बदिन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बदिन
بدين
जिल्ला सदरमुकाम
निर्देशाङ्क: २४°३९′२६″उ॰ ६८°५०′२६″पू॰ / २४.६५७२२°N ६८.८४०५६°E / 24.65722; 68.84056निर्देशाङ्कहरू: २४°३९′२६″उ॰ ६८°५०′२६″पू॰ / २४.६५७२२°N ६८.८४०५६°E / 24.65722; 68.84056
देश पाकिस्तान
प्रदेशसिन्ध
जिल्लाबदिन
उन्नतांश
१० मिटर (३० फिट)
जनसङ्ख्या
 • जम्मा६१,३०२
समय क्षेत्रयुटिसी+५ (पाकिस्तानी समय)

बदिन (सिन्धी: بدين उर्दु: بدین) पाकिस्तानको सिन्ध प्रान्तमा रहेको बदिन जिल्लाको सदरमुकाम सहर हो ।[१] यो सहर सिन्धु नदीबाट पुर्वमा रहेको छ । यो सहरका जमिन समथल र उब्जाउ हुने भएकाले धान खेती यहाँ देशको सबैभन्दा धेरै उत्पादन हुन्छ भने यस सहरबाट नजिकमा तोरी खेती पनि हुन्छ । बदिन सहर बदिन जिल्लाको प्रमुख सहरको रूपमा रहेको छ जसको सन् १९९८ को राष्ट्रिय जनगणना अनुसार यस सहरको जनसङ्ख्या ६१,३०२ रहेको छ ।[२] बदिन सहरलाई यहाँ धेरै चिनी उत्पादन हुने भएकाले चिनीको सहर पनि भनिन्छ । यो सहर सन् १९७५ मा स्थपना भएको थियो । बदिन जिल्लालाई उत्तर तर्फबाट हैदराबाद र मीरपुर खासले घेरेको छ । तिरपकर र मीरपुर खासले उत्तरबाट घेरेको छ भने थटा जिल्लाले पश्चिममा त्यस्तै गरी भारतको कच जिल्लाले दक्षिणमा घेरेको छ जुन भारतसँग अन्तर्राष्ट्रिय सिमाना रूपमा रहेको छ ।[३]

मौसम[सम्पादन गर्नुहोस्]

यस सहरको नजिकमा समुन्द्र भएकाले सहरको मौसमलाई लगभग सबै महिना मध्यम तापक्रम हुने खालको छ । यस सहरमा मार्च महिना देखि अक्टोबर महिना सम्म समुन्द्रको मन्ध हावा चल्ने गर्छ । वर्षा ऋतुको समयमा यस सहरको आकास बादलले घेरेता पनि पानी भन्ने कम मात्रमा पर्छ यतिबेलाको मौसम सामान्यतया ओसिलो हुन्छ । बदिनको चिसो मौसम नोभेम्बरको सुरुदेखि देखि सुरु हुन्छ जब ओसिलो समुन्द्री हावा अचानक परिवर्तन भएर चिसो हावा उत्तर-पूर्वी तिरबाट बग्न थाल्छ यसको कारण प्राकृतिक तापमानमा तुरुन्तै गिरावट हुन्छ र यस समयमा आँधी तुफान र बाढीको बढी खतरा हुन्छ ।

