रेग्मी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

रेग्मी (Regmi) नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरूको थर हो। यिनीहरूको गोत्र कौशिक हुन्छ। भारतकाे कन्नाेजका ब्राह्मणहरुलाई मूश्लिमहरुले लखेटे पछि त्यहिबाट भागेर बभझाङकाे रेगम भन्ने स्थानमा बसाेवास गरेकाेले रेगम शब्द अपभ्रम भएर रेग्मि थर भएका केही ब्राह्मणहरु त्यहाँबाट अछामको रोलकाला गाऊ भन्ने ठाउँमा बसोबास गारेका थिए । हाल त्यस स्थानबाट विभिन्न स्थानमा स्थानान्तरण भएका पाईन्छन् ।

मेहलतोले रेग्मीहरूको इतिहास[सम्पादन गर्ने]

राेलकालागाउँबाट एक परिवार दैलेखकाे लकान्द्रा भन्ने स्थानमा र एक परिवर जाजरकाेटकाे टाटागुयाँला अाई बसाेवास गरेकाे भन्ने पाईन्छ । लकान्द्राका रेग्मिहरु भूर्ति (दैलेख) र टाटागुयाँलाका रेग्मिका संतानहरुमध्ये एक परिवर थुवा   (कट्टी दैलेख) र एक परिवार मेहलताेलीमा अाई बसाेवास गरेकाे भन्ने पाईन्छ ।

परिचय[सम्पादन गर्ने]

भारतको कन्नोजका ब्राह्मण (हिन्दू) हरूलाई मूश्मिहरूले लखेटेपछि त्यहीबाट भागेर जुम्ला जिल्लाको सिजातिर पर्ने रिग्मा भन्ने ठाउँमा बसोवास गरेकोले रिग्मा शब्द अपभ्रम्षित भएर रेग्मी थर भयका केही ब्राह्मणहरू त्यहाँबाट अछाम जिल्लाको रोल कालागाउँ भन्ने स्थानमा आइ बसोवास गरेका थिए । कालागाउँबाट पुन: एक परिवार दैलेखको लकान्द्रा भन्ने स्थानथानमा र एक परिवार जाजरकोटको टाटागुयालामा आई बसोवास गरेको भन्ने पाइन्छ । त्यसपछि लकान्द्राबाटै एक परिवार भूर्ति(दैलेख) मा र टाटागुयालाबाट एक परिवार थुवा (कट्टी) र एक परिवार मेहलतोलीमा आइबसोवास गरेको भन्ने इतिहास पाइन्छ । यसरी अछामको कालागाउँबाट विभिन्न स्थानमा बसोवास गरेका रेग्मी परिवार मध्ये मेहलतोली (तत्कालीन मेलपानी) मा आई बसोवास गरेका परिवारको वंशावली मध्ये १०औंपुस्तासम्मको मात्र इतिहास प्राप्त हुनसकेको छ । जसलाई यहाँ चर्चा गरिन्छ ।  

कौशिक गोत्र, विश्वामित्र ऋषीका संतान, त्रिपवर (विश्वामित्र, जमदग्नी, अघमर्षण), काला रेग्मी (कुमाउबाट आएका कुमाई ब्राह्मण राता रेग्मी र कन्नोजबाट आएका काला रेग्मी मानिन्छन्), २०५९/ ५/ २० गते जन्म भएको कौस्तुभ रेग्मी देखि १०औं पुस्ता सम्म अघिका पुर्खा शँकर पाध्या (शँकर उपाध्याय रेग्मी) मेहलतोलीमा बसोवास गरेको भन्ने इतिहास पाईन्छ । शँकर पाध्या नै टाटा गुयालाबाट मेहलतोली आई बसोवास गरेका हुन् वा उनी भन्दा अगाडि उनका वाबु बाजे कोही आएर बसेका हुन्? भनी केही प्रमाण पाइदैन । जे होस् कौस्तुभ रेग्मी देखि अघि १०औं पुस्ता सम्मका रेग्मी परिवरको इतिहासमा मूल पुरुष शँकर पाध्या र मूल थलो मेहलतोली(मेलपानी)बाट शुरु हुन्छ ।

१.शँकर पाध्या

(क) जगन्नाथको उत्पत्ति

   मेहलतोली निवासी शँकरपाध्या दैलेख जिल्लाको पुग्याँको माथिल्लो भागमा रहेको जगँलको मुजाउको टाकुरीमा भैसी पाल्न गोठेघर बनाएर बसीरहेका थिए । गोठमा भैसीको दुध दोहेर त्यही नजीकै रहेको एउटा रुखमा पूजा स्वरूप सधै दूध चठाउने गर्दथे । गाउँमा परिआएको सानोतिनो जजमानी, कृषि र पशुपालन नै शँकरपाध्याको आर्थिक कृयाकलाप थियो ।

