साहिवाल विभाग
साहिवाल
ساہیوال | |
---|---|
विभाग | |
![]() पाकिस्तानको नक्शामा साहिवाल विभागको अवस्थिति | |
निर्देशाङ्क: ३०°३९′५२″उ॰ ७३°६′३०″पू॰ / ३०.६६४४४°N ७३.१०८३३°Eनिर्देशाङ्कहरू: ३०°३९′५२″उ॰ ७३°६′३०″पू॰ / ३०.६६४४४°N ७३.१०८३३°E | |
देश | ![]() |
प्रदेश | ![]() |
सदरमुकाम | साहिवाल |
स्थापना | २००८[१] |
जिल्लाहरू | ३ |
सरकार | |
• प्रकार | विभाग |
• प्रमुख आयुक्त | अली बहादुर ओजी |
क्षेत्रफल | |
• जम्मा | १०,३०२ किमी२ (३९७८ वर्ग माइल) |
जनसङ्ख्या (२०१७)[२] | |
• जम्मा | ७,३८०,३८६ |
• घनत्व | ७२०/किमी२ (१९००/वर्ग माइल) |
साहिवाल जिल्लाको कुल जनसङ्ख्या | |
मुख्य भाषाहरू | |
समय क्षेत्र | युटिसी+५ (पाकिस्तानी समय) |
हिलाक कोड | ५७००० |
सम्पर्क कोड | ०४०[३] |
वेबसाइट | www |
साहिवाल विभाग (पञ्जाबी, उर्दू: ساہیوال) पाकिस्तानको पञ्जाब प्रदेशको ९ अौँ विभागको एक हो । सन् १९९८ मा यस विभागको जनसङ्ख्या ६,२७१,२४७ थियो भने वार्सिक जनसङ्ख्या विद्ध दर १.९२% रहेको छ । सन् २००८ मा साहिवाल विभाग तीन जिल्लामा विभाजन भएको छ जसमा -साहिवाल जिल्ला, ओकरा जिल्ला, पाकपट्टन जिल्लाहरू हुन् । साहिवाल शहर दुवै साहिवाल जिल्ला र साहिवाल विभागको राजधानी शहर हो ।
यस विभागको १८ माइल (२९ किलोमिटर) दक्षिण-पश्चिममा हडप्पा विभाग रहेको छ जुन पाकिस्तानको एक प्रचीन सिन्धु उपत्यका एक भाग थियो । यस विभागबाट कमिलिया शहरबाट २८ माइल (४५ किलोमिटर) जुन ३२५ ई.पूमा एलेक्जेन्डर द ग्रेटले आफ्नो काबुमा लिएका थिए । सन् १८४९ मा पाकपट्टन प्रशासनिक जिल्ला लाहौर र मल्तान को बीच मा स्थापित भएको थियो । १८५१ मा पाकपट्टनको मुख्यालय गोगरा जिल्लामा सारियो । पकपट्टन प्रशासनिक जिल्लाको गोगरा जिल्लाको नाममा सारिएको थिए ।
अवस्थिति[सम्पादन गर्नुहोस्]
साहिवाल विभाग पाकिस्तानको पञ्जाब प्रदेशमा ३०.६ डिग्री उत्तर अक्षांश र ७३.१ डिग्री देशान्तरणमा अवस्थिति । यो पाकिस्तान को राष्ट्रिय राजमार्ग लाहोर र मल्तान को बीच आधे बाटोमा पर्छ । साहिवाल विभागको पश्चिममा फैसलाबाद विभाग रहेको छ भने लाहोर विभाग उत्तरमा पर्छ । त्यस्तै गरी बहावलपुर विभाग र भनरतका केही जिल्लाहरूले पुर्वबाट घेरेको छ भने मुल्तान विभागले दक्षिणबाट घेरेको छ । साहिवाल विभाग दुई नदीको बिचमा छ । यस विभागको रवि नदी पश्चिममा पर्छ भने सुतलज नदि पूर्वमा छ ।
जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]
