बहावलपुर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बहावलपुर
بہاولپور
शहर
BahawalpurMontage.jpg
बहावलपुरको अवस्थिति
देशFlag of Pakistan.svg पाकिस्तान
प्रदेशपञ्जाब, पाकिस्तान पञ्जाब
जिल्लाबहावलपुर
तहसीलबहावलपुर शहर
सङ्घ परिषद३६
सरकार
 • प्रकारनगरपालिका निगम
 • मेयरअकिल नजाम हास्मी
 • उप-मेयरमलिक मुनिर इकबल चन्नार
क्षेत्रफल
 • जम्मा२३७.२ किमी (९१.६ वर्ग माइल)
उन्नतांश
१८१ मिटर (७०२ फिट)
जनसङ्ख्या
 (२०१७)[२]
 • जम्मा६८१,६९६
 • घनत्व२९००/किमी (७४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५ (पाकिस्तानी समय)
हुलाक कोड
६३१००
क्षेत्रीय सङ्केत०६२
वेबसाइटआधिकारिक वेबसाइट

बहावलपुर (उर्दू: بہاولپور) पाकिस्तानको पञ्जाब प्रदेशमा पर्ने एक शहर हो । बहावलपुर पाकिस्तानको सबैभन्दा धेरै जनसङ्ख्या भएको शहर मध्य ११ स्थानमा पर्छ । यस शहरको कुल जनसङ्ख्या ७,९८५,०९ रहेको छ । यो शहर पञ्जाबको दक्षिण क्षेत्रमा अवस्थित छ ।

सन् १७४८ मा स्थापना भएपछि सन् १९४८ मा बहावलपुर बहवलपुरको पूर्व रियाली राज्यको राजधानी शहर बनेको थियो । यस शहरमा १९५५ सम्म नाबाबको अब्बासी परिवारले शासन गरेका थिए र नवबालिकाहरू एक समृद्ध वास्तुकला विरासत छोडेर गएका थिए त्यसैले बहवलपुर अहिले उनीहरूको स्मारकका लागि ज्ञात छ । शहर चोलस्तान मरुभूमिको किनारामा अवस्थित छ, र नजिकै को लाल सुहर्रा राष्ट्रिय निकुञ्ज को प्रवेशद्वार को रूपमा रहेको छ ।

इतिहास[सम्पादन गर्नुहोस्]

नुर महल
दरबार महल

[३]

प्रारम्भिक[सम्पादन गर्नुहोस्]

अहिले बहवलपुरको रूपमा चिनिने क्षेत्र विभिन्न प्राचीन समाजको स्थल थियो । एक बेलायती पुरातत्वविद्धका अनुसार बहावलपुर क्षेत्र महाभारतको यद्घ भएको ठाउँ हो भनेर भनेका छन् । बहवलपुरको स्थापना भन्दा पहिले यस क्षेत्रको प्रमुख पवित्र शहर उच शरीफ रहेको थियो । १२ औँ देखि १७ औँ शताब्दी बीच एस क्षेत्र क्षेत्रीय महानगरीय केन्द्र थियो ।

स्थापना[सम्पादन गर्नुहोस्]

बहवलपुर सन् १७४८ मा नवाब बहवल खानले स्थापना गरेको थियो जव नवाब बहवल खान बसाइँसराइ गरेर शिखरपुर देखि उच नजिकको क्षेत्रमा आएका थिए र खानले दराबारलाई हटाएर बहवालपुरलाई राजधानी शहर बनाएका थिए । शहरलाई अफगानिस्तान र मध्य भारतबीच व्यापारिक मार्गको रूपमा विकास गर्ने लक्षका साथ प्रारम्भ गरिएको थियो ।

सन् १७८५ मा दुर्रानी सैनिक सरदार खानले बहावलपुर शहरमा आक्रमण गरे र सिंधको मोआब अब्दुल नायब कलह को आदेशमा भवनहरू नष्ट गराईएको थियो त्यसपछि त्यहाँका शासक र स्थानीयहरू त्यस शहरबाट भागेर अन्तै शरणार्थीको रूपमा गएका थिए । आक्रमणकारी दुर्रानी सेनाले ६०,००० रुपैयाँ नाजको रूपमा स्वीकार गरे तापनि बहवाल खानले राजपूत राज्यहरूमा शरण लिन को लागि अफगानिस्ता गएका थिए । त्यस युद्धको लामो समय पश्चात बहावल खानले उच तिरबाट हमला गरेर पछि फेरि त्यस क्षेत्रमा कब्जा जमाउन सफल भएका थिए ।