जगन्नाथ उत्पत्ति सम्बन्धमा एउटा रोचक किम्बदन्ती रहेको छ । मेहलतोली भन्दा लगभग चार किलोमिटर उत्तरतर्फको पुग्या भन्ने गाउँ निवासी हिते खड्का (हित बहादुर खड्का) जँगलमा घाँस काट्न भनी गएको थियो । जँगलमा पानी प्यास लागेर जँगलमा रहेको मुजाउको टाकुरीभन्दा उत्तरपट्टी भेरे खोलाको बिचमा पर्ने पाउ खेल्ने (पौडी खेल्ने) रह (दह) मा गएर पानी पिएछ । त्यसपछी उ साँझसम्म पनि घर न आएपछी भोली पल्ट गोठालेहरू खोज्न जादा दह नजिकै घाँसको भारी मात्र फेलापर्‍यो तर हिते खड्कालाई फेला पार्न सकेनन् । अनि अनौठो कुरा के भने उसलाई बोलाउदा “म यहाँ छु” भनेको मात्र सुन्नसकिने तर त्यहाँ कोही मानिस नदेख्खिने भएपछी थप गाउँलेहरू बाजाघाजा र तन्त्र मन्त्र सहित अदृश्य हिते खड्कालाई सम्बोधन गरी बोलाउदा “मैले भनेको मान्ने भए आउछु” भनि शर्तराखेर गाउले द्वारा शर्त स्वीकार हुने भएपछी हिते खड्का प्रकटभई काँप्दै गरेका हितेखड्काको भनाई अनुसार “जुम्जा जिल्ला निवासी एकजना जगन्नाथ नामक ब्राह्मण रहेछन् । जुम्लामा कुलोको झगडाले उक्त जगन्नाथ काटिएछन् । र जुम्लामा प्रेतात्माको रूपमा प्रकटभई स्थानीय मानिसहरूलाई सताउन थालेछन् । यसरी प्रेतात्माले सताउन थालेपछि जुम्लाकै भोटेलामा देउता (जुम्लीहरूले मान्ने देउता) ले प्रेत जगन्नाथलाई त्यहाँबाट लखेटेर भगाउँदै भगाउँदै लगेछ । जगन्नाथ भागेर कालिकोटको महाबु लेकमा रहेका महादेबको शरणमा पर्नगयो । तर लामा खोज्दैत्यहीँ आईपुग्यो। माहादेबले पनि शरणमा पर्न आएकोलाई बचाउनु कर्तव्य सन्झेर जगन्नाथ यहाँ आएको छैन भनी लामालाई फर्काए । तैपनि जगन्नाथ त्यहाँ आफुलाई असुरक्षित महशुस गरी त्यहाँबाट हालको सल्लेरी गा. बि. स.– ७ मा रहेको सार्कीचौरमा टाँगो हानेर (ध्वजा सहितका बाँस) केही दिन त्यहाँ बसेर त्यस ठाउँबाट पनि फेरी श्रावण कृष्ण प्रतिपदाको दिन हिडेर पुग्याँको लेकमा आएर एउटा काठको टोट्कामा लुकेर बस्यो, जुन ठाउमा शँकर पाध्याले सँधै दुध दुहेर वनदेवीको नाममा चठाउने गर्दथे । त्यही दूध खाएर उक्त जगन्नाथ लामो समय सम्म त्यही बस्यो । एकदिन उक्त हिते खड्कालाई पानी प्यास लागेपछी हिते खड्का पानी खान जाँदा उसको शरीरमा प्रवेश गरेर जगन्नाथले पानी खाएछ । र हितेखड्कालाई मन पराएर उसै सँग बस्न भनी जगन्नाथले लोप गराएको वृतान्त काँप्दै हिते खड्का मार्फत जगन्नाथले भन्यो “म यहाँ आएर लामाबाट सुरक्षित भएँ, रुखको टोट्कामा बसे, शँकर पाध्याले चढाएको दूध खाएँ र हिते खड्काको शरीरमा चढेर पानी खाएँ तर्सथ मलाई लामाबाट सुरक्षित राख्न एउटा थान बनाएयोस् र हिते खड्का मेरो धामी बनोस्” भनी जगन्नाथ धारण हिते खड्का बोले पछी उक्त कुरा स्वीकार्य भएपछी हिते खड्काबाट जगन्नाथ निस्किई सर्वसाधारण मानिस झैँ यथावत घर फर्को । त्यसै अनुरूप पुग्याँ गाउँका खोटखोला नजीकै एउटा थान बनाई जगन्नाथलाई राखियो । र त्यसै जगन्नाथलाई शँकर पाध्याका संतानहरूले पूज्दै आएका छन् । शँकर पाध्याकै समयमा स्थापना गएिको उक्त थान सोहि स्थानमा अहिले पनि रहेकोछ । र तिनै जगन्नाथलाई शँकरपाध्या र एनका संन्तानहरूले पूज्दै कूल देएताको रूपमा स्वीकार गरी पूज्दै आइरहेका छन् ।

(ख) जगन्नाथको शाखा

  शँकर पाध्याले स्वयंं स्थापना गरेको थानमा रहेको जगन्नाथलाई शँकर पाध्या पूजारी भएर कुल देउताको रूपमा पूज्दै आएका थिए । यसरी पूज्दै आउने क्रममा एक पटक पूर्णीमाका दिन थानमा देउता मान्नेवेला वली काट्दा हतियार (खुडा) ले कृष्ण पाध्या (शँकर पाध्याका ५औंपुस्ता) को खुट्टामा लागेर रगत आएपछि उक्त देउता पूज्ने जिम्मा मेहलतोली निवासी सगोत्री भाई गर्भु पाध्या (रेग्मी) (गर्भु  पाध्या, लालमणी पाध्या, दयाराम पाध्या, लक्ष्मी उपाध्याय (नायक)) लाई दिईयो । पछि यिनी (गर्भु पाध्याका संन्तानहरूले पनि उक्त कार्य धान्न नसकी वा सम्हाल्न नसकी रुम गा. वि. स. चिउरा भन्ने ठाउँमा बसोवास गर्ने टर्रु पाध्या(लटु पाध्याका संन्तान) हरूलाई सुम्पिदिए । त्यसपछी शँकर पाध्याका संन्तानहरूको कुल देउता जगन्नाथ नै भए पनि देउता पूज्ने काम उनै चिउर्‍याल रेग्मीहरूले नै गर्नथाले र हाल सम्म पनि उनिहरूले नै पूजेका छन् ।

