सामग्रीमा जानुहोस्

बिलिबिली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(बिलिबिलिबाट अनुप्रेषित)
बिलिबिलि
साइटको प्रकार
भिडियो साझेदारी सेवा
उपलब्ध भाषाचिनियाँ
मालिकबिलिबिलि इङ्क (company legal name in Latin)
साङ्घाइ होड जानकारी प्रविधि कम्पनी लिमिटेड
सर्जकXu Yi (⑨bishi)
युआरएलwww.bilibili.com
अलेक्सा क्रमNegative increase २५० (१ अप्रिल २०१८ (2018-04-01) अनुसार)[]
व्यवसायिकहो
दर्ताबैकल्पिक (भिडियो उर्ध्वभरण गर्न र टिप्पणी गर्न अनिवार्य)
प्रयोगकर्ताहरू५६०,००० (अक्टोबर २०१२) ३१.६ मिलियन भन्दा बढी दर्ता गरिएका प्रयोगकर्ताहरू (डिसेम्बर २०१७)

बिलिबिलि चिनियाँ: 哔哩哔哩; फिनयिन: bīlībīlī; उपनाम B站 चीनमा आधारित भिडियो साझेदारी वेबसाइट हो । एनीमेसन, हास्य र खेल लगायतका लोकप्रिय भिडियो साझेदारी गर्न सुबिधा रहेको यस वेबसाइटमा प्रयोगकर्ताहरूले भिडियोहरू पेश गर्न, अवलोकन गर्न र टिप्पणी युक्त उपशीर्षकहरू थप गर्न सक्दछन् । बिलिबिलीले एडोब फ्ल्यास वा एचटीएमएल ५ को प्रयोग गर्दछ जुन म्यानुअल रूपमा परिवर्तन गर्न सकिन्छ ।[][]

बिलिबिलीमा छिटो बढ्दो प्रयोगकर्ताहरूको सङ्ख्याले गर्दा, यसले वेबसाइटको कार्यमा विस्तार गर्न निर्णय गर्यो । शक्तिशाली विषयवस्तुहरू बाहेक, बिलिबिलीले सङ्गित, नृत्य, विज्ञान र प्रविधि, मनोरञ्जन, चलचित्र, नाटक, फेसन, दैनिक जीवन र विज्ञापन चलचित्रहरू लगायतका चर्चित भिडियोहरूको सङ्गालो विभिन्न क्षेत्रमा प्रदान गर्दछ । साथै बिलिबिली लाइभ स्ट्रिमिङ सेवा प्रदान गर्दछ जहाँ दर्शकहरूले स्ट्रिमरहरूसँग अन्तरक्रिया गर्न सक्छन् । प्राय यसका विषय एनिमी, सामग्री निर्माण, गेम रणनीति लगायतका कुरामा केन्द्रित हुने गरेको छ ।

बिलिबिलि, छु इ द्वारा सन् २००९ मा स्थापित भएको थियो । समयमा, छु इ एक एसी फन प्रयोगकर्ता थिए र एसी फन भन्दा राम्रो भिडियो साझेदारी वेबसाइट बनाउन चाहन्थे । उनले तीन दिन बिताए र मिकुफ्यान्स डट सिएन नामक नमुना वेबसाइटको सिर्जना गरे । यसको वृद्धि भएसँगै, उनले वेबसाइट सार्वजनिक गर्नका लागि वेबसाइटलाई भिडियो साझेदारी वेबसाइटको रूपमा आकार दिए र १४ जनवरी २०१० मा बिबिबिलि नामको साथ वेबसाइटको थालनी गरे । सन् २०११ मा, बिलिबिलि डट युएस नामक डोमेन रद्द गरियो । परिणाम रूवरूप, बिलिबिलि २४ जुन २०११ मा बिलिबिलि डट टिभी मा सारियो ।

अगस्ट २०११ मा, बिलिबिलिले राज्यको स्वामित्वमम रहेको साङ्घाई मिडिया समूहसँग सम्बद्ध सङ्केत गर्नका लागि यसले आफ्नो लोगोको गृहपृष्ठमा प्रदर्शन गर्न थाल्यो र भविष्यमा कानूनी जोखिमबाट बच्ने आशामा विभिन्न सामग्री प्रदायक अनुमति पत्र प्रयोग गर्न साझेदारी गर्यो ।

बिलिबिलिको सञ्चालन कम्पनीले नौ सदस्यहरूको टोली समावेश गरेको छ जुन सबै जापानी भाषा र संस्कृतिमा आधारित रहेका छन् । जसमा दुई वेब विकासकर्ताहरू हुन् र ती दई मघ्य छु ई पनि एक हुन् र बाँकी वेबसाइट सम्पादकहरू हुन् । बिलिबिलिको सेवा पूर्णतया निःशुल्क रहेको छ । यसको मुख्य आय वेब पेज विज्ञापन र सम्बद्ध मार्केटिङ मार्फत आउने गरेको छ ।

बिलिबिली एक मिनेटको लागि अरुले जस्तै दर्ताको लागि खुला गरिएको छैन, तर सामान्यतया दर्ता हुनको लागि भुक्तानी आवश्यक पर्दैन । भिडियोहरू वा टिप्पणी पेश गर्नको लागि सदस्यता आवश्यक पर्दछ । बिलिबिलिले यसको प्रयोगकर्ता आधार र मध्यस्थता क्षमताको गुणस्तर सन्तुलन गर्न सदस्यता उपलब्धतालाई सिमित गर्दछ ।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "बिलिबिलि डटकम - वेबसाइटको जानकारी", अलेक्सा इन्टरनेट, अन्तिम पहुँच २०१८-०४-०१  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०९-२१ मिति
  2. "Bilibili", 维基百科,自由的百科全书 (चिनियाँमा)। 
  3. 赵, 丽 (अगस्ट २०, २०१६), "官方要求加强对"弹幕"安全评估:评什么 怎样评", सिसिटिभि न्युज, अन्तिम पहुँच सेप्टेम्बर ५, २०१८ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

आधिकारिक वेबसाइट