राजकीय राज्य[सम्पादन गर्नुहोस्]

Darawar Fort.jpg
Interior of Central Library, Bahawalpur.jpg

दुर्रानी राज्यको विघटन पछि बहावलपुरको राजकिय राज्यको स्थापना नवाब महम्मद बहावल खान दिर्तियले सन् १८०२ स्थापना गरेका थिए । सिख साम्राज्यको रणजित सिंहले बहावलपुर क्षेत्रमा आप्रवासीलाई सुरक्षत राख्न बहनवलपुरमा घेराबन्दी गरे त्यसपछि मात्र उनले अरीपरिका क्षेत्रहरू कब्जा गर्न थाले । त्यसपश्चात रणजत सिंहले घेराबन्दी मुक्त बनाय र बहावलपुरका नवाबलाई केहि उपहार दिएपछि सिख सैनिकहरू आफ्नो राज्यमा फर्किएका थिए ।

सिख साम्राज्य नवाब मोहम्मद बहवल खान तेस्रो र ब्रिटिश बिच २२ फरवरी १८३३ मा बेलायतीसँग एक संधिमा हस्ताक्षर भयो र त्यसछि बहवलपुरको स्वतन्त्र भएपछि विकसित हुन थाल्यो ।

सन् १८४५ मा दिल्लीमा नयाँ खोलिएको व्यापार मार्गहरूले कहावलपुर एक व्यापारिक केन्द्रको रूपमा पुनर स्थापना भयो । यो शहर १९ औँ शताब्दीको अन्तमा रेशम सामान, फेफिस र कपडाहरूको उत्पादनको रूपमा विकसित भएको थियो ।

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

फराद गेट
Bahawalpur.Punjab Pakistan.jpg

कपास, मकै ,गँहु, उखु ,धान, तोरी आदि बहावलपुरको मुख्य बालीहुन जसले बहनवलपुरलाई चिनाउछन् त्यसैगरी बहावलपरी आँप, अम्बा, लिच्ची आदि यस ठाउँको प्रमुख फलफुल हुन् र टमाटर, काउली, बन्दा, आलु आदि यहाँका प्रमुख तरकारी बालीहरू हुन् ।

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

सन् १९९८ को जनगणना अनुसार यस शहरको जनसङ्ख्या ४,०३४,०८बाट बढेर सन् २००७ मा ७,९८५,०९ पुगेको छ । पाकिस्तानमा सन् १९९८ देखि अहिले सम्म जनगणना भएको छैन तैपनी सरकारले २०१७ को जनसङ्ख्या सार्वजनिक गरेको छ ।

धर्म[सम्पादन गर्नुहोस्]

दरवार महल मस्जिद

बहावलपुरमा प्रचिनकाल देखिनै मुस्लिम भएको हुनाले यहाँका अधिकांश बासीहरू ईस्लाम धर्म मान्नेहरू पाईन्छन् । त्यहिपनि यस शहरमा अन्य धर्म जस्तै जैन, हिन्दु आदि मान्ने मानिसहरू पनि भेटिन्छन् ।

खेलकुद[सम्पादन गर्नुहोस्]

बहावल रङ्गशाला यस शहरको एक प्रमुख रङ्गशाला हो । यस रङ्गशालाले अन्तर्राष्ट्रिय टेस्ट क्रिकेट आयोजना गर्दै आएको छ । यस मैदानमा सन् १९५५ मा पाकिस्तान र भारत बिच अन्तर्राष्ट्रिय टेस्ट क्रिकेट खेल भएको थियो । मोतिउला हक्कि रङ्गशाला पनि यहि रङ्गशालाको नजिकमा रहेको छ जसमा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय हक्कि प्रतिस्पर्धा हुने गर्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "बहावलपुरको जनाकारी", बहावलपुर, अन्तिम पहुँच २०१८-०४-२५ 
  2. "पाकिस्तानको जनगणनाका अनसार कुल जनसङ्ख्या: पञ्जाव", पाकिस्तानी केन्द्रीय तथ्याङ्क विभाग, २०१८-०१-०३, अन्तिम पहुँच २०१८-०४-२४ 
  3. "एक शताब्दीको पछि दरबार महल अजैपनि ठाडै छ", २१ अप्रिल २०१७। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]