      यसरी शँकर पाध्या देखि ५औं पुस्ता सम्म पूज्दै आईएको जगन्नाथलाई कृष्ण पाध्यालेपूज्ने कार्य अरुलाई दिएको सायद जगन्नाथलाई उचित लागेन होला तसर्थ केही समयपछि रुमाको ढणगाउँ निवासी वले रावत (कैले रावतको वावु) को शरीरमा उक्त जगन्नाथ चढ्यो । अर्थात वले रावतलाई जगन्नाथ स्वरूप देउता आउन थाल्यो । उक्त देउताको आदेश अनुसार पुन: कृष्ण पाध्याले नै जगन्नाथको पूजारी भई पूजागर्नुपर्ने भएपछी ढणगाउँमा अर्को जगन्नाथको थान बनाई (शाखा खोली) पूजारीको रूपमा कृष्ण पाध्याले नै पूजा गर्नथाले जुन अहिलेसम्म पनि चलिरहेको छ । जसलाई निरन्तरतादिन शँकर पाध्याका ८औं पुस्ताका नाती जनक राज शर्मा रेग्मीद्वारा  पनि हरेक वर्ष  जेष्ठ, श्रावण र मंसिर पूर्णीमाका दिन जगन्नाथको पूजा गर्दै आईएको छ ।

      (ग) जगन्नाथको उपशाखा

शँकर पाध्याका ७औं पुस्ताका संतान जयानन्दको पालासम्म हरेक बर्ष जेष्ठ , श्रावण र मंसिर पूर्णीमाका दिन नियमितरूपमा वर्षको तीन पटक नै ढणगाउँमा रहेको जगन्नाथको थानामा पूजा गर्दैआईएको थियो । जयानन्दको देहान्त पश्चात जनकराज रेग्मीले जेठो छोराको हैशियतले जगन्नाथको पूजारी भई पूजा गर्नुपर्ने भयो । तर जनकराजको बसाई नेपालगँज भयकोले वषको तीन पटक नै पूजा गर्न जान असमर्थ भएपनि एक पटक अनिवार्यरूपमा जाने गरिएको थियो । त्यसमा पनि वर्षमा एक पटक पनि अनुकुल नपरेकोले अवस्थामा भाई गणेशप्रसाद उपाध्याय (काकाको छोरा) लाई थानको वाहिरबाटै पूजा गर्ने अनुमती दिए अनुसार त्यसरी पनि पूजा गर्ने गरिएको छ । तरपनि जनकराज ढणगाउँ जान असमर्थ भएको बेला मेहलतोलीको घरमा जयानन्दले गृह देउताको रूपमा जगन्नाथको दैनिक पूजा गर्ने गरिएको पूजाको थलो (सामग्री सहित) जयानन्दको मृत्यु पश्चात २०४७ साल मंसिर महिनामा मेहलतमेलीबाट नेपालगँजको घरको छतमाथि अनौपचारिकरूपमा जगन्नाथको थान (उपशाखा) बनाई पूजागर्ने गरिएको छ ।

त्यसतै अर्को उपशाखा ढणगाउको जगन्नाथको धामि बले रावतका धेरै पूस्ता पछिका संतान जय बहादुर रावत २०२७/२८ साल तिर नौबस्ता गा. बि. स. जब्दहवा, बांकेमा बसाई सरेपछि त्यही देउता जयबहादुर रावतमा प्रवेश गरेकोले ऊ धामी भई अनौपचारिकरूपमा सोही देउताको स्थापना (थान) जयबहादुर रावत (जगत रावतको बुवा) को जब्दहवाको घरमा पनि पूजागर्ने र देउता मान्ने पूज्ने कार्य भईरहेको छ । तर त्यस थानमा देउता पूज्ने पूजारी निश्चित गरियको छैन । अनुकुलनता अनुसार कहिले काँही जनक, गणेश, शान्ति मध्ये जो कोही भाईले पनि अनौपचारिकरूपमा पूजागर्ने गरेका छन् । 

२. कालुपाध्या   

(क) देउती बज्यैका पूजारी

      दैलेख जिल्लाको चौराठा भन्ने स्थानमा ठकुरीहरूका मूल पूरोहित भएर अधिकारी ब्राम्हणहरू बसोवास गरेका थिए । त्यसै अधिकारी परिवारकी एकजना ब्राम्हणी (कालुपाध्याकी छोरी चन्द्रा अधिकारी) गर्भीणी अवस्थामा नै विधुवा भइन् । तर त्यहाँको समाजले उनलाई अवैध गर्भ बोकेको आरोप लगायो । आरोप प्रति न्याय निसाफकर्ता कुँवर थर भएका एकजना (पछी चन्द थर लेख्न थाले) भलाद्मीले इन्साफ गरिदिदा उक्त आरोप सहन नसकेर उनले स्वयं माडुवा (चौराठामा पर्ने स्थान) मा चिता बनाइ गर्भेवालक सहित आगोमा हामफालेर प्राण त्याग गरिन् । पछी उनै ब्राम्हणी प्रेतात्माको रूप धारण गरी जागे पछी अधिकारी समाजमा उल्कापात मच्चियो । त्यहाँका मानिसहरूलाई विभिन्न प्रकारका किरा, सर्प, बिच्छीहरूले डसेर सताउन थाले । दिउँसै गाउँमा बाघ, भालुजस्ता भयानकजनावरहरू प्रवेश गर्न थाले । आँधि पानी, असिनाले वर्षेनी बालिनालि नोक्सान पार्न थाल्यो । विभिन्न प्रकारका प्राकृतिक प्रकोप र अनिष्ट देखा पर्नथाल्यो । यस्तो उल्कापात शान्त पार्न विभिन्न स्थानका धेरै ब्राम्हण, धामी झाँक्री बोलाएर वेदपाठ तन्त्र मन्त्रादी गर्दा पनि शान्त हुन सकेन । केहीगरे पनि उक्त प्रेत शान्त नभएपछि अन्तत: कालुपाध्यालाई बोलाएर पूजा हवन गराउदा उक्त प्रेतात्मा शान्त भयो र त्यो प्रेतात्मा एकजना अधिकारीको शरीरमा प्रवेश गरेर धामी काँप्दै उसै मार्फत आफनो र बालकको सुव्यवस्था गर्न एउटा मन्दिर (थान) बनाएर राख्ने र उक्त थानमा कालुपाध्याले नै पूजारीको रूपमा पूजा गर्नुपर्ने भन्ने कुरा धामी मार्फत भने पछी कालुपाध्या नै त्यस थानको मुख्य पूजारी भई यस थानमा पनि पूजारी बने । र हालसम्म पनि कालु पाध्याका संतानहरूले नै उक्त थानको पूजा गर्दै आएका छन् । 

तत्कालीन समयमा चौराठा भेकका सबैको ब्राम्हण वा पूरोतिह अधिकारीहरू थिए र आधिकारीहरूको ब्राम्हण कालुपाध्यालाई नै मान्दै आएका थिए । समय बित्दै जाँदा पछि त्यहाँका सबै अधिकारीहरू उपाध्यायबाट जैसीमा परिणत (सामाजिक नियमानुसार) भएपछि जजमानिको आधा भाग अधिकारीहरूले पाउनेगरी चौराठा भेकको सबै जजमानि कालू पाध्याको पालादेखि उनका संतानहरूकै भयो । त्यस्तै रुम भेकमा पनि रावतहरूको मात्र कालूपाध्या जजमान थिए । रावत बाहेक अरु सबै तिनै अधिकारीहरूका जजमान थिए । त्यहाँ पनि उनिहरू जैसी भएपछि कालूपाध्या र उनका संतानहरूले जजमानि सम्हाल्दै आए ।

(ख) वैवाहिक जीवन

कालूपाध्या तत्कालीन सामाजिक परीवेश अनूसार नै विवाहित भएपनि ६० बर्षको पूग्दा पनि निसन्तान थिए । उनि नि:सन्तान भए उनको शेषपछि जगन्नाथको पूजा गर्ने कोही नहुने हुनसक्ने सम्भावना देखिएकोले जगन्नाथको आदेश अनूसार धामी बले भनिने कैले रावत ले दिएको अक्षता ग्रहण गरेर जाजरकोटको दशेराका खनाल ब्राम्हणको घरमा तत्कालीन प्रचलन अनूसार बिवाहका लागि दही र कसार सहित पुगे । र त्यस घर की कन्या माग्दा कहाँबाट कसले पठाएर ६० बर्ष का बृद्धलाई कन्या माग्न आयौ भनी कन्या पक्षले सोधे । जवाफमा जगन्नाथले पठाएर आएका हौ भने पछी कन्या पक्षले पनी ठिकै छ यदि जगन्नाथले पठाएकै हो भने एक बर्ष पछी आउनु भनी दहीको ठेकी र कसार राखेर र्फकाए । एक बर्ष पुरा भएपछी पु:न जगन्नाथको आदेश अनुसार उक्त कन्याको घरमा बिबाहको तयारीमा पुगे । कन्या पक्षका घरका मानिसले एक बर्ष पहिले देखि घरको धुरीमा झुण्डायाएर राखेको उक्त दहीको ठेकी र कसार निकालेर हेर्दा नबिग्रीएर जस्ताको त्यस्तै रहेको पाए । त्यो देखेपछी जगन्नाथले नै पठाएकोले नबिगिएको होला भनी खुशी भई लगभग १० /११ बर्षकी कन्या  ६०बर्षे बृद्धलाई कन्यादान दिएर पठाए । उनी बाट पछी एक सन्तान जन्मिए जसको नाम पल्लव (पुन:फाएको) पाध्या राखियो ।

कालु पाध्याको प्रसँग सँगै एउटा अर्को महत्वपूर्ण घटना के छ भने केटी मागेको एक वर्ष पछी पु:नकन्याको घरमा जाँदा कन्या दिए ठिकै छ नदिए प्राण त्याग नभए सम्म त्यसै घरमा बस्ने र प्राण त्याग भए पछि त्यसै घरबाट शव (कालुपाध्याको) मेहलतोली ल्याउने भन्ने निर्णय गरी मरेपछि आवश्यक पर्ने गजिनाको कपडा र शंख कन्याको घर भन्दा केहि टाढा बाटोमा नै एक स्थानमा राखेर छोडेका थिए । तर कन्या पाएपछि विवाह गरेर मेहलतोली आए । त्यो शंख र गजिना त्यसै स्थानमा छोडिएकोले उक्त स्थानको नाम शंखमुल रहेको छ । जुन स्थान हाल सम्म पनि दशेरामा प्रसिद्ध रहेको छ ।

