बिलिबिली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बिलिबिलि
साइटको प्रकार
भिडियो साझेदारी सेवा
उपलब्ध भाषाचिनियाँ
मालिकबिलिबिलि इङ्क (company legal name in Latin)
साङ्घाइ होड जानकारी प्रविधि कम्पनी लिमिटेड
सर्जकXu Yi (⑨bishi)
युआरएलwww.bilibili.com
अलेक्सा क्रमNegative increase २५० (१ अप्रिल २०१८ (2018-04-01) अनुसार)[१]
व्यवसायिकहो
दर्ताबैकल्पिक (भिडियो उर्ध्वभरण गर्न र टिप्पणी गर्न अनिवार्य)
प्रयोगकर्ताहरू५६०,००० (अक्टोबर २०१२) ३१.६ मिलियन भन्दा बढी दर्ता गरिएका प्रयोगकर्ताहरू (डिसेम्बर २०१७)

बिलिबिलि चिनियाँ: 哔哩哔哩; फिनयिन: bīlībīlī; उपनाम B站 चीनमा आधारित भिडियो साझेदारी वेबसाइट हो । एनीमेसन, हास्य र खेल लगायतका लोकप्रिय भिडियो साझेदारी गर्न सुबिधा रहेको यस वेबसाइटमा प्रयोगकर्ताहरूले भिडियोहरू पेश गर्न, अवलोकन गर्न र टिप्पणी युक्त उपशीर्षकहरू थप गर्न सक्दछन् । बिलिबिलीले एडोब फ्ल्यास वा एचटीएमएल ५ को प्रयोग गर्दछ जुन म्यानुअल रूपमा परिवर्तन गर्न सकिन्छ ।[२][३]

बिलिबिलीमा छिटो बढ्दो प्रयोगकर्ताहरूको सङ्ख्याले गर्दा, यसले वेबसाइटको कार्यमा विस्तार गर्न निर्णय गर्यो । शक्तिशाली विषयवस्तुहरू बाहेक, बिलिबिलीले सङ्गित, नृत्य, विज्ञान र प्रविधि, मनोरञ्जन, चलचित्र, नाटक, फेसन, दैनिक जीवन र विज्ञापन चलचित्रहरू लगायतका चर्चित भिडियोहरूको सङ्गालो विभिन्न क्षेत्रमा प्रदान गर्दछ । साथै बिलिबिली लाइभ स्ट्रिमिङ सेवा प्रदान गर्दछ जहाँ दर्शकहरूले स्ट्रिमरहरूसँग अन्तरक्रिया गर्न सक्छन् । प्राय यसका विषय एनिमी, सामग्री निर्माण, गेम रणनीति लगायतका कुरामा केन्द्रित हुने गरेको छ ।

इतिहास[सम्पादन गर्नुहोस्]

बिलिबिलि, छु इ द्वारा सन् २००९ मा स्थापित भएको थियो । समयमा, छु इ एक एसी फन प्रयोगकर्ता थिए र एसी फन भन्दा राम्रो भिडियो साझेदारी वेबसाइट बनाउन चाहन्थे । उनले तीन दिन बिताए र मिकुफ्यान्स डट सिएन नामक नमुना वेबसाइटको सिर्जना गरे । यसको वृद्धि भएसँगै, उनले वेबसाइट सार्वजनिक गर्नका लागि वेबसाइटलाई भिडियो साझेदारी वेबसाइटको रूपमा आकार दिए र १४ जनवरी २०१० मा बिबिबिलि नामको साथ वेबसाइटको थालनी गरे । सन् २०११ मा, बिलिबिलि डट युएस नामक डोमेन रद्द गरियो । परिणाम रूवरूप, बिलिबिलि २४ जुन २०११ मा बिलिबिलि डट टिभी मा सारियो ।

अगस्ट २०११ मा, बिलिबिलिले राज्यको स्वामित्वमम रहेको साङ्घाई मिडिया समूहसँग सम्बद्ध सङ्केत गर्नका लागि यसले आफ्नो लोगोको गृहपृष्ठमा प्रदर्शन गर्न थाल्यो र भविष्यमा कानूनी जोखिमबाट बच्ने आशामा विभिन्न सामग्री प्रदायक अनुमति पत्र प्रयोग गर्न साझेदारी गर्यो ।

सञ्चालन[सम्पादन गर्नुहोस्]

बिलिबिलिको सञ्चालन कम्पनीले नौ सदस्यहरूको टोली समावेश गरेको छ जुन सबै जापानी भाषा र संस्कृतिमा आधारित रहेका छन् । जसमा दुई वेब विकासकर्ताहरू हुन् र ती दई मघ्य छु ई पनि एक हुन् र बाँकी वेबसाइट सम्पादकहरू हुन् । बिलिबिलिको सेवा पूर्णतया निःशुल्क रहेको छ । यसको मुख्य आय वेब पेज विज्ञापन र सम्बद्ध मार्केटिङ मार्फत आउने गरेको छ ।

सदस्यता[सम्पादन गर्नुहोस्]

बिलिबिली एक मिनेटको लागि अरुले जस्तै दर्ताको लागि खुला गरिएको छैन, तर सामान्यतया दर्ता हुनको लागि भुक्तानी आवश्यक पर्दैन । भिडियोहरू वा टिप्पणी पेश गर्नको लागि सदस्यता आवश्यक पर्दछ । बिलिबिलिले यसको प्रयोगकर्ता आधार र मध्यस्थता क्षमताको गुणस्तर सन्तुलन गर्न सदस्यता उपलब्धतालाई सिमित गर्दछ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "बिलिबिलि डटकम - वेबसाइटको जानकारी", अलेक्सा इन्टरनेट, अन्तिम पहुँच २०१८-०४-०१  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०९-२१ मिति
  2. "Bilibili", 维基百科,自由的百科全书 (चिनियाँमा)। 
  3. 赵, 丽 (अगस्ट २०, २०१६), "官方要求加强对"弹幕"安全评估:评什么 怎样评", सिसिटिभि न्युज, अन्तिम पहुँच सेप्टेम्बर ५, २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

आधिकारिक वेबसाइट