महागढीमाई नगरपालिका
महागढीमाई नगरपालिका | |
---|---|
बाराको गढीमाई मन्दिर | |
देश | ![]() |
विकास क्षेत्र | मध्यमाञ्चल |
अञ्चल | नारायणी अञ्चल |
जिल्ला | बारा जिल्ला |
स्थापना | २०७१ मंसिर १७ |
सरकार | |
• मेयर | उपेन्द्र प्रसाद यादव |
• उप मेयर | तारा देवि कानु |
क्षेत्रफल | |
• जम्मा | ४०.३ किमी२ (१५.६ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ३९,९७० |
• घनत्व | ९९०/किमी२ (२६००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-५३ |
वेबसाइट | www.mahagadimaimun.gov |
अन्तर्गत एक शृङ्खलाको भाग |
नेपालको प्रशासनिक विभाजन |
---|
![]() |
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल |
नेपाल पोर्टल देश अनुसार प्रशासनिक विभाजन |
महागढीमाई नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत नारायणी अञ्चलमा पर्ने बारा जिल्लामा अवस्थित एक नगरपालिका हो।[२]
परिचय[सम्पादन गर्नुहोस्]
स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा बारामा बरियारपुर, दहियार, बगुआइन, पत्थरहटटी, तेलकुवा र गंजभवानीपुर गाविसहरू लाई समेटेर महागढीमाई नगरपालिका घोषणा गरिएको हो।[३] महागढीमाई नगरपालिकाको केन्द्रभने बरियारपुर गाविसको कार्यालय रहको छ।[२][४] नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।[३]
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
महागढीमाई नगरपालिका बरियारपुर, दहियार, बगुआइन, पत्थरहटटी, तेलकुवा र गंजभवानीपुर गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार ६ ठाउँको जनसङ्ख्यालाई जोडेर महागढीमाई नगरपालिकाको जनसङ्ख्या जोड्दा ३९,९७० हुन्छ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति
- ↑ २.० २.१ "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार।
- ↑ ३.० ३.१ "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक न्यूज, नागरिक न्यूज, १७ मंसिर, २०७१, अन्तिम पहुँच १७ मंसिर।
- ↑ "नगरपालिकामा गाभिएपछि गंजभवानीपुरवासी आन्दोलित", मार्गदर्शन, मार्गदर्शन, २०७१ पुस १३, अन्तिम पहुँच पुस १३। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०१-०९ मिति
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |