सामग्रीमा जानुहोस्

कलैया उपमहानगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कलैया नगरपालिका
कलैया
कलैयाको एक पोखरीमा छठ मनाउँदै हिन्दू भक्तजनहरू
कलैयाको एक पोखरीमा छठ मनाउँदै हिन्दू भक्तजनहरू
कलैया नगरपालिका is located in मधेश प्रदेश
कलैया नगरपालिका
कलैया नगरपालिका
मधेश प्रदेशको नक्सामा कलैया नगरपालिका
कलैया नगरपालिका is located in नेपाल
कलैया नगरपालिका
कलैया नगरपालिका
कलैया नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°२′उ॰ ८५°०′पू॰ / २७.०३३°N ८५.०००°E / 27.033; 85.000निर्देशाङ्कहरू: २७°२′उ॰ ८५°०′पू॰ / २७.०३३°N ८५.०००°E / 27.033; 85.000
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लाबारा
सरकार
 • नगरप्रमुखविनोदप्रसाद साह (नेकपा (एमाले))
 • उपप्रमुखरौशन परविन (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१०८.९४ किमी (४२.०६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१३६,२२२
 • घनत्व१३००/किमी (३२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
हुलाक कोड
४४४००
क्षेत्रीय सङ्केत+९७७-०५३
वेबसाइटआधिकारिक वेबसाइट

कलैया नेपालको मधेश प्रदेश स्थित बारा जिल्लामा पर्ने एक उपमहनगरपालिका हो।[][] वि.सं. २०३९ सालमा नगरपालिकाको रूपमा स्थापित यो नगरलाई सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले वि.सं. २०७३ फाल्गुन २७ गते उपमहानगरपालिका घोषणा गरेको हो।[][][] सङ्घीय राजधानी काठमाडौँबाट ३०६ किलोमिटरको दुरीमा अवस्थित यो नगरपालिका बारा जिल्लाको सदरमुकाम समेत हो। स्थापनाकालमा यस नगरपालिकाभित्र तत्कालिन कलैया, बरेवा, भवानीपुर, बैरिया, बघवन, रामपुर गाविसलाई समेटिएको थियो। कुल ११ वडामा विभाजित तत्कालिन नगरपालिकामा वि.सं. २०४७ सालमा भतौडा, ब्रह्मपुरी, विशम्भरपुर गाविस थप गरि १४ वडामा विस्तार गरेर यसको क्षेत्रफल बढाइएको थियो। साविकमा १४ वटा वडामा मात्रै सीमित रहेकोमा नेपाल सरकारले यसलाई उपमहानगरपालिकाको रूपमा स्तरोन्नति गर्दा ८ वडा गाविसहरू धर्मनगर, बलिरामपुर, बघवन, दोहरी, उत्तरझिटकैया, भतौडा, मोतिसरसिसहनियालाई गाभेर २७ वटा वडा क़ायम गरेको थियो।[][] ९ वटा सहरी वडाहरू र १८ वटा ग्रामिण वडाहरू रहेको यस उपमहनगरपालिकामा विगतको तथ्याङ्क अनुसार कुल ७७ किलोमिटर सडक रहेकोमा १२ किलोमिटर कालोपत्रे, ३ किलोमिटर ढलान र ३४ किलोमिटर ग्राभेल र बाँकी सडकहरू कच्ची रहेको छ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कलैया उपमहानगरपालिकाको कुल जनसङ्ख्या १,३६,२२२ रहेको छ भने यहाँ २२,१२५ घरधुरी रहेका छन्।[]

भौगोलिक अवस्थित

[सम्पादन गर्नुहोस्]

धरातलीय स्वरूप

[सम्पादन गर्नुहोस्]

प्रशासनिक विभाजन

[सम्पादन गर्नुहोस्]

शिक्षा तथा स्वास्थ्य

[सम्पादन गर्नुहोस्]

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल

[सम्पादन गर्नुहोस्]

यहाँका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलहरूमा सिद्धेश्वर मन्दिर, राजदेवी मन्दिर, नुतनदेवी मन्दिर, मुक्तेश्वर मन्दिर, राधाकृष्ण मन्दिर, महावीर मन्दिर, बुद्ध मन्दिर, चिमनीमाई मन्दिर, बेलपाती मन्दिर, मस्जिद, बौद्धिमाई मन्दिर, हनुमान मन्दिर, रामराजा दरबार, सिद्धेश्वर मा.वि., रामजानकी मन्दिर, बरेवा हरियाली पार्क, रामपुरको पोखरी, लङ्गडा पोखरी, बावन बिगाहा फुलबारी, गढीमाई मन्दिर (७ किलोमिटर पूर्व) रहेका छन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "७ सय ४४ स्थानीय तह कार्यान्वयनमा", कान्तिपुर दैनिक, २७ फाल्गुन २०७३, अन्तिम पहुँच २७ फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-०१ मिति
  4. "यी हुन् अब बन्ने ४ महानगरपालिका र १२ उप-महानगरपालिका", सेतोपाटी, १२ पौष २०७३, अन्तिम पहुँच १२ पौष २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-१७ मिति
  5. "९ स्थानीय तह थपिँदै कहाँ कति थपियो?" (नेपालीमा), अन्तिम पहुँच २०१८-०१-१० 
  6. "१९ जिल्लामा थप गाउँपालिका र नगरपालिका", बीबीसी, २०७४ जेठ ८, अन्तिम पहुँच २०७४ जेठ ८ 
  7. "गाउँपालिका र नगरपालिकाहरूको नाम, सङ्ख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 
  8. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  9. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]