३. पल्लव पाध्या

४. देउमूनि पाध्या

५.कृष्ण पाध्या

शँकर पाध्याका पांंचौं पुस्ता पछिका सन्तान कृष्ण पाध्याले आफनो जीबन भरी २ वटा महत्वपूर्ण काम गरेका छन् । एउटा महत्वपूर्ण काम भनेको ढणगाउँमा जगन्नाथको शाखाको स्थापना हो जसलाई अगाडि चर्चा गरी सकियो र अर्को महत्वपूर्ण काम भनेको जैसीहरू सँग हाड नाता गाँसिएको हो जसलाई यहाँ चर्चा गरीन्छ । शँकर पाध्या देखि लगेर उनका पाँचौँ पुस्ताका सन्तान कृष्ण पाध्या सम्म आउँदा सबैका एक एकवटा मात्र छोरा भएकोले कृष्ण पाध्याले आफु एक्लो भएको महशुस गरी डाँडा पाखुरेका (मेहलतोलीकै एक स्थान) का तीन भाइ कालुजैसी, हर्कु जैसी र चाउर जैसी सँग हाड नाता गाँसी भाइबन्धुको नाता कायम गराई तत् उपरान्त १० दिने जुठो बार्नु पर्ने गरी नाता कायम गराएका थिए । त्यती बेलादेखि नै कृष्ण पाध्या एबं कालु जैसी, हर्कुजैसी र चाउर जैसीका छोरा नाति पनाति सम्मले जुठो बार्दै आएका छन् । यद्धपी आफनै कुल वंंशका भाई भतिजा बीच १०औं पुस्ता पछि जुठो बार्नु पर्दैन तर यस्तो गाँसेको नाताको जुठो पुस्तौं पुस्ता सम्म रहन्छ । 

६. देबीराम उपाध्याय (वि. स. १९४३/१९८२)

शँकर पाध्यायका छैटौ पुस्ताका सन्तान देबीराम पाध्याको जन्म बि. स. १९४३ सालमा भएको हो । मेहलतोलीदेखि नजीकै लमरु निवासी न्यौपानेकी छोरी जसोधा  (यसोधा) सँग विबाह गरेर देबीरामका दुई छोरा दुई छोरी थिए । देबिरामले चौराठा, रुम, सल्लेरी, ढणगाउँ आदि स्थानमा वंश परम्परा अनुसार जजमानी सम्हाल्नुका साथै उनी द्धारा कुल परम्परा अनुसार जगन्नाथको पूजा पनि गर्दै आईएको थियो । जजमानीका साथै कृषि र पशुपालन पनि देबीरामको पेशा थियो । मेहलतोली र तुर्सुको शिरानमा पर्ने टोटापोखरा भन्ने स्थानमा देवीरामले गोठे  घर बनाइ भैसी पालन गरेका थिए । त्यही टोटापोखरामा पर्ने धनधुरे खोलाको तिरमा आषाढको महिनामा घाँस काट्न गएको बेला पहरोबाट खोलाको दहमा लोटेर खुटमा चोट लागेर नजिकैको ओडारमा आफै घस्रिदै गएर वेसाहारा भई एक रात त्यही ओडारमा बिताएपछि भोलि पल्ट गोठालाहरूले खोज्दै जाँदा भेट्टाएर घरमा खबर गरेर तीन दिनपछि घर (मेहलतोली) पर्‍ुयाइएको थियो । त्यही खुट्टाको चोटका कारणले धेरै दिनसम्म घरबाट बाहिर निस्कन नै नसकी बि. सं. १९८२ साल भदौको अन्त्यतिर (लोटेको लगभग तीन महिना पछि) हरितालीका तिजको दिन स्वर्गारोहण भएको थियो ।  

लोट्दाको घटना

गोठमा भैसी लगेर चराउँदै घाँस काटदै गरेर एक भारी घाँस गोठमा राखेर फेरी अर्को भारी घाँस काट्न गएको बेला भैसीहरूलाई जँगल मै यही चरेर बस म आउछु अनी जाउला भनी पहरोमा गएर बोटेघाँस काट्दै गर्दा एक मुठो जती घाँस काटी सकेपछी निकै तल पानी र ढुँगा भएको ठाँउमा खसेर एउटा खुट्टाको घुडामा चोट लागेर बेसाहारा भए घस्रिदै नजिकैको वडारमा रात बिताए । उता गोठमा अन्य साथि गोठालाहरू भैसी पनि नल्याई आफु पनि किन नआएको भनी खोज्न जाँदा भैसी मात्र जँगलमा भेटाएर गोठमा ल्याए । भैसीको दुध दोहीओरी सकेर पुन: भैसी छोडी दिने प्रचलन थियो । त्यही प्रचलन अनुसार भैसी राति छोडेपछि (फुकाएपछि) भैसी सरासर सोही स्थानमा गएर आफ्नामालिक (देवीराम) लाई कुरेर बसिरहेका रहेछन् । बिहान गोठालाहरू मिलेर खोज्न जाँदा अचम्म के भने अघिल्लो लिन साँझ भैसी जुन ठाउँबाट लगेका थिए त्यसै ठाउँमा गएर बसेको पाइयो । गोठालाहरूले किन यसै स्थानमा आएर भैसी बसेका छन् त? भनि  त्यही आसपासमा देबीरामलाई बोलाउँदै जाँदा नजिकैबाट गुहार मागेको आवाज सुनेर गोठालाहरू एकजुट भई भिरमा बाटो बनाएर घटना स्थलमा पुगी उद्दार गरेर घरमा खवर गरी घरसम्म पुर्‍याउन तीन दिन लागेको थियो ।

