सामग्रीमा जानुहोस्

कसुर जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कसुर जिल्ला

ضِلع قصُور
पन्जाब प्रदेशमा कसुर जिल्लाको अवस्थितिको अवस्थिति
पन्जाब प्रदेशमा कसुर जिल्लाको अवस्थिति
देश पाकिस्तान
प्रदेशपञ्जाब, पाकिस्तान पन्जाब
सदरमुकामकसुर
सरकार
  जिल्ला समन्वय अधिकारीसायरा ओमेर
  जिल्ला परिषद अध्यक्षराना सिकन्दर हयात
क्षेत्रफल
  जम्मा३,९९५ किमी (१५४२ वर्ग माइल)
जनसङ्ख्या
 (२०१७)[]
  जम्मा३,४५४,९९६
  घनत्व८६०/किमी (२२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५ (पाकिस्तानी समय)
तहसीलकसुर
कोट राधा किसन

कसुर जिल्ला (पन्जाबीउर्दु: ضِلع قصُور) पाकिस्तानको पन्जाब प्रदेशमा रहेको एक जिल्ला हो। यो जिल्ला १ जुलाई १९७६ मा अस्तित्वमा आएको थियो। यो जिल्ला सन् १९७६ भन्दा पहिला लाहोर जिल्लाको एक भागको रूपमा रहेको थियो।

यो सहरको सदरमुकाम कसुर सहर हो जुन सुफिवादी कवि बुल्ले शाहको जन्म स्थल हो। यो सहर पुरै पाकिस्तानमा बुल्ले शाहको जन्म स्थलको रूपमा प्रचलित छ। यस जिल्लाले पाकिस्तानमा कुल ४,७९६ वर्ग किलोमिटर ओगटेको छ।[]

जनसाङ्ख्यिकी

[सम्पादन गर्नुहोस्]

सन् १९९८ को राष्ट्रिय जनगणना अनुसार यस जिल्लाको जनसङ्ख्या २३,७५८,५५ रहेको छ जसमध्य पुरुषको जनसङ्ख्या १२,४३८,१८ छ भने महिलाको जनसङ्ख्या ११,३२०,५७ रहेको छ। जनगणना अनुसार पुरुषको आवधी ५२.७५% छ भने महिलाको आवाधी ४७.६४% रहेको छ। यस जिल्लामा मुख्यतया मानिसहरू पन्जाबी भाषा बोल्छन् जसको आवाधी ८८% छ भने उर्दु भाषाको आवाधी ६.२% रहेको छ।[]

कृषिमा आम जनसमुदायको आक्रसण र पँहुच पुगाउनका लागि कसुर जिल्ला सरकारले बाम्बावाली-रवी-बादिन नहरको स्थापना गरेको थियो। कसुर जिल्लामा वाणिज्य र औद्योगिक विकास भएता पनि यस क्षेत्र मुख्यतया कृषिनै जनसमुदायको पेशाको रूपमा रहेको छ। कसुर सेनाले जिल्लामा आर्मी ब्यारेको र बासस्थानको स्थापना गरेको छ।

कसुर जिल्लालाई रावी नदिले उत्तर-पश्चिमबाट घेरेको छ भने सतलेज नदिले दक्षिण-पूर्वमा तर्फबाट घेरेको छ भने ब्यास नदिले जिल्लालाई दुई बराबर भागमा विभाजन गरेको छ। यस जिल्ला प्रकृतिक रूपमा समुन्द्री सतहबाट १९८ मिटरको उचाइमा रहेको छ। कसुर जिल्ला पूर्वमा लाहोरसँग जोडिएको छ भने ननकाना साहिब जिल्लाको उत्तर तर्फ अवस्थित छ त्यस्तै गरी फैसलनबाद जिल्लाको पश्चिममा रहेको छ भने दक्षिणमा ओकरा र भारत रहेका छन्।

रुचिका स्थानहरू

[सम्पादन गर्नुहोस्]

कसुर जिल्लाले सिमान क्षेत्रमा अजस्थित छ। कसुर जिल्ला यहाँ हुने सैनिक परिवर्तन समारोहबाट निकै प्रख्यात र पर्यटनको आसय बनेको छ। कसुर जिल्ला कास्सुरी मेथी कास्की माछा को लागि पनि प्रसिद्ध छ। कसुर जिल्लाको कसुर सहर सुफिबाद कवि बुल्ले शाहको अन्त्यस्टी स्थल पनि हो। कासूर यहाँको स्वादिष्ट माछाको लागि प्रसिद्ध छ। इन्द्रास फलुँदा र कसुरी मेथी एक मिठो परिकार यस जिल्लामा पाइन्छ। यस जिल्लामा रहेका अन्य पर्यटकीय स्थलहरू-

  • फुल नगर अौधोगीक क्षेत्र
  • कसुर सङ्ग्राहलय
  • गन्दा सिंह वाला पाकिस्तान-भारत सिमाना
  • कसुर रेल मार्ग
  • चङ्गा मङ्ग जङ्गल

सन् १९४७ मा पाकिस्तानको स्वतन्त्रता पछि यहाँ रहेका सिखहरू बसाइँसराइ गरेर भारतको पूर्वी पन्जाबमा गएका थिए। पन्जाबी लेखक बाबा सोहन सिंह सितल यही स्थानमा बसोबास गर्थे भने उनको निधन पछि उनको घरमा इस्लामी सरणार्थीहरूले शरण लिएका थिए। यस जिल्लामा मुख्यतया मेवातका मिओ जातिहरू बसोबास गर्छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]