परशुराम धाम
Jump to navigation
Jump to search
भगवान विष्णूका दश अवतार मध्ये परशुराम अवतार भएको धाम डडेल्धुरा जिल्लाको शीर्ष गाविस अन्तरगत महाकाली किनारमा रहेको छ । एकातिर चूरे पर्वत शृङ्खला र अर्कोतिर महाभारत पर्वतसँगै भारतको पूर्णागीरी पर्वतको मध्य भागमा रहेको परशुराम धाम डडेलधुराको सदरमुकाम देखि १ सय किलोमिटर र कञ्चनपुरबाट ३९ किलोमिटरको दुरीमा सडक मार्गबाट पुग्न सकिन्छ । स्कन्द पुराणमा उल्लेख भए अनुसार नजीकै रहेको पूर्णागीरी मन्दिर सतिदेवीको पूर्ण अङ्ग पतन पछि भगवान शिवले शशरिर आएर यही धाममा लामो कालखण्ड तपस्या गरेका हुन् । पछि ईश्वरीय अवतारका लागि यही पुण्य भूमीमा परशुराम अवतार भएको हो । महाकाली (श्यामा) नदीको किनारामा रहेको चुनढंगामा बसेर भगवान शिव र विभिन्न ऋषिहरूले तपस्या गरेको उल्लेख गरिएको पुराणमा सबै धामको पुण्य परशुराम धामबाट पाउन सकिने उल्लेख समेत गरिएको छ ।