८%
उर्दू
४.८७%
पश्तो
१.९८%
बलूची
०.८३%
सिन्धी
०.१५%

पन्जाबमा बोलिने मुख्य र मातृभाषा भनेको पन्जाबी हो जुन सामान्यतया शाहमुखी लिपिमा लेखिने गरिन्छ छ जुन पन्जाबी लेख्नको लागि प्रयोग हुने सबैभन्दा पुरानो लिपि हो। पन्जाब देशकै सबैभन्दा ठूलो जातीय समूह हो। पन्जाबी पन्जाबको प्रदेश स्तरीय भाषा हो तर पाकिस्तानको संविधानमा राष्ट्रिय स्तरमा यसलाई आधिकारिक मान्यता प्रदान गरिएको छैन।

सराइकी वा पूर्व मुल्तानी भाषा प्रायः दक्षिण पन्जाब, र पश्तो, उत्तर पश्चिम पन्जाबका केही भागहरूमा, खास गरी अटक जिल्ला र खयबर पख्तुनख्वा प्रदेशको नजिकको मियाँवाली जिल्लामा बोल्ने गरिन्छ।

लाहोरमा पन्जाबीहरूले पाकिस्तानको पन्जाबमा पन्जाबी भाषालाई विद्यालय शिक्षाको औपचारिक भाषा बनाउने माग गर्दै पाकिस्तानमा भएको एक प्रदर्शन।

पाकिस्तानमा पन्जाबीलाई निम्न स्तरको भाषामा हस्तान्तरण गरिने र यस्तो वातावरणले यसलाई अस्विकार गरिरहेको चिन्ताको रूपमा प्रसारण सार्वजनिक क्षेत्र र औपचारिक शिक्षाको निकटको अन्य भाषाहरूका रूपमा उर्दू र अङ्ग्रेजीको प्रयोगले कसै-कसैलाई यस्तो डर पैदा गराएको छ। विभिन्न शैक्षिक नेता, अन्वेषकहरू र सामाजिक टिप्पणीकारहरूले उर्दूको जानाजानी पदोन्नति र पन्जाबी भाषालाई आधिकारिक स्वीकृति वा मान्यता दिन अस्वीकार गर्नु भाषाको हानिकारक भएको धारणा व्यक्त गरेका छन्। अगस्ट २०१५ मा, पाकिस्तानी पत्राचार संस्था, अन्तर्राष्ट्रिय लेखक परिषद र विश्व पन्जाबी काङ्ग्रेसले ख्वाजा फरीद नामक सम्मेलनको संयुक्त रूपमा आयोजना गरेको थियो र उनीहरूले पन्जाबी भाषाको विश्वविद्यालय लाहोरमा स्थापना गरिनु पर्ने र पन्जाबी भाषालाई प्राथमिक तहमा शिक्षाको माध्यमको रूपमा घोषणा गरिनु पर्ने माग राखेका थिए। यसले प्रदेशमा पन्जाबी भाषा लागू गर्न कुनै कदम नचालेको भन्दै सेप्टेम्बर २०१५ मा, उनिहरूले पााकिस्तानको पन्जाब सरकार विरूद्ध पाकिस्तानको सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए। यसका अतिरिक्त, हरेक वर्ष अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा हजारौँ पन्जाबीहरू लाहोरमा भेला हुन्छन्।

धर्म[सम्पादन गर्नुहोस्]

पन्जाबमा धर्म[१०]
धर्म प्रतिशत
इस्लाम धर्म
९७.२१%
इसाई
२.३%
अहमदी
०.२५%
हिन्दु
०.१६%
अन्य†
०.०७%
धर्मको वितरण
सिख, परासी समावेश।

पन्जाब (पाकिस्तान)को जनसङ्ख्या मध्ये ९७.२१% मानिसहरूले इस्लाम धर्मको अनुसरण गर्दछन् जसमा सुन्नी र शियाको बाहुल्यता रहेको छ। सबैभन्दा ठूलो गैर मुस्लिम अल्पसङ्ख्यक इसाई धर्म हो जसको जनसङ्ख्या २.३% रहेको छ। अन्य अल्पसङ्ख्यकहरूले अहमदिया, हिन्दु, सिख, पारसी आदी समावेश छन्।

