छाब्दिबराही मन्दिर
छाब्दी बाराही मन्दिर | |
---|---|
प्राथमिक विवरण | |
सम्बन्धन | हिन्दुत्व |
जिल्ला | तनहुँ जिल्ला |
देश | नेपाल |
छाब्दी बाराहीको मन्दिर तनहुँ जिल्लाको दमौलीबाट ५ किलोमिटरको दुरीमा रहेको छ। यो मन्दिरमा हाँस, परेवा एवं राँगाको बलि दिइने गरिन्छ। ढोर बाराही मन्दिर र छाब्दी बाराही मन्दिर भन्ने नाम मगर भाषाबाट आएको हो। हजारौं वर्ष पहिले देखि यी दुबै देबीको पुजा मगरहरूबाट गरिंदै आएको हो।
यो मन्दिरलाई सत्य देवीका नामबाट पनि स्थानीय बासिन्दाहरू तथा यस मन्दिर प्रति आस्था राख्ने मानिसहरूले परिभाषित गर्ने गर्दछन्।
मगर संस्कृति विशेष
[सम्पादन गर्नुहोस्]![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/3/36/Chabdibarahi_Temple1.jpg/300px-Chabdibarahi_Temple1.jpg)
"बाराही" को अर्थ नै मगर भाषामा देबी भन्ने हुन्छ। मगरहरुको धर्म संस्कृति अलग्गै किसिमको छ। यी दुई बाराहीहरु भने हिन्दु देबीहरु होइनन्। छाब्दी बाराही र ढोर बाराहीको दैबिक शक्ति प्रचुर मात्रामा भएकोले धेरै सम्प्रदायका मानिसहरूले पनि यी बाराहीहरुको पुजा अर्चना गर्दछन्।
विशेषता
[सम्पादन गर्नुहोस्]![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/b/b4/%E0%A4%9B%E0%A4%BE%E0%A4%AC%E0%A5%8D%E0%A4%A6%E0%A4%BF_%E0%A4%AC%E0%A4%BE%E0%A4%B0%E0%A4%BE%E0%A4%B9%E0%A4%BF_%E0%A4%AE%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A4%BF%E0%A4%B0%E0%A4%95%E0%A5%8B_%E0%A4%9C%E0%A4%B2_%E0%A4%A6%E0%A5%87%E0%A4%B5%E0%A5%80%E0%A5%A7.jpg/150px-%E0%A4%9B%E0%A4%BE%E0%A4%AC%E0%A5%8D%E0%A4%A6%E0%A4%BF_%E0%A4%AC%E0%A4%BE%E0%A4%B0%E0%A4%BE%E0%A4%B9%E0%A4%BF_%E0%A4%AE%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A4%BF%E0%A4%B0%E0%A4%95%E0%A5%8B_%E0%A4%9C%E0%A4%B2_%E0%A4%A6%E0%A5%87%E0%A4%B5%E0%A5%80%E0%A5%A7.jpg)
यहाँ पूर्णिमा, पञ्चमी, अष्टमी,नयाँ वर्ष तथा शनिबारका दिनहरूमा पूजाआजा र विशेष मेला लाग्ने गर्दछ । साथै औँसी, एकादशी र साउन महिनाभरी मन्दिर बन्द रहन्छ। उक्त समयमा देवि गुफा बस्न जाने मान्यता रहेको पाइन्छ। यो मन्दिर माछाको पूजा गरिने नेपालको एक मात्र मन्दिर हो। यस मन्दिरको कुण्डमा सुनको टीका लगाएको माछा छ भन्ने पनि एक प्रकारको जनबिश्वास रहिआएको छ[१][२]
यातायात व्यवस्था
[सम्पादन गर्नुहोस्]चित्रहरू
[सम्पादन गर्नुहोस्]-
पुरानो छाब्दि बाराहि मन्दिरको तस्बिर
-
छाब्दि बाराहिमा रहेको माछाको मुखको धारा
-
छाब्दि बाराहि मन्दिरको पोखरीमा रहेको माछाहरूको सुन्दर दृश्य
-
छाब्दि बराहि मन्दिरको माथिबाट नियाल्दाको सुन्दर तस्बिर
-
छाब्दि बाराहिमा रहेको जलपरि देवीको मुर्ति
-
छाब्दि बाराहि मन्दिरको नजिकै रहेका सहर तथा होटलहरू