साहिवाल जिल्ला
साहिवाल
ضِلع ساہِيوال जिल्ला | |
---|---|
![]() पञ्जाब प्रदेशमा साहिवाल जिल्लाको अवस्थिति | |
देश | ![]() |
प्रदेश | ![]() |
सदरमुकाम | साहिवाल |
सरकार | |
• उप-आयुक्त | सैखत अली खान |
क्षेत्रफल | |
• जम्मा | ३,२०१ किमी२ (१२३६ वर्ग माइल) |
जनसङ्ख्या (२०१७)[१] | |
• जम्मा | २,५१७,५६० |
• घनत्व | ७९०/किमी२ (२०००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५ (पाकिस्तानी समय) |
तहसीलहरू | सहिवाल |
वेबसाइट | आधिकारिक वेबसाइट |
साहिवाल जिल्ला (पञ्जाबी र उर्दु: ضِلع ساہِيوال) पाकिस्तानको पञ्जाब प्रदेशमा रहेको एक जिल्ला हो ।[२] सन् २००८ देखि ओकरा जिल्ला र पाकपट्टन जिल्लाल सहवावल विभागमा समावेश गरेको छ । साहिवाल शहर जिल्ला र विभागको राजधानी शहर हो ।
इतिहास[सम्पादन गर्नुहोस्]
सहिवाल जिल्ला पूर्व ऐतिहासिक युगबाटनै बसोवास गर्दै आइएको थियो । हडप्पा यस जिल्लाको पुरातात्विक क्षेत्रको रूपमा रहेको छ जुन जिल्लाबाट लगभग ३५ किलोमिटर (२२ माइल) को दुरीमा अवस्थित छ जुसलाई २६०० ईसा पूर्व निर्माण गरिएको थियो । क्षेत्र दक्षिण एसियाइ साम्राज्यहरु को एक भागको रूपमा रहेको थियो ।
जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]
सन् १९९८ को राष्ट्रिय जनगणना अनुसार यस जिल्लाको कुल जनसङ्ख्या १८,४३१,९४ रहेको छ जसमा १६.२७% मानिसहरू शहरी क्षेत्रमा बसोबास गर्छन् । यस तथ्याङ्कका अनुसार पञ्जाबी भाषा यहाँको प्रमुख भाषा हो जसको जनसङ्ख्या कुलको ९८% रहेको छ भने उुर्दु भाषाको जनसङ्ख्या १.४% रहेको छ ।[३][४]
अवस्थिति[सम्पादन गर्नुहोस्]
साहिवाल जिल्ला पाकिस्तानको पञ्जाब प्रदेशको दक्षिण-पुर्वमा पर्छ । यस जिल्ला मुल्तान विभागबाट ३०-४० डिग्री उत्तर अक्षांश र ७३-०६ देशान्तरणमा रहेको छ । यो जिल्ला समुन्द्री सतहबाट ५०० फिट (१५० मिटर) को उचाइमा रहेको छ भने यसले रवी नदिबाट उत्तर-पुर्व र दक्षिण-पश्चिममा समाननतर चतुरभुजको आकार बनाएको छ । यो जिल्ला पुर्व देखि पश्चिम सम्ममा १०० किलोमिटरमा फैलिएको छ भने उत्तर-दक्षिणमा ४५ किलोमिटरमा फैलिएको छ । यस जिल्लामा रहेको कुसक नदिले यो जिल्लालाई पकपट्टन जिल्लाबाट छुट्टयको छ । यस विभागको ओकरा जिल्ला पुर्वमा पर्छ भने यस जिल्लाको दक्षिण सिमानामा पाकपट्टन जिल्ला पर्छ जहाँ सुफी फर्केर शेकर गञ्जको मन्दिर पनि रहेको छ ।
मौसम[सम्पादन गर्नुहोस्]
साहिवाल जिल्लाको मौसम अत्याधिक तातो हुने खालको जसमा ग्रीष्म ऋतुमा यस जिल्लाको तापक्रम ४५-५० डिग्री सम्म मापन गरिएको छ भने हिउँद ऋतुमा यस जिल्लाको तापक्रम न्युनतम ५ डिग्री देखि अधिकतम १० डिग्री मापन गरिएको छ । यस जिल्ला माटो एकदमै मलिलो छ भने उब्जाउ हुन लाएक छ । यस जिल्लामा अौसत वार्सिक २०० मिलिमिटर पानी पर्ने गरेको पाइन्छ ।
खेलकुद[सम्पादन गर्नुहोस्]
यस जिल्लामा सबैभन्दा लोकप्रिय खेल क्रिकेट हो भने अन्य जस्तै फुटबल, भलिबल, टेनिस आदि खेलहरू पनि खेलिन्छन् । यस जिल्लामा विभिन्न विश्व प्रख्यात क्रिकेट खेलाडीहरू पनि जन्मिएका छन् ती मध्य मुश्ताक अहमद, मनजुर इलाही, झोर इलाही, र सलिम इलाहि रहेका छन् ।
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
- ↑ "२०१७-पाकिस्तानको जिल्ला अनुसारको जनगणना", पिबिएस सेन्सस, मूलबाट २९ अगस्ट २०१७-मा सङ्ग्रहित।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २९ अगस्ट २०१७ मिति - ↑ जनसङ्ख्या तालिका वेब्याक मेसिन अभिलेखिकरण १३ मे २००६ मिति, शहरी श्रोत केन्द्र
- ↑ साहिवाल जिल्लाका जनवारहरू
- ↑ साहिवाल जिल्ला अनुसन्धान केन्द्र वेब्याक मेसिन अभिलेखिकरण २००७-०८-२७ मिति
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