भूगोल[सम्पादन गर्नुहोस्]

पन्जाब बलुचिस्तान पछिको पाकिस्तान सबैभन्दा दोस्रो ठूलो प्रदेश हो।[११] यसको क्षेत्रफल २०५,३४४ वर्ग किलोमिटर (७९,२८४ वर्ग माइल) रहेको छ। यसले पाकिस्तानको कुल जमिनको २५.८% ओगट्छ।[११] पन्जाब प्रदेश दक्षिणमा सिन्ध, दक्षिण पश्चिममा बलुचिस्तान, पश्चिममा खैबर पख्तुनख्वा, र उत्तरमा इस्लामाबाद राजधानी क्षेत्रआजाद कश्मीरसँग सिमानामा साझेदारी गरेको छ। पन्जाबले उत्तरमा जम्मू र कश्मीरको, र पूर्वमा भारतीय राज्य पन्जाब र राजस्थानसँग पनि सिमाना साझेदारी गरेको छ।

प्रदेशको राजधानी र सबैभन्दा ठूलो सहर लाहोर हो जुन व्यापक पन्जाब क्षेत्रको ऐतिहासिक राजधानी थियो। अन्य महत्त्वपूर्ण सहरहरूमा फैसलाबाद, रावलपिन्डी, गुजरानवाला, सरगोधा, मुल्तान, सियालकोट, बहावलपुर, गुजरात, शेखुपुरा, झेलम र साहीवाल पर्दछन्। अविभाजित पन्जाब क्षेत्र छ वटा नदीहरूको गृह थियो, जसमध्ये पाँच पाकिस्तानको पन्जाब प्रदेशका बग्दछ। पश्चिम देखि पूर्वसम्म, सिन्धु, झेलम, चेनाब, रवि र सतलज नदीहरू यस प्रदेशमा बग्दछन्। पाकिस्तानको सबै प्रदेशलाई छुने यो देशको एक मात्र प्रदेश हो [१२][१३]

भूआकृति[सम्पादन गर्नुहोस्]

पन्जाबको मरी पर्वतीय क्षेत्र

पन्जाबको परिदृश्यमा प्राय: सिन्धु नदीको उर्वर मैदान र पाकिस्तानका चार ठूला सहायक नदीहरू, झेलम, चेनाब, रावी र सतलज नदी समावेश छन् जसले पन्जाबलाई उत्तरदेखि दक्षिणमा पार गर्दछ। पन्जाबका नदीहरू मध्ये पाँचौं, ब्यास नदी (संस्कृत: विपाशा नदी) भारतको पन्जाब राज्यमा मात्र पर्दछ। मैदान पृथ्वीमा सबैभन्दा धेरै सिंचाइ गरिएको क्षेत्रहरू मध्ये पर्दछ र नहरहरू सम्पूर्ण प्रदेशमा फेला पार्न सकिन्छ। पन्जाबमा धेरै पहाडी क्षेत्रहरू पनि रहेका छन्। यस प्रदेशको दक्षिणपश्चिमी भूभागमा अवस्थित सुलेमान पर्वत, इस्लामाबादको नजिकै उत्तरको मार्गला पहाड र नमक हिम शृङ्खलाले पन्जाबको उत्तरी भागलाई पोठोहार उच्चसमस्थलीबाट विभाजित गर्दछ। मरुभूमिहरू दक्षिणी पन्जाबमा राजस्थानको सिमाना नजिक र सुलेमान हिम शृङ्खला नजिक फेला पार्न सकिन्छ।

मौसम[सम्पादन गर्नुहोस्]

पन्जाबका प्रायः भागहरूमा अत्यधिक चिसो र वर्षा हुने गर्दछ। फेब्रुअरी बीचमा तापमान बढ्न थाल्छ; वसन्तकालीन मौसम मध्य अप्रिल सम्म जारी रहन्छ। दक्षिण पश्चिम मानसुनको सुरुवात मे महिनामा पन्जाब पुग्ने गरेको अनुमान गरिएको छ, तर सन् १९७० को दशकको सुरु देखि नै मौसम ढाँचा अनियमित रहेको छ। वसन्तमा पनि कुनै क्षेत्रमा कडा वर्षा भएको छ जसले बाढी पनि निम्त्याउने गरेको छ। जुन र जुलाई महिनामा अत्यधिक गर्मी हुन्छ। आधिकारिक अनुमानले गर्मीको मौसममा ४६ डिग्री सेल्सियस सम्मको तापक्रमको दावी गर्दछ भने केही अखबारका स्रोतहरूले तापक्रम ५१ डिग्री सेल्सियससम्म पुग्ने बताउने गरेका छन्। सन् १०९३ मा मुलुकमा तापक्रम अत्यधिक धेरै ५४ डिग्री सेल्सियस पार गरेको थियो।