पितृ मुक्ति एवं शुभ शान्ति यज्ञ

      शँकर पाध्यादेखि यता छैठौं पुस्तासम्म आइपुग्दा पनि वंशमा धेरै विस्तार आउन सकेन । सबैका एक एक वटा मात्र छोरा भए । तर देबीराम पाध्या पछि वंशमा केही विस्तार आयो । उनका दुई छोरा दुई छोरी भए। तर देबीरामको पालाबाट छोरा छोरी , नाती नातीनीहरूको आर्थिक एवं शैक्षिक उन्नयन भए पनि पारिवारिक सु:ख शान्ति भने भएको पाईएन । त्यसैले गणेशप्रसाद उपाध्यायले पितृ मुक्ति एवं शुभ शान्तिको कामना गर्दै देबीराम उपाध्याय लोटेको स्थान (टोटापोखरा) मा एउटा “नारायण वली” दिने हो कि? भन्ने योजना २०६० साल तिर बनाउनु भएको थियो । यसै पितृ मुक्ति एवं शुभ शान्तिको कामना गर्ने उद्देश्यले टोटापोखरामा सप्ताहव्यापि यज्ञ(सप्ताह) गर्ने योजना २०६०साल तिर   जेठा नाती जनकराज शर्मा रेग्मीले बनाउनु भयो । २०६० साल तिर सप्ताह यज्ञ कार्यक्रमलाई पारिवारिक छलफलमा ल्याई २०६४ अषाढ  महिनामा शुभदिन पारेर यज्ञ गर्ने निर्णय गरिए अनुसार २०६४/३/५ देखी ११ गते सम्म टोटापोखरामा सबै जम्मा भएर सप्ताह यज्ञ गरियो । जसमा ब्राम्हणका तर्फबाट सपत्निक लक्ष्मिप्रसाद आचार्य (भुर्ति), धना लम्साल (कट्टी) तुर्सु कि न्यौपाने बज्यै (शान्तिराज रेग्मी की सासू) र कर्ताको तर्फबाट सपत्निक जनकराज रेग्मी, सपत्निक गणेशप्रसाद उपाध्याय, श्रीमती ज्वालादेबी रेग्मी र अन्य उपस्थितीमा दीप बहादुर शाही (तुर्सु) लगायत मेहलतोली, तुर्सु, चिउराबाट पनि उपस्थित भएका थिए । कर्ताकै रूपमा थिर बहादुर हमाल (रेग्मी) (जसका बाबु देबीचन्द्र रेग्मी पनि टोटापोखरा कै जँगलमा घाँस काट्न गएकोबेला २०५९ साल श्रावण महिनामा रुखबाट लोटेर घटना स्थलमा नै मृत्यु भएको थियो) पनि सहभागि थिए ।

      उक्त स्थलमा सप्ताहव्यापी यज्ञ समाप्त भई सकेपछि उपस्थित सबैजनाको सामुहिक निर्णय अनुसार उक्त यज्ञ स्थलमा एउटा राधा कृष्णको मन्दिर स्थापना गर्ने निर्णय गरिएको थियो ।

राधाकृष्ण मन्दिरको स्थापना  [सम्पादन गर्ने]

टोटापोखरामा मन्दिर बनाउने योजना बनाईए पनि  टोटापोखराको नजिक मानव बस्ति नभएको वन क्षेत्रमा मन्दिर बनाउन उचित नभएकोले धेरै मानिसहरुको परामर्श अनुसार १०औं पुस्ता देखिको पुरानो वासस्थानमा पुराने घरकै थलोमा मन्दिर स्थापना गर्ने निर्णय गरीयो । त्यसै निर्णय अनुसार जयानन्द उपाध्यायका छोरा नातीका संतानहरूको सहभागितामा २०७३ बैशाख ७ गते देखि श्रीमद् भागवत सप्ताह तथा राधा कृष्ण प्राण प्रतिष्ठा कार्यक्रम गरेर तत्कालिन राज्य मन्त्रि कुन्ति शाहीद्वारा मन्दिरको समुद्घाटन गरियो ।

यसै अवसरमा शंकर पाध्याका १०औं पुस्ताका नाति कौस्तुभ रेग्मी, कस्मिक रेग्मी, काव्य रेग्मी, शौरभ लामिछाने लगायत सात जनाको संयुक्त उपनयन पनि गरिएको थियो जसमा बटुकहरूका दिदी बहिनी साहारा खनाल, कसमस रेग्मी, मामा प्रकाश पौडेल, विनयराज न्यौपाने, फूपु फुपाजु श्रुति रेग्मी, शम्भु अधिकारी, डिल्ली आचार्य, मावली हजुर आमा सुशिल न्यौपाने, दाजू विज्ञान घिमिरेको महत्वपूर्ण उपस्थिति रहेको थियो । साथै मन्दिर उद्घाटनको अवसरमा प्रा.डा. भागवत प्रसाद शर्मा, सुशिला शर्मा, श्रीमान श्रीमति प्रा.डा. कृष्ण बहादुर थापा, सरिता रिजाल, धर्मराज रिजाल लगायत महत्वपूर्ण व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

Source: Informal Interview with  Janak Raj Sharma Regmi Nepalgunj -18, Banke.

सूचना संकलनकर्ता

किरणराज रेग्मी

उप प्राध्यापक

सुर्खेत क्याम्पस (शिक्षा)

