सामग्रीमा जानुहोस्

खनिज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विभिन्न प्रकारका खनिज

खनिज यस्ता रासायनिक पदार्थ तथा भौतिक पदार्थ हुन् जुन खानीबाट खनेर निकालिन्छन् । केही उपयोगी खनिज पदार्थहरूका नाम हुन् - फलाम, अभ्रक, कोइला, बक्साइट (जसबाट अलुमिनियम बन्दछ ), नुन (पाकिस्तान तथा भारतका अनेक क्षेत्रहरूमा खानबाट नुन निकालिन्छ!), जस्ता, चूना पत्थर इत्यादि।

नेपालमा पाइने खनिज पदार्थहरु

[सम्पादन गर्नुहोस्]

खनिज सम्पदा प्राकृतिक स्रोतमध्ये एउटा महत्वपूर्ण स्रोत हो। पृथ्वीभित्र रहेका तामा, कोइला, चुनढुङ्गा, पेट्रोलियम पदार्थ, ग्याँस, खरी, गेरु, शिशा, म्याग्नेसाइट, स्लेट आदिलाई खनिज भनिन्छ।

नेपाल प्राकृतिक स्रोत र साधनले सम्पन्न मुलूक हो। आर्थिक वर्ष २०६५/२०६६ मा यस क्षेत्रको कुल ग्राहस्थ उत्पादनमा ०.५४ प्रतिशत योगदान रहेको थियो। नेपालमा खनिजको उत्खननका लागि गरिएको प्रयासको इतिहास त्यति लामो छैन। खनिज पदार्थको उत्खननलाई अझ प्रभावकारी बनाउनका लागि वि.सं. २०२४ मा भौगर्भिक विभागको स्थापना गरियो। यद्यपि, देशको भूगर्भमा रहेका खनिज पदार्थलाई उपयोग गर्न सकिएको छैन।

खनिज पदार्थका हिसाबले नेपाल धनी राष्ट्रमै पर्दछ। पछिल्लो समय सरकारले खनिजको उत्खनन् र प्रशोधनका लागि नयाँ योजना अघि सारे पनि कार्यान्वयन भइसकेको छैन। यहाँ नेपालमा पाइने खनिजहरुबारे संक्षिप्तमा चर्चा गरिएको छ। हेर्नुस् कुन खनिज कहाँ पाइन्छ ?

फलाम नेपालमा सबैभन्दा बढी मात्रामा पाइने खनिज पदार्थ हो। कृषि, पूर्वाधार विकास र आविस्कारका क्षेत्रमा फलाम सबैभन्दा बढी खपतसमेत हुने गरेको छ। नेपालमा फूलचोकी, ठोसे, चितवन, कुलेखानी, भैँसे, प्युठान, बझाङ, डोटी, जन्तर, लब्धी, फर्पिङ, पर्वत लगायतका स्थानमा फलाम पत्ता लागिसकेको छ। अन्य ठाउँमा पनि फलाम खानीको सम्भावना रहेको भूगर्वविदहरुको अनुमान छ।

तामा मूल्यवान् धातु मानिन्छ। नेपालमा तामाका प्रशस्त खानीहरु नभएर पनि देशका दर्जन जति स्थानमा तामा पाइने प्रक्षेपण गरिएको छ। नेपालमा तामाखानी, सीमाखानी, कुलेखोनी, बुद्धखोला, वाप्सा, बाह्रबिसे, मार्फा, बन्दीपुर, ओखलढुङ्गा, इलामडाँडा, म्याग्दी लगायतका स्थानमा तामा खानी रहेको छ।

अभ्रक पनि एक महत्वपूर्ण धातु हुन्, जुन नेपालमा प्रशस्त मात्रामा पाइने धातुमा गणना गरिन्छ। नेपालमा भोजपुर, डोटी, चैनपुर, सिन्धुलीगढी, ज्यामिरे, निबुवा गाउँ, रसुवा, बझाङ, लमजुङ, गोसाइकुण्ड, सुन्दरीजल लगायतका स्थानमा अभ्रक धातु पाइने कुरा भूवर्गविदहरुले पत्ता लगाएका छन्।

चुनढुङ्गा नेपालमा पाइने धातुहरुमध्ये तुलनात्मक रुपमा बढी सर्वसुलभ धातु मानिन्छ। यो धातु देशका चुरे पर्वतभन्दा माथि र महाभारत श्रृङ्खलाभन्दा तल पाइन्छ। यो धातु सघन रुपमा नेपालका चोभार, भैंसे, धनकुटा, मोरङ, चितवन, मकवानपुर, पाल्पा, गोदावरी, सुर्खेत, उदयपुर लगायतका जिल्लामा पाइन्छ।

