रहिम यार खान जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रहिम यार खान
ضلع رحیم یار خان
रहिम यार खान जिल्लाको अवस्थितिको अवस्थिति
रहिम यार खान जिल्लाको अवस्थिति
निर्देशाङ्क: २८°२५′१२″उ॰ ७०°१८′००″पू॰ / २८.४२०००°N ७०.३००००°E / 28.42000; 70.30000निर्देशाङ्कहरू: २८°२५′१२″उ॰ ७०°१८′००″पू॰ / २८.४२०००°N ७०.३००००°E / 28.42000; 70.30000
देश पाकिस्तान
प्रदेशपञ्जाब, पाकिस्तान पञ्जाब
सदरमुकामरहिम यार खान
तहसील
क्षेत्रफल
 • जम्मा११,८८० किमी (४५९० वर्ग माइल)
जनसङ्ख्या
 (२०१७)[१]
 • जम्मा४,८१४,००६
 • घनत्व४१०/किमी (१०००/वर्ग माइल)
 • लैङ्गकि अनुपात
१०५.२ पुरुष / १०० महिला
समय क्षेत्रयुटिसी+५ (पाकिस्तानी समय)

रहिम यार खान जिल्ला(उर्दु: ضلع رحیم یار خان) पाकिस्तानको पञ्जाब प्रदेशमा रहेको एक प्रमुख जिल्ला हो। यो जिल्लाको सदरमुकाम रहिम यार खान सहर हो जुन सहर प्रशासनिक रूपमा ९ सङ्घिय परिसरमा विभाजित भएको छ।

भूगोल[सम्पादन गर्नुहोस्]

रहिम यार खान जिल्ला २७°४०'-२९°१६' उत्तर अक्षांश र ६०°४५'-७०°०१' पुर्व देशान्तरणमा अवस्थित छ । जिल्ला को नदीको क्षेत्र सिन्धु र पन्जाने नदीको पूर्वी किनारा को नजिकैमा छ । रहिम यार खान जिल्लालाई उत्तर तर्फबाट मुजाफरबाद जिल्लाले घेरेको छ भने पुर्वमा बहावलपुर जिल्लाले धेरेको छ त्यस्तै गरी दक्षिणमा भारतको जैसलमेर जिल्लाले घेरेको छ भने पश्चिममा सिन्ध प्रदेशको घोटकी जिल्लाले घेरेको छ ।

रहिम यार खान जिल्ला ३ भौतिक विशेषताहरूमा विभाजन भएको छ । जिल्ला नदी किनारको क्षेत्र सिन्धु नदी को दक्षिणी किनारामा पर्छ । यस जिल्लामा नहर-सिंचाई क्षेत्र दक्षिणमा छ र मुख्य मिन्चन बन्ड द्वारा विभाजित छ । सिंचाई क्षेत्रको अनुमानित उचाई समुद्री स्तरभन्दा माथि १५० देखि २०० मीटर (४९० देखि ६५५ फिट) मा रहेको छ । यो जिल्लाको तेस्रो भागलाई चोलस्तान भनिन्छ जुन सिंचाइ आयोजनाबाट दक्षिणमा र पाकिस्तान-भारतको सिमान क्षेत्र सम्म फैलिएको छ । मरुभूमिको सतह सबै बालुवाले ढाकेको छ जुन १५० मीटर (४९२ फीट) सम्मको उचाई रहेको छ ।

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

सन् १९९८ को राष्ट्रिय जनगणना अनुसार यस जिल्लाको कुल जनसङ्ख्या ३१,४१०,५३ रहेको छ जसमध्य १९.१६% मानिसहरू शहरी क्षेत्रमा बसोबास गर्छन् । यस जिल्लाको वार्सिक अौसत जनसङ्ख्या विद्धि दर ३.२% रहेको छ । यस जिल्लाको कुल क्षेत्रफल ११,८८० वर्ग किलोमिटर रहेको छ जसमा जनसङ्ख्या धनत्व २६४ प्रति वर्ग किलोमिटर हुन आउँछ जुन सन् १८८१ मा १५५ रहेको थियो । यस जिल्लाको शहरी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ७,१७५,८२ अथवा कुल जनसङ्ख्याको १९.६ प्रतिशत छ जुन सन् १९८१-९८ सम्म वार्सिक रूपमा ४.३ प्रतिशतले बढेको थियो भने सन् १९७२-८१ सम्मको तथ्याङ्कमा जनसङ्ख्या वार्सिक रूपमा ४.७ प्रतिशतले धटेको देखिएको थियो । यस शहरमा तीन नगरपालिका समिति र पाँच शहर समितिहरू रहेका छन् । यश शहरको कुल आवाधी मध्य ९७ % मुस्लिम छन् भने हिन्दु १.८ % रहेका छन् र अन्य बाँकी धर्ममा मानिसहरू छन् । यस जिल्लामा कुल मुस्लिा आवाधी ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा बढी रहेका छन् । सन् १९९८ को राष्ट्रिय जनगणना अनुसार यस जिल्लाको प्रमुख भाषा सराइकी हो जसको आवाधी कुल जनसङ्ख्याको ६२.६ % रहेको छ भने २७.३ % पञ्जाबी र २.९ % उर्दु र सिन्ध रहेका छन् ।

शिक्षा[सम्पादन गर्नुहोस्]

जिल्लाको कुल साक्षरता दर ३८ % रहेको छ जसलाई १० कक्षा माथिको म्याट्रिक परीक्षा पास गरेका भनेर चिनिन्छ । [३]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. रहिम यार खान जिल्ला १२ मार्च २०१८
  2. "DISTRICT WISE CENSUS RESULTS CENSUS 2017", www.pbscensus.gov.pk, मूलबाट २९ अगस्ट २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ मार्च २०१८  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २९ अगस्ट २०१७ मिति
  3. पाकिस्तान सामाजिक र जीवनस्तरको मापन सर्वेक्षण (२०१४-२०१५)

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]