रहिम यार खान जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रहिम यार खान
ضلع رحیم یار خان
रहिम यार खान जिल्लाको अवस्थितिको अवस्थिति
रहिम यार खान जिल्लाको अवस्थिति
निर्देशाङ्क: २८°२५′१२″उ॰ ७०°१८′००″पू॰ / २८.४२०००°N ७०.३००००°E / 28.42000; 70.30000निर्देशाङ्कहरू: २८°२५′१२″उ॰ ७०°१८′००″पू॰ / २८.४२०००°N ७०.३००००°E / 28.42000; 70.30000
देश पाकिस्तान
प्रदेशपञ्जाब, पाकिस्तान पन्जाब
सदरमुकामरहिम यार खान
तहसील
क्षेत्रफल
 • जम्मा११,८८० किमी (४५९० वर्ग माइल)
जनसङ्ख्या
 (२०१७)[१]
 • जम्मा४,८१४,००६
 • घनत्व४१०/किमी (१०००/वर्ग माइल)
 • लैङ्गकि अनुपात
१०५.२ पुरुष / १०० महिला
समय क्षेत्रयुटिसी+५ (पाकिस्तानी समय)

रहिम यार खान जिल्ला(उर्दु: ضلع رحیم یار خان) पाकिस्तानको पन्जाब प्रदेशमा रहेको एक प्रमुख जिल्ला हो। यो जिल्लाको सदरमुकाम रहिम यार खान सहर हो जुन सहर प्रशासनिक रूपमा ९ सङ्घिय परिसरमा विभाजित भएको छ।

भूगोल[सम्पादन गर्नुहोस्]

रहिम यार खान जिल्ला २७°४०'-२९°१६' उत्तर अक्षांश र ६०°४५'-७०°०१' पूर्व देशान्तरणमा अवस्थित छ। जिल्ला को नदीको क्षेत्र सिन्धु र पन्जाने नदीको पूर्वी किनारा को नजिकैमा छ। रहिम यार खान जिल्लालाई उत्तर तर्फबाट मुजाफरबाद जिल्लाले घेरेको छ भने पूर्वमा बहावलपुर जिल्लाले धेरेको छ त्यस्तै गरी दक्षिणमा भारतको जैसलमेर जिल्लाले घेरेको छ भने पश्चिममा सिन्ध प्रदेशको घोटकी जिल्लाले घेरेको छ।

रहिम यार खान जिल्ला ३ भौतिक विशेषताहरूमा विभाजन भएको छ। जिल्ला नदी किनारको क्षेत्र सिन्धु नदी को दक्षिणी किनारामा पर्छ। यस जिल्लामा नहर-सिंचाई क्षेत्र दक्षिणमा छ र मुख्य मिन्चन बन्ड द्वारा विभाजित छ। सिंचाई क्षेत्रको अनुमानित उचाइ समुद्री स्तरभन्दा माथि १५० देखि २०० मीटर (४९० देखि ६५५ फिट) मा रहेको छ। यो जिल्लाको तेस्रो भागलाई चोलस्तान भनिन्छ जुन सिंचाइ आयोजनाबाट दक्षिणमा र पाकिस्तान-भारतको सिमान क्षेत्र सम्म फैलिएको छ। मरुभूमिको सतह सबै बालुवाले ढाकेको छ जुन १५० मीटर (४९२ फीट) सम्मको उचाइ रहेको छ।

जनसाङ्ख्यिकी[सम्पादन गर्नुहोस्]

सन् १९९८ को राष्ट्रिय जनगणना अनुसार यस जिल्लाको कुल जनसङ्ख्या ३१,४१०,५३ रहेको छ जसमध्य १९.१६% मानिसहरू शहरी क्षेत्रमा बसोबास गर्छन्। यस जिल्लाको वार्सिक अौसत जनसङ्ख्या विद्धि दर ३.२% रहेको छ। यस जिल्लाको कुल क्षेत्रफल ११,८८० वर्ग किलोमिटर रहेको छ जसमा जनसङ्ख्या धनत्व २६४ प्रति वर्ग किलोमिटर हुन आउँछ जुन सन् १८८१ मा १५५ रहेको थियो। यस जिल्लाको शहरी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ७,१७५,८२ अथवा कुल जनसङ्ख्याको १९.६ प्रतिशत छ जुन सन् १९८१-९८ सम्म वार्सिक रूपमा ४.३ प्रतिशतले बढेको थियो भने सन् १९७२-८१ सम्मको तथ्याङ्कमा जनसङ्ख्या वार्सिक रूपमा ४.७ प्रतिशतले धटेको देखिएको थियो। यस शहरमा तीन नगरपालिका समिति र पाँच सहर समितिहरू रहेका छन्। यश शहरको कुल आवाधी मध्य ९७ % मुस्लिम छन् भने हिन्दु १.८ % रहेका छन् र अन्य बाँकी धर्ममा मानिसहरू छन्। यस जिल्लामा कुल मुस्लिा आवाधी ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा बढी रहेका छन्। सन् १९९८ को राष्ट्रिय जनगणना अनुसार यस जिल्लाको प्रमुख भाषा सराइकी हो जसको आवाधी कुल जनसङ्ख्याको ६२.६ % रहेको छ भने २७.३ % पन्जाबी र २.९ % उर्दु र सिन्ध रहेका छन्।

शिक्षा[सम्पादन गर्नुहोस्]

जिल्लाको कुल साक्षरता दर ३८ % रहेको छ जसलाई १० कक्षा माथिको म्याट्रिक परीक्षा पास गरेका भनेर चिनिन्छ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. रहिम यार खान जिल्ला १२ मार्च २०१८
  2. "DISTRICT WISE CENSUS RESULTS CENSUS 2017", www.pbscensus.gov.pk, मूलबाट २९ अगस्ट २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ मार्च २०१८  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २९ अगस्ट २०१७ मिति
  3. पाकिस्तान सामाजिक र जीवनस्तरको मापन सर्वेक्षण (२०१४-२०१५)

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]