१ वैशाख

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
<< वैशाख >>
आइत सोम मङ्गल बुध बिही शुक्र सनि
१०
११ १२ १३ १४ १५ १६ १७
१८ १९ २० २१ २२ २३ २४
२५ २६ २७ २८ २९ ३० ३१
नयाँ २०७१ सालको लागि शुभकामना पोष्टकार

बैशाख १ गते बैशाख महिनाको पहिलो दिन हो । यो दिन विक्रम संवत् अनुसारको नयाँ वर्ष हो साथै वर्ष शुभारम्भ दिन हो । यस दिनलाई नेपालीहरूले देश तथा विदेशमा नयाँ वर्षको एक चाडका रूपमा मनाउने गर्दछन् । यो दिन नेपालका धेरै ठाउँमा नयाँ वर्षको नाममा मेला, महोत्सव, विभिन्न सांस्कृतिक तथा विविध खेलकुद कार्यक्रमहरू आयोजना हुने गर्दछन् । साथै यो दिन नेपाली समुदायको एक सामान्य पर्वका रूपमा नै रहेको छ ।

बैशाख १ गतेको आधारमा रहेर वर्ष भरिको पात्रो बनाउने गरिन्छ ।

घटनाहरू[सम्पादन गर्नुहोस्]

राणा कालिन अन्तिम प्रधानमन्त्री मोहन शमशेर जुन २००५ बैशाख १ गतेदेखि प्रधानमन्त्री भएका थिए
  • वि.स. २०१८ सालमा तत्कालीन राजा विरेन्द्रले नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरेका थिए ।
  • वि.स. २०५६ देखि कान्तिपुर दैनिक १२ पृष्ठ प्रकाशन हुन थालेको थियो । यस अघि कान्तिपुर ८ पृष्ठमा प्रकाशन हुने गर्दथ्यो ।
  • वि.स. २०६१ बैशाख १ गतेदेखि नेपाल टेलिफोन कम्पनीका रूपमा स्थापित भएको थियो ।
  • २०६३ बैशाख १ को दिन सात राजनीतिक दलद्वारा एक अपिल जारी गरिएको थियो ।
  • तत्कालीन नेपालमा ६८ डिभिजन सहकारी कार्यालय रहेकोमा २०६१ बैशाख १ गते देखि ती कार्यालयहरूको बदलामा एक वा सो भन्दा बढी जिल्ला कार्यक्षेत्र भएको ३८ डिभिजन सहकारी कार्यालयको स्थापना भएको थियो ।

जन्म तिथि[सम्पादन गर्नुहोस्]

  • लय संग्रौला (वि.स. २०१३ बैशाख) : साना पर्दाका चलचित्र तथा टेली शृङ्खलाका निर्देशक हुन् ।
चितवनको एउटा कार्यक्रममा गित गाउदै २०४४ बैशाख ०१ गते जन्मीएका प्रकाश तिम्सिना

मृत्यु तिथि[सम्पादन गर्नुहोस्]

पर्व र उत्सवहरू[सम्पादन गर्नुहोस्]

  • सूर्यले पृथ्वीको परिक्रमा बैशाख १ गते पूरा गरेको विश्वासमा पनि यो दिन बिसु पर्व मनाइन्छ ।

अन्य[सम्पादन गर्नुहोस्]

  • अलपेश्वर गुफा स्थानीय युवाहरूको सक्रियतामा वि.स. २०६४ साल बैशाख १ गते पत्ता लागेको थियो ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

बाहिरका सूत्रहरू[सम्पादन गर्नुहोस्]