ओकरा जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ओकरा जिल्ला
ضِلع اوكاڑا
पाकिस्तान पञ्जाब प्रदेशमा ओकराको अवस्थितिको अवस्थिति
पाकिस्तान पञ्जाब प्रदेशमा ओकराको अवस्थिति
निर्देशाङ्क: ३०°४८′०५″N ७३°२६′५४″E / ३०.८०१३८०°N ७३.४४८३३४°E / 30.801380; 73.448334निर्देशाङ्कहरू: ३०°४८′०५″N ७३°२६′५४″E / ३०.८०१३८०°N ७३.४४८३३४°E / 30.801380; 73.448334
देश पाकिस्तान
प्रदेशपञ्जाब, पाकिस्तान पञ्जाब
सदरमुकामओकरा
सरकार
 • प्रमुख आयुक्तसाइमा अहद
क्षेत्रफल
 • जम्मा४,३७७ किमी (१६९० वर्ग माइल)
जनसङ्ख्या
 (२०१७)[१]
 • जम्मा३,०३९,१३९
 • घनत्व६९०/किमी (१८००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५ (पाकिस्तानी समय)
तहसीलओकरा
दिपलपुर
सङ्घीय परिसरको सङ्ख्या१०

ओकरा जिल्ला (पञ्जाबीउर्दु: ضِلع اوكاڑا) पाकिस्तानको पञ्जाब प्रान्तमा पर्ने एक जिल्ला हो। यो जिल्ला पहिला शाहिवाल जिल्लाको एक भाग थियो भने सन् १९८२ मा यो शाहिवाल जिल्लाबाट छुट्टिएको हो। मुल्तान सडकले यस जिल्लालाई जिल्ला राजधानी ओकरा सँग जोड्छ भने यहाँबाट लाहोर ११० किलोमिटरको दुरीमा रहेको छ र रवी नदी पछि फैसलाबाद १०० किलोमिटरको दुरीमा पर्छ।

इतिहास[सम्पादन गर्नुहोस्]

ब्रिटिश शासनकालमा यस जिल्लामा ओकानको एक घना जङ्गल रहेको थियो र पछि त्यो जङ्गललाई फडानी गरेर यस जिल्लालाई मानवका लागि बसोबास युक्त बनाइएको थियो र त्यही जङ्गलबाट यस जिल्लाको नाम ओकरा रहन गएको हो। पाकिस्तानको स्वतन्त्रतामा यहाँ रहेका मुसलमानहरूले इस्लाम लिगलाई सहयोग गरेका थिए।[२] सन् १९४७ मा पाकिस्तानको स्वतन्त्रता पछि इस्लामी शरणार्थीहरू ओकरा जिल्लामा आएर बसेका थिए। सन् १९८२ मा ओकरा शहरलाई ओकरा जिल्लाको सदरमुकाम बनाइएको थियो। यस जिल्लामा सन् १८९२ देखिनै रेलमार्गहरू रहेका छन्।[३]

भूगोल[सम्पादन गर्नुहोस्]

ओकरा जिल्ला पाकिस्तानको पञ्जाब प्रान्तमा अवस्थित छ जसलाई चारै तर्फबाट अन्य जिल्लाहरूले धेरेका छन्। ओकरा जिल्लालाई दक्षिण तर्फबाट बहावलनगरले घेरेको छ र उत्तर-पश्चिम तर्फबाट पाकपत्तन जिल्ला, पश्चिममा शिहावाल र उत्तरमा फैसलाबाद जिल्ला र ननाकन साहिब जिल्लाले घेरेको छ। यस शहरको सिमाना भारतका जिल्लाहरूसँग पनि जोडिएको छ।

जनसाङ्खिकी[सम्पादन गर्नुहोस्]

सन् २०१७ को राष्ट्रिय जनगणना अनुसार यस जिल्लाको जनसङ्ख्या ३०,३९१,३९ रहेको छ। यस शहरमा प्राचीन काल देखिनै विभिन्न जनजातिहरू बसोबास गर्दै आएका छन् जसमध्ये लगभग सबै जनजातिहरूको प्रमुख भाषा पञ्जाबी हो भने अधिकांश मानिसहरू इस्लाम धर्म मान्छन्। यस जिल्लामा मुख्यतया ओटस, रबारा, सैख, खुज्दार, सिख, चौधरी आदि रहेका छन्। सबै प्रकारका जनजातिहरू यस जिल्ला बसोबास गरेता पनि तिनीहरूको जनसङ्ख्या तुलनात्मक हिसाबमा अरू जिल्लाको भन्दा कम छ। यस जिल्लामा अहिलेसम्म पनि मुगल परिवारहरू रहेका छन् जो सन् १९४७ मा भारतबाट बसाइँसराइ गरेर आएका हुन्। मुगल परिवारहरू मुख्यतया उद्योग कलकरखानामा व्यवसाय गर्छन्।

कृषि[सम्पादन गर्नुहोस्]

ओकरा जिल्ला यहाँको उब्जाउ भूमिको शान्त प्राकृतिक वातावरण र विभिन्न किसिमका तरकारी र अन्न खेती जस्तै- आलु, गोलभेडा, उखु, गहुँ, धान र मकैको लागि प्रसिद्ध छ। यस जिल्लामा फलफूल जस्तै- आँप, सुन्तला, केरा आदि पनि प्रचुर मात्रामा उत्पादन हुन्छ। यस जिल्लामा कागती, अम्बा र अङ्गुर पनि पाइन्छन् भने यहाँ विभिन्न किसिमका फलफूल र तरकारीका उद्योगहरू पनि रहेका छन्।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "सन् २०१७ को जिल्ला अनुसारको जनगणना", पिबिएस सेन्सस डट जिओभी डट पिके, मूलबाट २९ अगस्ट २०१७-मा सङ्ग्रहित।  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २९ अगस्ट २०१७ मिति
  2. डन पत्रिका
  3. पञ्जाब सरकार

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]