Some Poems

१.भावना

रचयिता कल्पना रेग्मी

बस्तीमा तिरको हान्छ लुकि लुकी अचम्मले ।

यो सत्य त हुंदै होईन मन आत्तिन्छ पीरले ।।

युगको जग भत्काई के बन्छ युगको घर ।

भावनाका चरी मर्छन् कति सजल सुन्दर ।।

वेदना मनका पग्ली बन्ने छन् कति सागर ।

भड्किएको हियो छाम्दा मिल्दैन किन उत्तर ।।

ननिभ्ने भुसको आगो भित्र भित्रै छ दन्दनी ।

अँझ त्यै खोस्रदै ताप्छन् सत्ता शासनका धनी ।।

परदेश भएआज जन्मेका घर आगन ।

मान्छे रित्तै कति होलान् चोरिंदा मन भावना ।।

म न्यानो घाम पर्खिन्छु हेर्छु आकाश पूर्वको ।

प्रतिक्षा अनिदो आँखा दारा लामो छ रातको ।।

बच्चाका गूँड नै भत्के बुढाका दण्ड भाँचिए ।

खेतबारी सबै सुक्दा भावना कति भासिए ।।

२. धर्ति

रचयिता कल्पना रेग्मी

यै धर्तिको जनक कुटिमा जन्मियो एक तारा

आमा उन्की जगमग भइन् कल्पनाकी सीतारा ।

आमाका चन्द्रनै हुन् जनक ह्दयमा ज्ञानको हेर बास

पोखिन् आफ्ना सुख सयल सबै कस्तुरी झैँ सुवास ।

दिँदै आफ्ना स्तन अमृतका चेतनाले भिजाई

चिर्दै कालो भुँमरी बीचमा ज्ञान रस्मी फिजाई ।

त्यागी आफ्ना रहर तिमीमा जीवनान्द भर्न

खोज्थिन् आमा जीवनपथमा शान्त विश्राम गर्न ।

यसै घरमा पलपल ढुकी पुत्र औ पौत्र नित्य

बोकी सारा पृथ्वी भरिका बुद्ध सन्देश सत्य ।

रोज्दा रोज्दै तन मन धनले शान्तिको दिव्य पुञ्ज

हेर्दा हेर्दै खडहर हुन गो शान्तिको यो निकुञ्ज ।

यौटी आमा मरुभूमि बनी पानी खोज्दैछ आज

रोई रोई मन दहनमा डुब्नखोज्दै छ आज ।

लाग्यो कालो ग्रहण शशिमा कान्ति खोज्दै छ आज

आत्मा यौटा अधमर बनी मृत्यु खोज्दै छ आज ।

खोज्थिन् इष्र्या रहित जननी प्रेम तिम्रो अमुल्य

तिम्रो वाणी ह्दय बिचमा दिव्य आलोक तुल्य ।

मेरो यौटा शिर निहुरियो बाँकी छन् सद् चरित्र

मान्छे भन्छन् किन भुमरी पस्यो बुद्ध मन्दिर भित्र ।

तिम्रो आस्था धमिलिन गयो मैलिए सद् चरित्र

तिम्रा आफ्ना गूढहित दिने क्रान्तिका दूत मित्र ।

टाढा होलान् तिमी संग पनि रित्तिएला भकारी

मातृवाणी कलुषित भयो हेर्नु आँखा उघारी ।

तारा दुईटा जननी मुटु तीं वंशका हुन् चिनारी

क्रान्ति संज्ञा दिइकन गयौ शान्तिकी हुँ पुजारी ।

३.पाँञ्चायन देवी देउता

रचयिता कल्पना रेग्मी

हिमाल झै तिमी हाँसी हँसाऊ अरुको दिल ।

कोपिला छौ तिमी आज फूल सुन्दर भै फूल ।।

पुतली झैं तिमी नाच हर्षले बन हर्षित ।

आत्मा हो जिन्दगी न्यानो मन पार अकुण्ठित ।।

ए मेरा भोलिका आशा मेरा सृजनाका गरा

यो अँध्यारो भिरालोमा के भेटिन्छ र टाकुरा ।।

छन् तिम्रा मनमा मीठा वान्किला सपनाहरु

कति आकार खोज्दैछौ मनका कल्पना अरु ।।

उठी आज तिमी नौलो दैलो खोल प्रभातको ।

जलेको दिलमा छर्क रसधार विवेकको ।।

जुन हौ जुनकिरी होइनौ सितारा नै म देख्दछु ।

टेक्न खोज्दा कुनै लौरो आधार तिमी मान्दछु ।।

प्यारा सन्तती हौ मेरा आ“खा कान सबै तिमी ।

इतिहास तिमी लेख्छौ मलाई नै विनीविनी ।।

४.किरण कान्ति

रचयिता कल्पना रेग्मी

बाँझो धर्ति जलमल कला उर्बरा शान्तिबाट

तिम्रा आँखा हरदम नयाँ हेर्दछन् भित्रबाट ।।

गर्दै यात्रा रवि किरण भै लेक बेसी गरामा

बाले बत्ति अनुपम नयाँ शैलका कन्दरामा ।।

तिम्रो स्वर्ण करकमलमा खुल्छ नौलो बसन्त ।

तिम्रा आँखा अमर पथ जो ग्रीष्ममा हुन्न अस्त ।।

आँखा चिम्लेउ यदि तिमी भने मातृको शान झुक्छ

आँखा खोले युगयुग नयाँ चेतना सल्बलिन्छ ।।

कान्ति भित्रै किरण बनिरहे ज्ञानका मूल केन्द्र

हिउँचुली भै सरस रसले सेच आफ्नो समुन्द्र ।।

फैली तिम्रा किरण कण भै सत्यको मार्गबाट

जन्मे दुईटा अतुल सपना ज्ञान तिम्रा विवेक ।।

हुर्काई कोपिला तीँ जनक जननिको बोक भारी गरुँगो

बाल्दै जाउ तिमिर पथमा ज्ञानको ज्योति सिँगो ।।