बदिनको मौसम जानकारी
महिना जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्ट सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर वर्ष
उच्चतम रेकर्ड °से (°फे) ३६.१
(९७.०)
३७.२
(९९.०)
४२.८
(१०९.०)
४५.६
(११४.१)
४९.४
(१२०.९)
४६.७
(११६.१)
४३.३
(१०९.९)
४१.१
(१०६.०)
४२.२
(१०८.०)
४१.७
(१०७.१)
३८.३
(१००.९)
३५.६
(९६.१)
४९.४
(१२०.९)
उच्चतम औसत °से (°फे) २५.८
(७८.४)
२८.६
(८३.५)
३४.०
(९३.२)
३८.४
(१०१.१)
३९.८
(१०३.६)
३८.०
(१००.४)
३५.१
(९५.२)
३३.६
(९२.५)
३४.४
(९३.९)
३५.८
(९६.४)
३१.९
(८९.४)
२६.७
(८०.१)
३३.५
(९२.३)
दैनिक औसत °से (°फे) १७.२
(६३.०)
२०.१
(६८.२)
२५.४
(७७.७)
३०.१
(८६.२)
३२.७
(९०.९)
३२.८
(९१.०)
३१.१
(८८.०)
२९.८
(८५.६)
२९.६
(८५.३)
२९.७
(८५.५)
२३.९
(७५.०)
१८.४
(६५.१)
२६.७
(८०.१)
न्यूनतम औसत °से (°फे) ८.७
(४७.७)
११.६
(५२.९)
१६.८
(६२.२)
२१.८
(७१.२)
२५.५
(७७.९)
२७.५
(८१.५)
२७.०
(८०.६)
२६.१
(७९.०)
२४.९
(७६.८)
२१.७
(७१.१)
१५.९
(६०.६)
१०.१
(५०.२)
१९.८
(६७.६)
न्यूनतम रेकर्ड °से (°फे) −१.१
(३०.०)
१.०
(३३.८)
५.०
(४१.०)
१३.०
(५५.४)
१७.५
(६३.५)
२१.१
(७०.०)
२३.०
(७३.४)
२२.५
(७२.५)
२०.६
(६९.१)
१२.०
(५३.६)
६.७
(४४.१)
२.५
(३६.५)
−१.१
(३०.०)
औसत वर्षा मिमी (इन्च) १.०
(०.०४)
३.६
(०.१४)
२.३
(०.०९)
२.५
(०.१०)
०.७
(०.०३)
१०.८
(०.४३)
७०.५
(२.७८)
८९.९
(३.५४)
३४.४
(१.३५)
३.७
(०.१५)
१.७
(०.०७)
१.१
(०.०४)
२२२.२
(८.७६)
स्रोत: (१९६१–१९९०) [४]

शिक्षा[सम्पादन गर्नुहोस्]

बदिन सहरका छात्र छात्राको शिक्षामा अभिबृद्ध ल्याउनका लागि यस सहरमा सिन्ध विश्वविद्यालय स्थपना भएको थियो जसलाई लार पनि भन्ने गरिन्थ्यो । त्यसपछि सिन्ध विश्वविद्यालय लार क्याम्पस पनि सहरमा स्थापित गरिएको थियो जसले उच्च शिक्षाका लागि महिला सहभागीतामा विषेश ध्यान दिएको थियो । यस क्याम्पले एक पुस्तकालय र एक कम्प्युटर प्रयोगशाला सहित इन्टरनेट जडान सुविधा प्रदान गर्दछ । कलेजले बिजनेस एडमिनिस्ट्रेशन, वाणिज्य र कम्प्युटर साइन्समा ४-वर्षको स्नातक डिग्री प्रदान गर्दछ र कम्प्यूटर साइन्स र बीएडडी, एम.एडमा स्नातकोत्तर डिप्लोमाको पनि व्यवस्था गरिएको छ । राहिम पब्लिक स्कूल र कलेज बदिन पूर्व-मेडिकल र पूर्व-इन्जिनियरिङ अध्ययनको लागि यस क्षेत्रको लोकप्रिय विद्यालयहरू हुन् । सन् २०१३ को अनुसार सरकारले सञ्चालन गरेका विद्यालयहरूमा २०९ विद्यालय छात्रका लागि, १०२ विद्यालय छात्राका लागि , ६९१ प्राथमिक विद्यालयहरू, ४२८ सह-शैक्षिक विद्यालयहरू, र १५ उच्च विद्यालयहरू रहेका छन् ।[५]

संस्कृति[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "बदिन सहर", इनसाईक्लोपिडिया ब्रिटानिका, अन्तिम पहुँच १८ जनवरी २०१३ 
  2. "बदिन सहरको इतिहास", गन्धारा, अन्तिम पहुँच ८ नोभेम्बर २०१३ 
  3. "बदिन सहरको जानकार"  वेब्याक मेसिन अभिलेखिकरण २०१८-११-१० मिति
  4. "बदिन सहरको मौसमी जानकारी", राष्ट्रिय जल तथा मौसम पुर्वाअनुमान महासाखा, अन्तिम पहुँच जनवरी १८, २०१३ 
  5. सिन्ध, विश्वविद्यालय, "बदिन सहरको लार क्याम्पस", मूलबाट १२ डिसेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ नोभेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण १२ डिसेम्बर २०१३ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]