क्वेटा
क्वेटा
शालकोट شالکوټ | |
---|---|
नगरपालिका | |
नामकरण: Pashto: Kwaṭa (fortress) | |
उपनाम: सानो लण्डन | |
देश | पाकिस्तान |
क्षेत्र | बलुचिस्तान |
जिल्ला | क्वेटा |
सरकार | |
• प्रकार | नगरपालिका निगम[१] |
• मेयर | डा. कलिमुल्ला खान[२] |
• उप-मेयर | योनुस बलुच्स |
क्षेत्रफल | |
• जम्मा | ३,५०१ किमी२ (१३५२ वर्ग माइल) |
उन्नतांश | १,६८० मिटर (५,५१० फिट) |
जनसङ्ख्या (२०१७)[३] | |
• जम्मा | १००१२०५ |
• मुलवासी नाम | क्वेटान |
समय क्षेत्र | युटिसी+०५:०० (पाकिस्तानी समय) |
जिप कोड | 87xxx |
क्षेत्रीय सङ्केत | ०८१ |
क्वेटा (पस्तो: کوټه ) (उर्दु: کوئٹہ) ([kʷɛʈə]) पाकिस्तानको बलुचिस्तान प्रदेशको राजधानी र सबैभन्दा ठूलो सहर हो । सन् १९३५ गएको भुकम्पले क्वेटा सहरलाई क्षतिग्रस्त बनाएको थियो नर पछि सहरलाई पुण निर्माण गरियो । सन् २०१७ को जनगणना अनुसार एस सहरको जनसङ्ख्या १,००१२,०५ रहेको छ भने क्वेटा जिल्लाको जनसङ्ख्या २२,७५६,९९ रहेको छ । क्वेटा सहर समुन्द्री सतह भन्दा १,६८० मिटर (५,५१० फिट) को उचाइमा रहेको हुनाले यस सहर पाकिस्तानको सबैभन्दा उचाइ रहेको सहरको रूपमा रहेको छ । यस सहरमा विभिन्न किसमका फलफूल पाहिने हुँदा यस सहरलाई पाकिस्तानको फलफूल बगैंचा भनिन्छ ।
यो सहर बलुचिस्तान प्रदेशको उत्तर तर्फ अफगानिस्तान र पाकिस्तानको सिमा क्षेत्रमा रहेको हुँदा क्वेटा व्यापार र सञ्चारको माध्यम बनेको छ । यो सहर बोलन पास नजिक छ जुन मध्य एसिया र दक्षिण एसियाको प्रमुख प्रवेसद्वारको रूपमा रहेको छ । क्वेटा सहरले पाकिस्तान सैनिकहरूको लागि महत्त्वपूर्ण भुमिका खेलेको छ जहाँ सैनिकहरूले पाकिस्तान र अफगानिस्तानको सिमाना क्षेत्रमा निगरानी राख्छन् ।
मौसम
[सम्पादन गर्नुहोस्]यो सहरमा अर्ध सुख्खा खालको मौसम रहेको छ । यस सहरमा ग्रिष्मऋतु अन्तिम मे देखि मध्य सेप्टेम्बर सम्म हुन्छ जसमा औसत तापक्रम २४-२६ (७५-७९ डिग्री फरेनहाईट) डिग्री सम्म मापन गरिएको छ भने सन् १९९८ जुलाई १० मा यस सहरको तापक्रम ४२ डिग्री पुगेको थियो जुन हालसम्मकै अधिक तापमान हो । यस सहरमा शरद ऋतु अन्तिम सेप्टेम्बर देखि मध्य नोभेम्बर सम्म च्छ जसको अौसत तापक्रम १२-१८ डिग्री (५४-६४ डिग्री एफ) सम्म हुन्छ र हिँउद अन्तिक नोभेम्बर देखि मध्य मार्च सम्म हुन्छ जसको अौसत तापक्रम ४-५ डिग्री (३९-४१ डिग्री एफ) सम्म हुन्छ । यो सहरको सबैभन्दा न्यून तापक्रम -१८.३ डिग्री (-०.९ डिग्री फरेनहाईट) जुन ८ जनवरी १९७० मा कायम भएको थियो । यस सहरमा वसन्त ऋतु मध्य अप्रिल देखि सुरु भएर अन्तिम मे मा समाप्त हुन्छ जसमा औसत तापक्रम १५ डिग्री हुन्छ । अन्य क्षेत्रहरूमा भन्दा यस सहरमा अली कल पानी पर्ने गरेको छ । २४ घण्टामा सबैभन्दा अधिक वर्षा ११३ मिलिमिटर परेको छ जुन १७ डिसेम्बर २००० मा मापन गरियको थियो । जाडो यामको बेलामा जनवरी र डिसेम्बरको बिचमा कहिलेकाही हिउँ पर्ने गरेको छ ।
जनशाङ्खिकि
[सम्पादन गर्नुहोस्]यातायात
[सम्पादन गर्नुहोस्]शिक्षा
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "बुलुचिस्तान सरकार", बुलुचिस्तान डट जिओभी डट पिके, अन्तिम पहुँच ६ सेप्टेम्बर २०१६।
- ↑ "मेयरका लागि पाकिस्तानको कवेटाका जनबासी", जनवरी २७, २०१५।
- ↑ सन् २०१७ को जिल्ला अनसारको जनगणना (पिडिएफ), राष्ट्रिय तथ्याङ्क विभाग, २०१७, पृ: १३, मूलबाट २०१७ /०८/०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०३-२९। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-२९ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- बुलुचिस्तान बोर्ड वेब्याक मेसिन अभिलेखिकरण २०१५-०१-२२ मिति
- बुलुचिस्तानको आधिकारिक वेबसाइट