हालसालै प्रदेशमा अत्यधिक चिसोको अनुभव गरिएको छ जुन विगत ७० वर्ष यताकै सर्वाधिक चिसो मौसम हो।[१४] पन्जाब प्रदेशको तापक्रम −२° देखि ४५ ° सेल्सियस सम्म पुग्दछ। तथापि, गृष्ममा तापक्रम ५० डिग्री सेल्सियस (११२ डिग्री फर्हेनहाइट) र हिउँदमा −१० डिग्री सेल्सियस सम्म पुग्छ।

मौसमको आधारमा, पन्जाब प्रदेशमा सामान्यतया तीन मुख्य ऋतुहरू छन्।[१५]

  • ग्रीष्म ऋतु (अप्रिल देखि जुन) जहाँ तापक्रम ११० डिग्री फर्हेन्हाइट सम्म पुग्दछ।
  • वर्षा ऋतु (जुलाई देखि सेप्टेम्बर)

प्रदेशको औसत वर्षा वार्षिक रूपमा ९६ सेमी उप-हिमाली क्षेत्र र मैदानमा ४६ सेन्टीमिटर बीचको दायरा भित्र सीमित छ।

  • जाडो/ हिउँद (अक्टोबर देखि मार्च) तापक्रम ४० डिग्री फर्हेनहाइट सम्म घट्दछ।

प्रदेश सरकार[सम्पादन गर्नुहोस्]

पन्जाब सरकार पाकिस्तानको सङ्घीय संरचनामा एक प्रादेशिक सरकार हो, जुन पन्जाब प्रदेशको राजधानी लाहोरमा आधारित छ। पन्जाबको मुख्यमन्त्री पन्जाबको प्रादेशिक विधानसभाद्वारा पाकिस्तानको पन्जाबमा प्रादेशिक सरकारको प्रमुखको रूपमा रहेको हुन्छन्। वर्तमान मुख्यमन्त्री चौधरी परवेज इलाही हुन् उनी २६ जुलाई २०२२ मा राष्ट्रिय सभाद्वारा निर्वाचित भएका थिए। पन्जाब प्रदेश सभा पूर्वी पाकिस्तानको लाहोरमा अवस्थित पन्जाब प्रदेशका निर्वाचित प्रतिनिधिहरूको एक सदनात्मक विधायिका हो। पाकिस्तानको संविधान सभाको धारा १०६ अन्तर्गत कुल ३७१ सिट रहेको यस विधानसभामा ६६ सिट महिलाका लागि र ८ सिट गैर-मुस्लिमका लागि आरक्षित गरिएको थियो।

पन्जाब सरकारमा ४८ विभागहरू छन्। प्रत्येक विभागको नेतृत्व एक प्रदेश मन्त्री (राजनीतिज्ञ) र एक प्रदेश सचिवद्वारा गरिन्छ।

विभाग[सम्पादन गर्नुहोस्]

पन्जाब विभागको नक्सा
क्र.सं विभाग सदरमुकाम क्षेत्रफल
(किमी)
जनसङ्ख्या
(सन् २०१७)
बहवालपुर बहवालपुर ४५,५८८ १,१४,६४,०३१
डेरा गाजी खान डेरा गाजी खान ३८,७७८ १,१०,१४,३९८
फैसलाबाद फैसलाबाद १७,९१७ १,४१,७७,०८१
गुजरानवाला गुजरानवाला १७,२०६ १,६१,२३,९८४
लाहोर लाहोर १६,१०४ १,९३,९८,०८१
मुल्तान मुल्तान २१,१३७ १,२२,६५,१६१
रावलपिन्डी रावलपिन्डी २२,२५५ १,००,०७,८२१
साहिवाल साहिवाल १०,३०२ ७३,८०,३८६
सरगोधा सरगोधा २६,३६० ८१,८१,४९९

जिल्ला[सम्पादन गर्नुहोस्]

जिल्लाहरू
क्र.सं जिल्ला सदरमुकाम क्षेत्रफल
(किमी)
जनसङ्ख्या
(सन् २०१७)
जनघनत्व
(मानिस/किमी)
विभाग
अटक अटक ६,८५८ १,८८३,५५६ २७४ रावलपिन्डी
बहवालनगर बहवालनगर ८,८७८ २,९८१,९१९ ३३५ बहवालपुर
बहवालपुर बहवालपुर २४,८३० ३,६६८,१०६ १४७ बहवालपुर
भक्कर भक्कर ८,१५३ १,६५०,५१८ २०२ सरगोधा
चकवाल चकवाल ६,५२४ १,४९५,९८२ २२९ रावलपिन्डी
चिनिकोट चिनिकोट २,६४३ १,३६९,७४० ५१८ फैसलाबाद
डेरा गाजी खान डेरा गाजी खान ११,९२२ २,८७२,२०१ २४० डेरा गाजी खान
फैसलाबाद फैसलाबाद ५,८५६ ७,८७३,९१० १३४४ फैसलाबाद
गुजरानवाला गुजरानवाला ३,६२२ ५,०१४,१९६ १३८४ गुजरानवाला
१० गुजरात गुजरात ३,१९२ २,७५६,११० ८६३ गुजरानवाला
११ हफिजाबाद हफिजाबाद २,३६७ १,१५६,९५७ ४८८ गुजरानवाला
१२ झाङ झाङ ८,८०९ २,७४३,४१६ ३११ फैसलाबाद
१३ झेलम झेलम ३,५८७ १,२२२,६५० ३४० रावलपिन्डी
१४ कसूर कसूर ४,७९६ ३,४५४,९९६ ७२० लाहोर
१५ कानेवाल कानेवाल ४,३४९ २,९२१,९८६ ६७१ मुल्तान
१६ खुशाब खुशाब ६,५११ १,२८१,२९९ १९६ सरगोधा
१७ लाहोर लाहोर १,७७२ ११,१२६,२८५ ६२७८ लाहोर
१८ लय्या लय्या ६,२९१ १,८२४,२३० २९० डेरा गाजी खान
१९ लोधरान लोधरान २,७७८ १,७००,६२० ६१२ मुल्तान
२० मन्डी बहाउद्दीन मन्डी बहाउद्दीन २,६७३ १,५९३,२९२ ५९६ गुजरानवाला
२१ मियाँवाली मियाँवाली ५,८४० १,५४६,०९४ २६४ सरगोधा
२२ मुल्तान मुल्तान ३,७२० ४,७४५,१०९ १२७५ मुल्तान
२३ मुजफ्फरगढ मुजफ्फरगढ ८,२४९ ४,३२२,००९ ५२३ डेरा गाजी खान
२४ नारोवाल नारोवाल २,३३७ १,७०९,७५७ ७३१ गुजरानवाला
२५ ननकाना साहिब[१६] ननकाना साहिब २,९६० १,३५६,३७४ ४५८ लाहोर
२६ ओकडा ओकडा ४,३७७ ३,०३९,१३९ ६९४ साहिवाल
२७ पाकपट्टन पाकपट्टन २,७२४ १,८२३,६८७ ६६९ साहिवाल
२८ रहिम यार खान रहिम यार खान ११,८८० ४,८१४,००६ ४०५ बहवालपुर
२९ राजनपुर राजनपुर १२,३१९ १,९९५,९५८ १६२ डेरा गाजी खान
३० रावलपिन्डी रावलपिन्डी ५,२८६ ५,४०५,६३३ १३२२ रावलपिन्डी
३१ साहिवाल साहिवाल ३,२०१ २,५१७,५६० ७८६ साहिवाल
३२ सरगोधा सरगोधा ५,८५४ ३,७०३,५८८ ६३२ सरगोधा
३३ शेखुपुरा शेखुपुरा ५,९६० ३,४६०,४२६ ५८० लाहोर
३४ सियालकोट सियालकोट ३,०१६ ३,८९३,६७२ १२९१ गुजरानवाला
३५ टोबा टेक सिंह टोबा टेक सिंह ३,२५२ २,१९०,०१५ ६७३ फैसलाबाद
३६ वेहाडी वेहाडी ४,३६४ २,८९७,४४६ ६६३ मुल्ताज

