घटालस्थान बाबा मन्दिर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
घटालस्थान मन्दिर
घटालस्थान मन्दिर Nepal-এ অবস্থিত
घटालस्थान मन्दिर
घटालस्थान मन्दिर
नेपालको नक्शामा घटालस्थान मन्दिर
निर्देशांक:२९°१७′उत्तर ८०°२९′पूर्व / २९.२९° उत्तर ८०.४८° पूर्व / 29.29; 80.48निर्देशाङ्क: २९°१७′उत्तर ८०°२९′पूर्व / २९.२९° उत्तर ८०.४८° पूर्व / 29.29; 80.48
नाम
वास्तविक नाम:घटाल बाबा
अवस्थिति
देश:नेपाल
राज्य/अञ्चल:महाकाली
जिल्ला:डडेलधुरा
स्थान:अमरगढी, डडेल्धुरा
कला र संस्कृति
मुख्य देवता:देवता
प्रमुख चाडपर्व:प्रतेक नयाँ वर्ष १ र २ गते
वास्तुशैली:प्यागोडा

घटालस्थान बाबा मन्दिर डडेलधुरा जिल्लाको अमरगढी नगरपालिका वडा नं ७ मा अवस्थित छ । घटालस्थानमा हरेक नयाँ वर्षको पहिलो दिन पूजा हुन्छ र २ गते मेला लाग्छ । त्यहाँका धामीहरूले आआफ्ना समस्या समाधानका निम्ति गएकाहरूलाई म्याद दिएरै समस्या हल गरिदिने आश्वासन दिन्छन् । देउताको प्रभाव र शक्तिलाई कसैले चुनौति दिए भने मूल धामी तिलकसिंह विष्टले आफूले बालुवा खानुका साथै अरु धामीलाई पनि खुवाएर शक्ति देखाउने गर्छन् । स्थानीयवासीहरू धामीले निहुरिएर मुखभरी बालुवा लिएर खाने गरेको विश्वास गर्दछन् । धामीहरूले पहिले-पहिले ६० घडा बालुवा र ६० घडा पानी खाने गर्थे भन्ने किंबदन्ती स्थानीय रुपमा प्रचलित छ । मुखभरीको बालुवा पानीसँगै घुटुघुटु निल्दा पनि दैवी शक्तिकै कारण कुनै स्वास्थ्य समस्या नदेखिएको धामीहरूले दावी गर्ने गर्छन् । आफ्नो मनोकामना पुरा भएकाहरूले यहाँ बोका, राँगा, भेडा, कुखुरा जस्ता पशुपंक्षी बली दिन्छन् । किंवदन्ती अनुसार राजा नागी मल्लकी पुत्र विहिन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लग्न नसकिएपछि त्यहीं नै घटालबाबा स्थापना गरिएको बताइन्छ । डडेल्धुरा ,डोटी लगायतका पश्चिमी क्षेत्रमा आस्तिकहरू माझ घटालबाबाले मनोकामना पुरा गरिदिने जनविश्वास रहेको पाइन्छ । खडेरी परेको वर्ष स्थानीयबासीले पानी देउ भन्ने नारा लगाउँदै खोलाको पानी लगेर घटालशीलाको प्वालमा हाल्छन् र वर्षाको कामना गर्छन्। [१]

उत्पत्ति तथा ऐतिहासिक पृष्ठभुमि[सम्पादन गर्ने]

घटालस्थान बाबा स्थान

घटाल देवताको उत्पति कहिले र कुन अवस्थामा भयो भन्ने कुरामा एक मत नभएता पनि किंवदन्ती भने यस प्रकार छ । महाभारतमा वर्णित भिमपुत्र घटोत्कच यहाँ जुन देवताको रुपमा पूजित भएका छन् तिनको स्थान पहिले हालको घटाल भन्ने ठाउँमा थियो । घटाल श्मसानमा बस्ने हुदा त्यस ठाँउमा सधै मुर्दा जलाउने गरेको र बुढी घटाल नजिक "हाटा" गाउँमा धेरै पहिले एउटा बृद्दा ब्राम्हणी बस्दथिन् । तिनि सधै डोटी खोलामा नुहाई देवताको पुजा पाठ गरि नित्य मध्यान्हको कालमा भोजन गर्ने गर्दथिन् । प्रतेक दिन त्यस ठाउँमा मुर्दा जलाउने गरेको समयमा पूजा पाठ र भोजन गर्ने कुरामा बाधा पर्न गएको रहेछ । एक दिन तिनले घटाल देवताको आव्हान गरिछन् । घटाल देवताले तिनलाई परेको असुविधालाई महसुस गरि त्याहाँ बाट हाल रहेको ठाउँ एकान्त स्थल हुँदा त्यहीं बसोवास गरेका छन् । तेही बगिआएको घट्टको चक्कामा पुजा गर्ने र बलि दिने प्रचलन आएको छ । घटाल देवताले साक्षत शक्ती देखाएका थुप्रै उदारणहरू छन् । यिनलाई भिमसेन पत्र घटोत्चक तथा कसैले शिवको रुपमा लिन्छन् । जे भए पनि यि श्मसान बासी ठुला देउताहुन् भन्ने कुरामा याहाँका भक्तजनहरू विशस्त छन् । हरेक वर्षको बैशाख २ गते याहाँ भारि मेला लाग्छ । श्रदालु भक्तजनहरू यो शक्ति सम्पन्न देवता अपार श्रद्धा र भक्ति प्रकट गर्छन् । घटालको गर गहना चम्साल भन्ने गाँउमा राखिने तथा त्याहाँका वासिन्दा भरिया हुने व्यवस्था छ । पूजाको दिनमा देउरोको साथमा धामि झाँक्रिहरू नाचेर बाजा गाजाको साथ घटालस्थलमा पूजा सामाग्रि लगेर पूजा तथा जात्रा सिध्याएपछी पुन: भन्डारमा फिर्ता ल्याउने परम्परा छ । मानिसहरू घटाल देवताको पूजा गरेपछि पानि पर्ने विश्वस गर्दछन् । [२]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडिहरू[सम्पादन गर्ने]