सन् १९९८ को राष्ट्रिय जनगणना अनुसार यस विभागको जन्म ६२,७१२,४७ रहेको छ जसको जनधनत्तव ६०८ प्रति किलोमिटर रहेको छ । यस साहिवाल विभागको कुल जनसङ्ख्या मध्य ४७% महिला रहेका छन् । कुल जनसङ्ख्याको ७५% मानिसहरू शहरी क्षेत्रमा बसोबास गर्छन् । यस विभागको साक्षरता दरको ६०.७ % मानिसहरू शहरी क्षेत्रमा बस्छन् भने ३३.८% मानिसहरू ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएका छन् ।
धर्म[सम्पादन गर्नुहोस्]
साहिवाल विभागको मुख्य धर्म इस्लामी हो जसले सन् १९९८ मा कुल जनसङ्ख्याको ९८.७% ओगटेको छ । यश क्षेत्रमा इस्लाम धर्म महम्मद बिन कसिम (६९५ इ.पू-७१५ इ.पू) ले ल्याएका हुन् । पाकिस्तानको स्वतन्त्रता भन्दा पहिले साहिवाल विभागमा धेरै मुस्लिम आवाधीले अखिल भारतीय मुस्लिम लीग र पाकिस्तान आन्दोलन को समर्थन गरेका थिए ।
भाषाहरू[सम्पादन गर्नुहोस्]
यस विभनगको मुख्य भाषा पञ्जाबी हो जसको आवाधी कुल जनसङ्ख्याको ९५% रहेको छ भने हरियाणवी भाषा यहाँको दोस्रो भाषा हो जसको आवाधी कुल जनसङ्ख्याको २.८% रहेको छ भने उुर्दु भाषा बोल्ने मानिसहरूको जनसङ्ख्या २% रहेको छ ।
मौसम[सम्पादन गर्नुहोस्]
अर्थतन्त्र[सम्पादन गर्नुहोस्]
साहिवाल विभागको अर्थव्यवस्था कृषि र सम्बन्धित उद्योगमा निर्भर छ । सबैभन्दा ठूलो बाली गँहु हो भने त्यसपछिको कपास खेती हो ।
कृषि[सम्पादन गर्नुहोस्]
साहिवाल विभागको छेउछाउमा नदिहरू र सिंचाइ नहर भएका कारण यहाँको जमिन उर्वर छ । साहिवाल विभागको खाद्यान्नको उत्पादनको लागि खेती गरिन्छ । धेरै प्रकारका खाद्यान्नहरूको उत्पादन हुने गरेको छ । यस विभागमा मौसमको अनुकूलताका कारण यहाँ धेरै मात्रमा खेतीको उत्पादन हुँदै आएको पाइन्छ । यस विभागमा विशेष गरी : गँहु, उखु, कपास, खैनी, धान आदिको उत्पादन हुँदै आएको छ । यस विभागमा तरकारीहरू जस्तै आलु, प्याज, कालो खुर्सानी, गोलभेडा र गाँजर पनि खेतीहुदै आएका छन् । साहिवाल विभागमा मुख्य रूपमा अम्बा, आँप, सुन्तला आदि फलफूलहरूको पनि उत्पादन हुने गरेको छ ।
शिक्षा[सम्पादन गर्नुहोस्]
साहिवाल विभाग (साहिवाल, ओकरा र पाकपट्टन) को औसत शहरी साक्षरता दर ६०.७ प्रतिशत छ भने औसत ग्रामीण साक्षरता दर ३३.८ प्रतिशत रहेको छ । [४]
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
- ↑ "आधिकारिक वेबसाइटबाट", मूलबाट ९ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-११-१३।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "२०१७- पाकिस्तानको जिल्ला अनुसारको जनगणना", पिबिएस सेन्सस, मूलबाट २९ अगस्ट २०१७-मा सङ्ग्रहित।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "राष्ट्रिय सम्पर्क कोड", पाकिस्तान दूरसञ्चार कम्पनी लिमिटेड, अन्तिम पहुँच ९ मार्च २०१५।
- ↑ पाकिस्तान सरकार शिक्षा विभाग
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
