सामग्रीमा जानुहोस्

महागढीमाई नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महागढीमाई नगरपालिका
बाराको गढीमाई मन्दिर
महागढीमाई नगरपालिका मा पर्दछ मधेश प्रदेश
महागढीमाई नगरपालिका
मधेश प्रदेशको नक्सामा महागढीमाई नगरपालिकाको अवस्थिति
महागढीमाई नगरपालिका मा पर्दछ नेपाल
महागढीमाई नगरपालिका
महागढीमाई नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°५६′N ८५°०८′E / 26.94°N 85.13°E / 26.94; 85.13
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लाबारा
स्थापित२०७१ मङ्सिर १७
सरकार
  नगरप्रमुखउपेन्द्रप्रसाद यादव (नेपाली काङ्ग्रेस)
  उपप्रमुखतारादेवी कानु (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा५५.३२ किमी (२१.३६ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा५९,४२४
  घनत्व११००/किमी (२८००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५३
केन्द्रसाविक बरियारपुर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

महागढीमाई नगरपालिका बारा जिल्लाका ७ वटा नगरपालिकाहरू मध्ये एक हो।[][] २०७१ मङ्सिर १७ मा, नगरपालिका घोषणा गर्दा साविकका बरियारपुर, दहियार, बबुआइन, पत्थरहटटी, तेलकुवागन्जभवानीपुर गाविसहरू समावेश गरिएको थियो भने २७ फागुन २०७३ मा नगरपालिकाको क्षेत्रविस्तार गर्दा पिपराबिर्ता, कवहीजब्दी, परशुरामपुर (१), मझरिया (८), मधुरीजब्दीमहेशपुर (१) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार महागढीमाई नगरपालिकाको कुल जनसङ्ख्या ५९,४२४ रहेको छ भने यहाँ ५,९३८ घरधुरी रहेका छन्।[]

महागढीमाई नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
बरियारपुर (१-४,९)६,९२५६.२२१११३.३४
बरियारपुर (५-८), तेलकुवा (७-९) र पत्थरहटटी (१-३)१०,९९८७.४३१४८०.२२
गन्जभवानीपुर (३-६)२,८१४०.५२५४११.५४
दहियार (१-६)४,६३०६.१५७५२.८५
कवहीजब्दी (१–४) र दहियार (७-९)३,६५०५.०७७१९.९२
बबुआइनपत्थरहटटी (४-९)७,५१३५.४३१३८३.६१
तेलकुवा (१-६,८)४,८६१४.०२१२०९.२०
मझरिया (८), परशुरामपुर, बारा (१) र कवहीजब्दी (५–९)५,३३११२.०२४४३.५१
पिपराबिर्ता४,५८५४.५५१००७.६९
१०महेशपुर (१) र गन्जभवानीपुर (१-२,७-९)४,४७३२.४४१८३३.२०
११मधुरीजब्दी (१–९)३,६४४१.४७२४७८.९१
जम्मा५९,४२४५५.३२१०७४.१९

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]