सामग्रीमा जानुहोस्

मुल्तान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुल्तान
مُلتان
देश पाकिस्तान
क्षेत्रपञ्जाब, पाकिस्तान पन्जाब
जिल्लामुल्तान
सहरहरूको सङ्ख्या
सङ्घिय परिसर
सरकार
 • मेयरचधरी नविद अरिन
 • उप-मेयर
  • मनावर इसान कुरैसी
  • सइद अहमद
क्षेत्रफल
 • जम्मा५१ वर्ग माइल (१३३ किमी)
उच्चतम उचाई
४२३ फीट फिट (१२९ मी मिटर)
जनसङ्ख्या
 (२०१७)
 • जम्मा१८७१८४३[]
 • घनत्व२३९६.७/वर्ग माइल (९२५.४/किमी)
 • मुलवासी नाम
मुल्तानी
समय क्षेत्रयुटिसी+०५:०० (पाकिस्तानी समय)
क्षेत्रीय सङ्केत०६१

मुल्तान (पन्जाबी उर्दु: مُلتان पाकिस्तानको पन्जाबमा रहेको एक प्रमुख सहर हो।यो सहर चेनाब नदीको किनारमा अवस्थित छ। मुल्तान पाकिस्तानको पाँचौ ठुलो सहर हो भने यो देशकै सांस्कृतिक र आर्थिक रूपमा अग्रज सहरको रूपमा लिइएको छ।[]

मुल्तान सहरक‍ इतिहासमै प्राचीन समय देखिनै फैलिएको छ। प्रचिन सहर प्रसिद्ध मलान सूर्य मन्दिर रहेको ठाउँ थियो र अलेक्जेन्डर द ग्रेटको शासनकालमा सहर माथि शासन चलाईएको थियो। मल्तान मध्ययुगीन इस्लामिक भारत को सबै भन्दा महत्त्वपूर्ण व्यापारिक केन्द्रहरू मध्ये एक थियो र नजिकैको सहर उच र मुल्तान मस्जिदहरूको सहरले पनि चिनिन्छ।

मुल्तान सहरको नामको उत्पत्ति पुण रूपमा स्पष्ट छैन त्यहिपनी मुल्तान शव्द संस्कृतबाट उत्पत्ति भएको हो भन्ने विशवास गरिन्छ जब मुल्तान सूर्य मन्दिरलाई मूलस्थान भन्ने गरिन्थ्यो। १९ सय दशकको बेला हुकम चन्दका अनुसार हिन्दु जनजाति मूलबाट यस सहरको नाम राखिएको हो भन्ने कुरा उल्लेखनिय छ।

मुल्तान पाकिस्तानको पन्जाब प्रान्तमा पर्ने एक सहर हो। यो सहरले १३३ किलोमिटर (५१ वर्ग माईल) को दूरीमा फैलिएको छ। डेरा गाजी खान र बहवालपुर यो सहरबाट नजिकैको दुई सहरहरू हुन्। मल्तान केन्द्रीय पाकिस्तान को पाँच नदिहरू द्वारा बनाईएको एक मोड मा अवस्थित छ। यो सहरलनई सतलज नदिले बहावलपुरबाट छुट्टायको छ भने चेनाब नदिले मुजाफरगढबाट छुट्टायको छ। यो सहरमा विषेश गरी आँप खेती हुने गरेको पाइन्छ।

यस सहरमा ग्रिष्म ऋतुमा गर्मी र हिउँदमा मध्यम जाडो हुने गरेको छ। यो सहरमा बार्सिक १८६ मिलिमिटर पानी पर्ने गरेको छ। मुल्तान सहर पाकिस्तानमै सबैभन्दा बढी गर्मी हुने सहरको नामले चिनिन्छ। ग्रिष्म ऋतुमा तापमान ५२ डिग्री (१२६ डिग्री फरेनहाईट) पुगेको छ जुन अहिले सम्मकै अधिक तापमान हो भने हिउँदमा यहाँको तापमान -१ डिग्री (३० डिग्री फरेनहाईट) पुगेको थियो जुन अहिले सम्मकै न्युन तापक्रम हो।[][]

जनसाङ्ख्यिकी

[सम्पादन गर्नुहोस्]

सन् १९८८ राष्ट्रिय जनगणना अनुसार मुल्तान सहरको जनसङ्ख्या १,१९७,३८४ रहेको थियो भने सन् २०१७ को राष्ट्रिय जनगणना विभागका अनुसार मुल्तान सहरको जनसङ्ख्या १,८७१,८४३ पुगेको थियो।[]

मुल्तान क्रिकेट रङ्गशाला

यो सहरको प्रमुख क्रिकेट रङ्गशाला मुल्तान अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला हो जसले थुप्रै अन्तर्राष्ट्रिय खेलहरूको आयोजना गरेको छ। इबिन-इ-कसिक बाध रङ्गशाला पनि यहीँ सहरमा रहेको छ जुन फुटबल खेल खेल्नका लागि प्रयोग गरिन्छ। मुल्तान टाईगर्स यो सहरको घरेलु क्र क्रिकेट टोली हो जसले घरेलु प्रतिस्पर्धामा भाग लिँदै आएको छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "मुल्तान सहर", मूलबाट १४ अप्रिल २००६-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-०९-१७  वेब्याक मेसिन अभिलेखिकरण २००६-०४-१४ मिति
  2. "२०१७ छौटौँ राष्ट्रिय जनगणना", pbs.gov.pk, अन्तिम पहुँच २४ नोभेम्बर २०१७ 
  3. "२०१७ राष्ट्रिय जनगणना - प्रमुख सहरहरूको जनसङ्ख्या", राष्ट्रिय तथ्याङ्क विभाग। 
  4. "मैसम विभागका अनुसार मुल्तानको तापक्रम ५० डिग्री पुगेको छ", मूलबाट २६ जुलाई २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ अप्रिल २०१३  वेब्याक मेसिन अभिलेखिकरण २६ जुलाई २०१३ मिति
  5. "मुल्तान सहरको मैसमी जनाकारी", मूलबाट १० मार्च २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ अप्रिल २०१३  वेब्याक मेसिन अभिलेखिकरण १० मार्च २०१३ मिति
  6. "जनसङ्ख्या आकार र प्रमुख सहरहरूको जनसाङ्खिक तथ्याङ्क-पाकिस्तान राष्ट्रिय जनगणना विभाग", अन्तिम पहुँच ३१ अगस्ट २०१५ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]