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

प्रदेश अनुसार कुल ग्राहस्थ उत्पादन

पन्जाब पाकिस्तानको सबैभन्दा ठूलो अर्थव्यवस्था हो, जसले राष्ट्रिय कुल ग्राहस्थ उत्पादनमा सबैभन्दा बढी योगदान पुर्‍याएको छ। सन् १९७२ उत्तरार्ध यस प्रान्तको अर्थतन्त्र चार गुणाले वृद्धि भएको छ।[१७] सन् २००० मा, पाकिस्तानको कुल ग्राहस्थ उत्पादनमा यसको हिस्सा ५४.७% र सन् २०१० मा ५९% रहेको थियो। यो विशेष गरि पाकिस्तानको अर्थव्यवस्थाको सेवा र कृषि क्षेत्रमा प्रभावशाली छ। यसको योगदान सेवा क्षेत्रमा ५२.१% देखि ६४.५% र कृषि क्षेत्रमा ५६.१% देखि ६१.५% सम्म रहेको छ।[१८] यो एक प्रमुख जनशक्ति योगदानकर्ता पनि हो। यो विनिर्माण क्षेत्रमा पनि प्रमुख रूपमा रहेको छ, यद्यपि प्रभुत्व त्यति उल्लेखनीय छैन। सन् २००७ मा, पन्जाबले ७.८% को वृद्धि दर हासिल गरेको थियो र २००२-०३ देखि २००७-०८ को अवधिमा, यसको अर्थव्यवस्था प्रति वर्ष ७% देखि ८% को दरले वृद्धि भएको थियो[१९] र सन् २००८-०९ को अवधिमा पाकिस्तानको कुल ग्राहस्थ उत्पादन वृद्धि दर ४% बाट बढेर ६% मा पुगेको थियो।

समुद्र तटको अभावको बावजुद, पन्जाब पाकिस्तानको सबैभन्दा ठुलो औद्योगिक प्रदेश हो र यसको उत्पादन उद्योगहरूले कपडा, खेलकुदका सामानहरू, ठुला मेसिनरी, विद्युतीय उपकरण, शल्य चिकित्सा उपकरण, सवारी साधन, अटो पार्ट्स, धातु, चिनी मिल उद्योग, विमान, सिमेन्ट, कृषि मेसिनरी, साइकल, रिक्सा, कार्पेट र प्रशोधित खाद्यपदार्थहरू उत्पादन गर्दछन्।[२०] सन् २००३ मा, यस प्रदेशले ९०% कागजी सामग्री, ७१% मल, ६९% चिनी र ४०% सिमेन्ट उत्पादन गरेको थियो।[२१] [२२] यसको उष्णकटिबन्धीय ओसिलो र सुख्खा जलवायुको बावजुद, व्यापक सिंचाईले यसलाई समृद्ध कृषि क्षेत्र बनाउँदछ। अङ्ग्रेजहरूले स्थापना गरेको यसको नहर-सिंचाई प्रणाली संसारको सबैभन्दा ठूलो हो। गहुँ र कपास सबैभन्दा ठूलो बाली हो। अन्य बालीहरूमा धान, उखु, कोदो, मकै, तेलहन, दलहन, तरकारी र किनु जस्ता फलफूलहरू पर्छन्। पशुधन र पोल्ट्री उत्पादन पनि महत्त्वपूर्ण छ।

देशको वार्षिक खाद्यान्न उत्पादनमा पन्जाबको योगदान लगभग ७६ प्रतिशत रहेको छ। कपास र धान यहाँको महत्वपूर्ण बाली हुन्। यी नगदे बालीहरू हुन् जसले राष्ट्रिय ढुकुटीमा ठूलो योगदान पुर्‍याउँछन्। कृषिमा आत्मनिर्भरता हासिल गर्ने रणनीति सहित साना तथा मझौला खेती, बरानी क्षेत्रमा जोड, खेतबारीदेखि बजारसम्म सडक, ट्युबवेलका लागि विद्युतीकरण, पानी जम्ने र लवणता नियन्त्रण गर्नेतर्फ केन्द्रित भएको छ।

