सामग्रीमा जानुहोस्

धर्मगद्दी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
धर्मगद्दी भित्र शिलंगीको जरामा रहेका विभिन्न देवताहरूका शिला

धर्मगद्दी दैलेख जिल्लाको दुल्लु दरबार नजिक अवस्तित छ। यस भित्र विभिन्न देवताहरूका कलात्मक मुर्तिहरू राखिएका छन्। बाइसे चौबीसे राज्यकालमा दुल्लु राज्यमा झै झगडा भएमा अथवा मुद्दा मामिलामा साक्षीहरूलाई र अभियुक्तहरूलाई साँचो कुरा बकाउनकोलागी यो मन्दिर भित्र लगिन्थ्यो र उनीहरूला धर्मराजको कसम खान लगाएर बोल्न लगाइन्थ्यो।[१] शिलंगीको रुखमुनि रहेको धर्मगद्दी टिनको छानो हालिएको छ भने हेर्दा एक टहरो जस्तो देखिन्छ। हेर्दा टहरो जस्तो देखिए पनि यस भित्र धर्मराज लगायत विभिन्न देवी देवताहरूका मुर्तीहरू र एक धुनी (अग्नी कुंड) भएकाले स्थानिए जनबोलीमा यसलाई "धर्मगद्दी मन्दिर" भनेको सुनिन्छ। दुल्लु राज्यका राज खानदानका परिवारहरूले यहाँ नित्य पूजा आजा गर्दै आएका छन्। यसलाई खसराजा पृथ्वी मल्लको कृती मानिन्छ।

धर्म गद्दी भन्दा पनि यहाँ रहेको शिलंगीको रुखको महत्त्व बढी रहेको छ। कहिल्यै पतझर नभएर सधैं हरियो रहने यो शिलंगीको रुख अन्त कतै पनि भेटिन्न भन्ने भनाइ रहेको छ। दशैंतिहार आउनु पहिले यस शिलंगीको रुखमा फूलहरू देखिनाले यसले चाड पर्वको पहिले स्वागत गर्छ भन्ने भनाइ पनि रहेको छ। अरुबेला फूल न फूल्ने तर तिहारको बेला मात्र फूल फूल्ने भएकाले यस वृक्षलाई अचम्मको वृक्ष मानिन्छ।

सन्दर्भ सामग्रीहरु

[सम्पादन गर्नुहोस्]
  1. स्थानिय भनाई

यी पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]