सीसा एक महत्वपूर्ण धातु हो। नेपालमा यसको वैज्ञानिक अनुसन्धान र उत्खनन् हुन सकेको छैन। तर, सीसाका लागि नेपाल सम्भावनायुक्त मुलूक हो। नेपालमा गणेश हिमाल, फूलचोकी, मकवानपुर, बाग्लुङ, मार्फा, गल्कोट, तिप्लीङ, बैतडी लगायतका स्थानमा सीसा पाइन्छ।

जस्ता धातु नेपालको गणेश हिमाल, फूलचोकी, माजेर खोला, नाम्पा लगायतका स्थानमा पाइन्छ। गन्धक चिसापानी गढी, गोसाइकुण्ड, बराहक्षेत्रमा पाइने भूगर्वविदहरुले पत्ता लगाएका छन्। खरी सिन्धुपाल्चोक, खोटाङ, भोजपुरमा पाइन्छ। त्यसैगरि स्लेट बन्दीपुर, बाग्मती, लुम्बिनी, गण्डकी, जनकपुर लगायतका स्थानमा पाइन्छ। मार्वल गोदावरी र महाभारत पर्वत शृङ्खलामा पाइन्छ भने गेरु सिन्धुपाल्चोक र त्यसको पनि मूख्यतः चौतारामा पाइन्छ। त्यस्तै कोइला दाङ, सल्यान, चौतारा, चितवन, मकवानपुर, काठमाडौं उपत्यकामा पाइन्छ।

पेट्रोलियम पदार्थ

[सम्पादन गर्नुहोस्]

पेट्रोलियम पदार्थ पनि नेपालमा पाइने विभिन्न अध्ययनले देखाएको छ। मूख्यतः कोइलाबास, नेपालगञ्ज, धनगढी, मुक्तिनाथ, दैलेख, प्युठान, दाङ र तराई, चुरे पहाड, महाभारतको विस्तृत क्षेत्रफलमा पाइने सम्भावना निकै रहेको छ। यसका लागि सरकारले आवश्यक अन्वेषणको प्रक्रिया अगाडि बढाएको छ। त्यसमध्ये दैलेखमा सरकार सफलताको नजिकै पुगिसकेको छ। त्यसैगरि नेपालको तराइको भूभाग, मुस्ताङ क्षेत्र र काठमाडौं उपत्यकामा ग्याँस पाइने अनुमान गरिएको छ।

नेपालका प्रमूख नदीहरुमा सुन पाइने प्रक्षेपण गरिएको छ। त्यसमध्ये सुनकोशी, बुढीगण्डकी, रिउ खोला, कालीगण्डकीको बगर, बेरिङ, कोशी नदीमा प्लेसर सुन पाइएको छ। नेपालका ठूला नदीमा सुन पाइने अध्ययनले देखाएको छ। त्यसैगरि चिसापानी गढी, बाग्लुङ, फूलचोकी लगायतका स्थानमा चाँदी पाइने प्रक्षेपण गरिएको छ।

अन्य धातुहरु

[सम्पादन गर्नुहोस्]

अन्य धातुहरुमा, कोवाल्ट पाल्पा, गुल्मी, अर्घाखाँची, धनकुटामा पाइन्छ। सोडा सल्यान र डोटी जिल्लामा पत्ता लागेको छ। त्यसैगरि रसुवा र स्याप्रुबेँसीमा सिधेनुन र बीरेनुन पाइने अध्ययनले देखाएको छ। बीरेनुन मुस्ताङमा पनि पाइन्छ। त्यस्तै म्याग्नेसाइट दोलखाको खरिढुङ्गा, उदयपुरको कम्युघाट, मुस्ताङको नूनखानीमा पाइन्छ।

मूलतः खनिज शब्दको अर्थ छ- खनि + ज । अर्थात् खानीबाट उत्पन्न (संस्कृत: खनि = खानी )। यसका अङ्ग्रेजी शब्द मिनरल (mineral) पनि माइन (mine)बाट सम्बन्ध राख्दछ ।

खनिजहरूका वर्गीकरण

[सम्पादन गर्नुहोस्]

सिलिकेट वर्ग

कार्बोनेट वर्ग

सल्फेट वर्ग

हैलाईड वर्ग

ऑक्साइड वर्ग

सल्फाइड वर्ग

फास्फेट वर्ग

तत्व वर्ग

कार्बनिक वर्ग

बाहिरी कडिहरू

[सम्पादन गर्नुहोस्]