सामग्रीमा जानुहोस्

सियालकोट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सियालकोट
سیالکوٹ
उपनाम: 
इकबलको सहर
देश पाकिस्तान
प्रदेशपञ्जाब, पाकिस्तान पन्जाब
जिल्लासियालकोट
तहसीलसियालकोट
सरकार
 • प्रकारनगरपालिका निगम
 • मेयरतोहेड अख्तर चौधरी
 • उप-मेयरचौधरी बसीर अहमद
 • कार्यकारी अधिक्रितमहम्मद जाफर कुरोसी
क्षेत्रफल
 • जम्मा१९ किमी (७ वर्ग माइल)
उन्नतांश
२५६ मिटर (८४० फिट)
जनसङ्ख्या
 (२०१७)[]
 • जम्मा६५५,८५२
 • घनत्व३५०००/किमी (८९०००/वर्ग माइल)
 • 
५९१,६६८
 • सियालकोट सहर
६४,१८४
समय क्षेत्रयुटिसी+५ (पाकिस्तानी समय)
हुलाक कोड
५१३१०
सम्पर्क कोड०५२
पुरानो नामसगला
मानव विकास सुचकाङ्क८३४ (२०१४–२०१५ सम्मको) []
विकास सुचक श्रेणीअती उच्च
सङ्घिय परिसरको सङ्ख्या१५२
वेबसाइटआधिकारिक वेबसाइट

सियालकोट (पन्जाबीउर्दु: سيالكوٹ) पाकिस्तानको पन्जाब प्रदेशको उत्तर-पर्वी क्षेत्रमा रहेको एक प्रमुख सहर हो। सियालकोट सहर पाकिस्तानको १३औँ ठुलो सहर हो भने पाकिस्तानका सबैभन्दा उधोग र कलकारखाना भएको सहर मध्य एक हो। यो नजिकका शहरले गुजराणवाला र गुजरातसँग एक आयात र निर्यातमा सम्झौता गरेको छ जसलाई एक सुनैलो त्रिभुज पनि भन्ने गरिन्छ।

सियालकोट पहिला सिगलाको राज्य थियो भन्ने विश्वास गरिन्छ जसलाई ई.पू ३२६ मा म्यासेडोनियाका राजा अलेक्जेन्डर द ग्रेटदे आक्रमण गरेर नियन्त्रणमा लिएका थिए त्यसपछि मिनन्दर प्रथमले दोस्रो शताब्दीमा यस शहरलाई इन्डो-ग्रिक राज्यको सदरमुकाम बनाएका थिए जुन समयमा सहर व्यापार र बौद्ध विचार को एक प्रमुख केन्द्र को रूपमा विकसित हुन थालेको थियो। सियालकोट एक प्रमुख राजनीतिक केन्द्र बन्ने क्रममा थियो र त्यसपछि ब्रिटिस युगको समयमा सहर फेरि पुनरुत्थान भयो र अहिले पाकिस्तानको सबैभन्दा महत्त्वपूर्ण औद्योगिक केन्द्र रूपमा रहेको छ।

सियालकोट दक्षिण एसियाका प्रमुख ठुला शहरहरूसँग आर्थिक रूपमा सम्बन्धि छ जसले गर्दा सहरको प्रति व्यक्ति आयको बृद्धि गर्नमा एक महत्त्वपूर्ण भूमिका खेलेको छ। यो शहरले सन् २०१५ मा लगभग २ अर्ब डलरको सामानहरू निर्यात गरेको छ जुन पाकिस्तानको कुल निर्यातको १० प्रतिशत हुन पुग्छ। सियालकोटमा पहिलो निजी अन्तर्राष्ट्रिय विमानस्थलको पनि निर्माण गरिएको थियो।

सियालकोट सहर कोपेन मौसम वर्गीकरणका अनुसार आर्द्र अर्ध-कटिबन्धीय जलवायुमा पर्दछ जसमा चार ऋतु हुन्छन्। वर्षा ऋतु मध्य सेप्टेम्बर महिनामा सुरु भएर मध्य नोभेम्बर सम्म हुन्छ जसमा दिउँसोको समयमा जर्मी हुने र रातको समयमा हल्का चिसो हुने गरेको छ र ओसिलोपन कम हुन्छ। हिउँद ऋतु मध्य नोभेम्बर देखि मार्च महिना सम्म हुन्छ जसमा कहिलेकाँही मौसम र बाह्य गडबडीका कारण भारी वर्षा हुन्छ। हिउँदमा यस सहरको तापक्रम न्युनतम शुन्य देखि ३२ डिग्री सम्म मापन गरिएको छ भने अधिकतम १५ डिग्री सम्म पुग्छ।

सियालकोट नजिकको वाजीरबाद शहरसँग दोहोरो बाटो भएको सडकबाट जोडिएको छ जसले पाकिस्तान राष्ट्रिय राजमार्ग-५ लाई पनि जोडेको छ। त्यसतैगरी सियालकोटबाट डास्का शहरपनि अर्को दोहोर बाटो भएको सडकले जोडेको छ जसले गुजरनवाला र लाहोरलाई पनि जोडेको छ। सियालकोट सहर वर्तमान बन्दै गरेको राजमार्गसँग पनि जोडिऐको छ जहाँबाट लाहोर ८९ किलोमिटरको दुरीमा अवस्थित छ ।

सियालकोट सहरमा सियालकोट रेलवे स्टेसन रहको छ जुन सहरको मुख्य रेलमार्ग हो। यो रेलमार्ग पाकिस्तान सरकारको नियन्त्रणमा रहेको छ।

सियालकोट अन्तर्राष्ट्रिय विमानस्थल सियालकोट शहरबाट ८.७ किलोमिटर पूर्वमा अवस्थित छ जुन साम्रियाल शहरमा पर्छ। यो पाकिस्तानको एकमात्रै निजी रूपको सार्वजनिक अन्तर्राष्ट्रिय विमानस्थल हो जसले घरेलु उडान सहित सिधै बहराइन, ओमन, साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्सको पनि उडान भर्ने गर्छ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "सियालकोट विभाग", स्थानीय सरकार पन्जाब, अन्तिम पहुँच २०१८-०४-२७  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०४-२८ मिति
  2. "पाकिस्तानका जिल्लाहरूको जनसङ्ख्या: पन्जाब, पाकिस्तान", पाकिस्तान राष्ट्रिय तथ्याङ्क विभाग, २०१८-०१-०३, अन्तिम पहुँच २०१८-०४-२७  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०५-१६ मिति
  3. "सन् २०१४-१५ को आर्थिक र सामाजिक विकास", सामाजिक विकास केन्द्र, २०१६, अन्तिम पहुँच २६ मार्च २०१७  वेब्याक मेसिन अभिलेखिकरण ५ अप्रिल २०२० मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]