पन्जाबमा पनि ६८ हजारभन्दा बढी औद्योगिक एकाइहरू छन्। यहाँ ३९ हजार ३३ साना तथा घरेलु उद्योग रहेका छन्। कपडा उद्योगको सङ्ख्या १४,४८० रहेको छ। खाद्य तथा दाना उद्योगलगायत कृषिजन्य कच्चा पदार्थ प्रशोधनका लागि सात हजार ३५५ एकाइ छन्।

लाहोरगुजरानवाला विभागमा साना इन्जिनियरिङ एकाइहरूको सबैभन्दा ठूलो एकाग्रता छ। सियालकोट जिल्ला खेलकुद सामग्री, शल्य चिकित्सा उपकरण र कटलरी सामानमा उत्कृष्ट छ। पन्जाब सरकारले प्रदेशमा औद्योगीकरणलाई बढावा दिन औद्योगिक क्षेत्रहरू विकास गरिरहेको छ, कायदे आजम व्यापारिक पार्क शेखपुरा एक औद्योगिक क्षेत्र हो जुन लाहोर-इस्लामाबाद मार्गमा शेखपुरा नजिकै विकास भएको छ।[२३]

पन्जाब एक खनिज समृद्ध प्रदेश हो जहाँ कोइला, फलाम, ग्याँस, पेट्रोल, सेतो नुन (विश्वको दोस्रो ठूलो नुन खानी), डोलोमाइट, जिप्सम र सिलिका-बालुवाको व्यापक खनिज भण्डार रहेको छ। पन्जाब खनिज विकास निगमले एक सयभन्दा बढी आर्थिक रूपमा व्यवहार्य परियोजनाहरू सञ्चालन गरिरहेको छ। उत्पादनमा औद्योगिक उत्पादन, सिमेन्ट, प्लास्टिक, र अन्य विभिन्न सामानहरू समावेश छन्।

पन्जाबका विभिन्न क्षेत्रहरूमा गरिबी पनि व्यापक रूपमा रहेको छ। उत्तरी र मध्य पन्जाबले पश्चिमी र दक्षिणी पन्जाबको तुलनामा धेरै कम स्तरको गरीबीको सामना गरिरहेको छ। दक्षिणी र पश्चिमी पन्जाबमा बसोबास गर्नेहरू पनि ती क्षेत्रहरूमा औद्योगीकरणको निम्न स्तरका कारण कृषिमा धेरै निर्भर छन्।

मुख्य सहरहरू[सम्पादन गर्नुहोस्]

