बहावलपुर
बहावलपुर
بہاولپور | |
---|---|
सहर | |
देश | पाकिस्तान |
प्रदेश | पन्जाब |
जिल्ला | बहावलपुर |
तहसील | बहावलपुर सहर |
सङ्घ परिषद | ३६ |
सरकार | |
• प्रकार | नगरपालिका निगम |
• मेयर | अकिल नजाम हास्मी |
• उप-मेयर | मलिक मुनिर इकबल चन्नार |
क्षेत्रफल | |
• जम्मा | २३७.२ किमी२ (९१.६ वर्ग माइल) |
उन्नतांश | १८१ मिटर (७०२ फिट) |
जनसङ्ख्या (२०१७)[२] | |
• जम्मा | ६८१,६९६ |
• घनत्व | २९००/किमी२ (७४००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५ (पाकिस्तानी समय) |
हुलाक कोड | ६३१०० |
क्षेत्रीय सङ्केत | ०६२ |
वेबसाइट | आधिकारिक वेबसाइट |
बहावलपुर (उर्दु: بہاولپور) पाकिस्तानको पन्जाब प्रदेशमा पर्ने एक सहर हो। बहावलपुर पाकिस्तानको सबैभन्दा धेरै जनसङ्ख्या भएको सहर मध्य ११ स्थानमा पर्छ। यस शहरको कुल जनसङ्ख्या ७,९८५,०९ रहेको छ। यो सहर पन्जाबको दक्षिण क्षेत्रमा अवस्थित छ।
सन् १७४८ मा स्थापना भएपछि सन् १९४८ मा बहावलपुर बहवलपुरको पूर्व रियाली राज्यको राजधानी सहर बनेको थियो। यस शहरमा १९५५ सम्म नाबाबको अब्बासी परिवारले शासन गरेका थिए र नवबालिकाहरू एक समृद्ध वास्तुकला विरासत छोडेर गएका थिए त्यसैले बहवलपुर अहिले उनीहरूको स्मारकका लागि ज्ञात छ। सहर चोलस्तान मरुभूमिको किनारामा अवस्थित छ, र नजिकै को लाल सुहर्रा राष्ट्रिय निकुञ्ज को प्रवेशद्वार को रूपमा रहेको छ।
इतिहास
[सम्पादन गर्नुहोस्]प्रारम्भिक
[सम्पादन गर्नुहोस्]अहिले बहवलपुरको रूपमा चिनिने क्षेत्र विभिन्न प्राचीन समाजको स्थल थियो। एक बेलायती पुरातत्वविद्धका अनुसार बहावलपुर क्षेत्र महाभारतको यद्घ भएको ठाउँ हो भनेर भनेका छन्। बहवलपुरको स्थापना भन्दा पहिले यस क्षेत्रको प्रमुख पवित्र सहर उच शरीफ रहेको थियो। १२औँ देखि १७औँ शताब्दी बीच एस क्षेत्र क्षेत्रीय महानगरीय केन्द्र थियो।
स्थापना
[सम्पादन गर्नुहोस्]बहवलपुर सन् १७४८ मा नवाब बहवल खानले स्थापना गरेको थियो जव नवाब बहवल खान बसाइँसराइ गरेर शिखरपुर देखि उच नजिकको क्षेत्रमा आएका थिए र खानले दराबारलाई हटाएर बहवालपुरलाई राजधानी सहर बनाएका थिए। शहरलाई अफगानिस्तान र मध्य भारतबीच व्यापारिक मार्गको रूपमा विकास गर्ने लक्षका साथ प्रारम्भ गरिएको थियो।
सन् १७८५ मा दुर्रानी सैनिक सरदार खानले बहावलपुर शहरमा आक्रमण गरे र सिंधको मोआब अब्दुल नायब कलह को आदेशमा भवनहरू नष्ट गराईएको थियो त्यसपछि त्यहाँका शासक र स्थानीयहरू त्यस शहरबाट भागेर अन्तै शरणार्थीको रूपमा गएका थिए। आक्रमणकारी दुर्रानी सेनाले ६०,००० रुपैयाँ नाजको रूपमा स्वीकार गरे तापनि बहवाल खानले राजपूत राज्यहरूमा शरण लिन को लागि अफगानिस्ता गएका थिए। त्यस युद्धको लामो समय पश्चात बहावल खानले उच तिरबाट हमला गरेर पछि फेरि त्यस क्षेत्रमा कब्जा जमाउन सफल भएका थिए।
राजकीय राज्य