पन्जाबका मुख्य सहरहरूको सूची
क्रम सहर जिल्ला जनसङ्ख्या तस्वीर
लाहोर लाहोर 11,126,285
फैसलाबाद फैसलाबाद ३२,०४,७२६
रावलपिन्डी रावलपिन्डी २०,९८,२३१
गुजरानवाला गुजरानवाला २०,२७,००१
मुल्तान मुल्तान १८,७१,८४३
बहवालपुर बहवालपुर ७,६२,१११
सरगोधा सरगोधा ६,५९,८६२
सियालकोट सियालकोट ६,५५,८५२
शेखुपुरा शेखुपुरा ४,७३,१२९
१० रहिम यार खान रहिम यार खान ४,२०,४१९
११ झाङ झाङ ४,१४,१३१
१२ डेरा गाजी खान डेरा गाजी खान ३,९९,०६४
१३ गुजरात गुजरात ३,९०,५३३
१४ साहिवाल साहिवाल ३,८९,६०५
१५ वाह केन्ट रावलपिन्डी ३,८०,१०३
स्रोत: पाकिस्तानको राष्ट्रिय जनगणना सन् २०१७[२४]
यो सहरको जनसङ्ख्याको आधारित छ र यसले महानगरीय क्षेत्रको जनसङ्ख्यालाई समावेश गरेको छैन।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. सन् २०१७ को जनगणना वेब्याक मेसिन अभिलेखिकरण १५ अक्टोबर २०१७ मिति
  2. "ذیلی قومی - ایریا ڈیٹا بیس - عالمی ڈیٹا لیب", عالمی تاریخ (उर्दूमा), अन्तिम पहुँच १४ मार्च २०२० 
  3. "صوبائی اسمبلی ۔پنجاب", मूलबाट १ फेब्रुअरी २००९-मा सङ्ग्रहित। 
  4. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named EoS
  5. Gandhi, Rajmohan (२०१३), Punjab: A History from Aurangzeb to Mountbatten, New Delhi, India, Urbana, Illinois: Aleph Book Company, पृ: १ ("Introduction"), आइएसबिएन 978-93-83064-41-0 
  6. Kenneth Pletcher, सम्पादक (२०१०), The Geography of India: Sacred and Historic Places, Britannica Educational Publishing, पृ: 199, आइएसबिएन 978-1-61530-202-4 
  7. Rajesh Bala (२००५), "Foreign Invasions and their Effect on Punjab", in Sukhdial Singh, Punjab History Conference, Thirty-seventh Session, March 18-20, 2005: Proceedings, Punjabi University, पृ: ८०, आइएसबिएन 978-81-7380-990-3 
  8. सन् १९९८ देखिको तथ्याङ्क प्रदेशका अनुसार जनसङ्ख्या – केन्द्रीय तथ्याङ्क विभाग सन् २०१२ देखिको अनुमानित जनसङ्ख्या سے آبادی میں فیصد اضافہ ہوا ہے वेब्याक मेसिन अभिलेखिकरण १ जुलाई २०१२ मिति। सङ्ग्रह मिति १२ जुलाई २०१३।
  9. "انتخابات تک مردم شماری کے نتائج کی منظوری کو سی سی آئی نے موخر کردیا"। सङ्ग्रह मिति २ अप्रिल २०२० 
  10. "مذہب کے لحاظ سے آبادی" (PDF)پاکستان। پاکستان بیورو برائے شماریات। 
  11. ११.० ११.१ "Punjab", Small and Medium Enterprises Development Authority, मूलबाट २५ जुन २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ जुलाई २०१६  वेब्याक मेसिन अभिलेखिकरण २६ डिसेम्बर २०१८ मिति
  12. Choudhary Rahmat Ali (२८ जनवरी १९३३), "Now or Never. Are we to live or perish forever?", , मूलबाट ३० जुन २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ अक्टोबर २०१४ 
  13. S. M. Ikram (१ जनवरी १९९५), Indian Muslims and partition of India, Atlantic Publishers & Dist, पृ: 177–, आइएसबिएन 978-81-7156-374-6, मूलबाट २१ मे २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ डिसेम्बर २०११ 
  14. "Mercury drops to freezing point – Dawn Pakistan", ६ जनवरी २००७। 
  15. "Welcome to Offical Web site of Punjab, India", मूलबाट २३ नोभेम्बर २००५-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ नोभेम्बर २००५ 
  16. Internet Edition, Dawn Newspaper (१० मे २००५), "Nankana becomes district", मूलबाट १ अक्टोबर २००५-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ अप्रिल २००६ 
    हालसालै बनाइएको जिल्ला नानकनाको लागि कुनै तथ्याङ्क उपलब्ध छैन।
  17. "World Bank Document", मूलबाट १ मे २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ डिसेम्बर २०१९ 
  18. "Provincial Accounts of Pakistan: Methodology and Estimates 1973–2000", अन्तिम पहुँच १९ डिसेम्बर २०१९ [dead link]
  19. "The News International: Latest, Breaking, Pakistan, Sports and Video News", मूलबाट २८ जुलाई २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ अप्रिल २०१५ 
  20. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named auto
  21. "Punjab Gateway", मूलबाट ५ जुलाई २००७-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण ५ जुलाई २००७ मिति
  22. ceo@cybercity-online.net, ZAHID IKRAM, "Industrial Zone Punjab, Pakistan", findpk.com, मूलबाट ११ जुलाई २०११-मा सङ्ग्रहित। 
  23. "PIEDMC - Punjab Industrial Estate Development and Management Company" 
  24. "DISTRICT WISE CENSUS RESULTS CENSUS 2017", www.pbscensus.gov.pk, मूलबाट २९ अगस्ट २०१७-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २९ अगस्ट २०१७ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]