[सम्पादन गर्नुहोस्]दुर्रानी राज्यको विघटन पछि बहावलपुरको राजकिय राज्यको स्थापना नवाब महम्मद बहावल खान दिर्तियले सन् १८०२ स्थापना गरेका थिए। सिख साम्राज्यको रणजित सिंहले बहावलपुर क्षेत्रमा आप्रवासीलाई सुरक्षत राख्न बहनवलपुरमा घेराबन्दी गरे त्यसपछि मात्र उनले अरीपरिका क्षेत्रहरू कब्जा गर्न थाले। त्यसपश्चात रणजत सिंहले घेराबन्दी मुक्त बनाय र बहावलपुरका नवाबलाई केही उपहार दिएपछि सिख सैनिकहरू आफ्नो राज्यमा फर्किएका थिए।
सिख साम्राज्य नवाब मोहम्मद बहवल खान तेस्रो र ब्रिटिस बिच २२ फरवरी १८३३ मा बेलायतीसँग एक संधिमा हस्ताक्षर भयो र त्यसछि बहवलपुरको स्वतन्त्र भएपछि विकसित हुन थाल्यो।
सन् १८४५ मा दिल्लीमा नयाँ खोलिएको व्यापार मार्गहरूले कहावलपुर एक व्यापारिक केन्द्रको रूपमा पुनर स्थापना भयो। यो सहर १९औँ शताब्दीको अन्तमा रेशम सामान, फेफिस र कपडाहरूको उत्पादनको रूपमा विकसित भएको थियो।
अर्थतन्त्र
[सम्पादन गर्नुहोस्]कपास, मकै ,गँहु, उखु ,धान, तोरी आदि बहावलपुरको मुख्य बालीहुन जसले बहनवलपुरलाई चिनाउछन् त्यसैगरी बहावलपरी आँप, अम्बा, लिच्ची आदि यस ठाउँको प्रमुख फलफुल हुन् र टमाटर, काउली, बन्दा, आलु आदि यहाँका प्रमुख तरकारी बालीहरू हुन्।
जनसाङ्ख्यिकी
[सम्पादन गर्नुहोस्]सन् १९९८ को जनगणना अनुसार यस शहरको जनसङ्ख्या ४,०३४,०८बाट बढेर सन् २००७ मा ७,९८५,०९ पुगेको छ। पाकिस्तानमा सन् १९९८ देखि अहिले सम्म जनगणना भएको छैन तैपनी सरकारले २०१७ को जनसङ्ख्या सार्वजनिक गरेको छ।
धर्म
[सम्पादन गर्नुहोस्]बहावलपुरमा प्रचिनकाल देखिनै मुस्लिम भएको हुनाले यहाँका अधिकांश बासीहरू ईस्लाम धर्म मान्नेहरू पाइन्छन्। त्यहिपनि यस शहरमा अन्य धर्म जस्तै जैन, हिन्दु आदि मान्ने मानिसहरू पनि भेटिन्छन्।
खेलकुद
[सम्पादन गर्नुहोस्]बहावल रङ्गशाला यस शहरको एक प्रमुख रङ्गशाला हो। यस रङ्गशालाले अन्तर्राष्ट्रिय टेस्ट क्रिकेट आयोजना गर्दै आएको छ। यस मैदानमा सन् १९५५ मा पाकिस्तान र भारत बिच अन्तर्राष्ट्रिय टेस्ट क्रिकेट खेल भएको थियो। मोतिउला हक्कि रङ्गशाला पनि यहि रङ्गशालाको नजिकमा रहेको छ जसमा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय हक्कि प्रतिस्पर्धा हुने गर्छ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "बहावलपुरको जनाकारी", बहावलपुर, अन्तिम पहुँच २०१८-०४-२५। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०४-२६ मिति
- ↑ "पाकिस्तानको जनगणनाका अनसार कुल जनसङ्ख्या: पन्जाव", पाकिस्तानी केन्द्रीय तथ्याङ्क विभाग, २०१८-०१-०३, अन्तिम पहुँच २०१८-०४-२४। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०४-२५ मिति
- ↑ "एक शताब्दीको पछि दरबार महल अजैपनि ठाडै छ", २१ अप्रिल २०१७।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- बहाबलपुर विकियात्रामा यात्रा सहयोगी