जस्को आँखा भई भई पनि भित्र आँखा छ शुन्य

आफै आफ्नो रसमय कला चिन्न सक्दैन मूल्य ।।

बुझ्नै सक्ने यदि दिल भए विन्दुमा सिन्धु हुन्छ

माटो बाटो सृजन मनमा फूल फूल्दै रहन्छ ।।

कालो  मैलो भुमरी बिचमा डाक नौलो विहानी

काँडा भित्रै पनि कुसुमका फूल्दछन् जिन्दगानी ।।

रोप्दै जाऊ कुलदिप बनी बीज पानी र खेत

श्रष्टा सिल्पी युगल बन तिमी शान्तिका अग्रदुत ।।

५.प्रतिक्षा चौतारी

रचयिता कल्पना रेग्मी

थियो चोखो चोखो रहर मनको त्यै क्षणमहाँ

विहानी कालो भै कुन नियति घुस्रेछ घरमा ।।

पुजेको आस्थाको अतुल प्रतिमा आज किन यो

ढल्यो आजै आफै जनमन अँध्यारो किन भयो ।।

कहाँ खोजौं चोखा विगत पथका प्रेम लहरी

टुटे सारा नाता रस र रसनाका बस परी ।।

कहाँ छन् तीँ सप्ना अगलित कथा त्याग तपसी

बने छाना गाना भजन अब एकै छ लहरी ।।

हिमाली पाखाको सरस ममता आज किन हो

खसे मुर्झे सारा अँझ पयरमा दम्भ किन यो ।।

निराशामा आशा मन अमनमा नै बदलियो

पुगेको खै वाचा जुन दिन गरेको प्रण थियो ।।

उडे बाठा अग्ली विजय पथ अग्लो गगनमा

पुग्यो बाचा जम्मै अब त ममता के जमिनमा ।।

उनेका मालामा कति कति थिए फूल रसिला

सुके व्यर्थै सारा मृदुल मुटुका कुड्मल कला ।।

प्रतिक्षा चौतारी अब त दिन सन्ध्या तिर सर्यो

कहाँ के भो के हो किन हृदय बोल्दैन जनको ।।

६.आर्शिवाद

रचयिता  कल्पना रेग्मी (ठुली आमा)  

ऋषिकी मन मोहिनी ऋतु तिमी खुब् भाग्यमानी भए

आफ्नै सौख्य म सम्झने छु तिमीमा हरदम कुसल नै रहे ।

आमाबा सरी हुन् यीं सासु ससुरा तीँ नन्द नानी पनि

हुन् आफ्नै बहिनी सरी यति कुरा सम्झेर राख्नु छ नि ।।

सप्रन्छन् सब काम शान्तिसँगले बिग्रन्न कैल्यै पनि

दुःखै हुन्न कदापि नारी मनमा सन्तोष पूर्णै बनी ।

गार्ह्यस्थ्यै भवमा छ मुख्य सबले सुख्दुःख भोग्ने कुरा

यस्तैमा पनि नारी हामीहरुले भार बोक्नु पर्ने पुरा ।।

भार बोकी कन गृहको खुसी हुँदै पार्नु उज्यालो मुख

कस्तै आपद होस् प्रसन्न रहनु स्त्रीको यही हो सुख ।

चन्दन पानी बनोस् सुवास दुईमा माया बनोस् सागर

लक्ष्मी विष्णु समानको युगल होस् मन्दिर जस्तै घर ।।

श्रद्धाले झुकी मान्नु मान्यजनमा सम्झी दुबै कुलको

कौसल्या जय भन्नु हुन्छ कुलमा लिएर रुप फूलको ।

ज्वालाको प्रतिभा लिइ कमल झैँ फूल्नु उषा कालमा

आँखाबाट बुझेर चाल दुईले श्रीहँसको चालमा ।।

फक्रुन् यीं युगका नयाँ मधुरिमा छर्दै नयाँ सृजना

आर्शिवाद मिलोस् सँधै जनकको साकार होस् कल्पना ।

दुबो झैं नव ऋतुको र ऋषिको जोडा बनी मौलिए

लाखौं प्रिति सजाउँदै युग युगौं फक्रे फूले फैलिए ।।

७.कमल फूल

रचयिता कल्पना रेग्मी

हल्का प्वाँख उचाल छोड पृधिवी धुलो र मैलो सब ।

मेरा आँशु नहेर निष्ठुर बनी माया चुडाल्देउ सब ।।

सानुभाइ थियौ समाज घरमा सम्झेर  के चल्दियौ ।

माया त्यो मुटुको अटूट गहिरो तिम्ले पनि छल्दियौ ।।

आत्मा शान्त रहोस् र बुद्धरुपले वैकुण्ठको बास होस् ।

आउँला म पनि मिठो मिलन ली तिम्रो यही काख होस् ।।

शुभ–कामना 

रचयिता कल्पना रेग्मी (आमा) २०६० ।८ ।२८

दीपा कान्ति बनून् सदा किरणकी जस्तै शशी—कौमुदी

यौटै चित्त बनोस् परस्पर बने आकल्प नै ढुकढुकी ।

इन्द्रेणीसरि यो सिंगार दुनियाँ बुट्टा भरी सुन्दर

आँखाबाट बुझेर भाव मनका सारा, गरे आदर ।।

दोटै नेत्र बनेर एक घरका भै पूर्तिका मूर्ति यी

शोभा बृद्धि गरून् समस्त सुखमा भै मेघ सौदामिनी ।

यौटा पुष्प र अन्य सौरभ बनोस्, यौटा भई कोइली

अर्को फेरि वसन्त भै हिडिरहे कल्पान्त सम्मन् मिली ।।

लक्ष्मी, विष्णु, उमा, महेश सबको सामर्थ्य ली अंशको         

त्यो दाम्पत्य सदैव उन्नत बनोस् आर्दशमा वंशको ।

मेरा निर्र्मल कान्तिमा किरणमा मीठा सबै चाहना

आशिर्वाद सयौं फले सफल है बन्नेछ यो कल्पना ।।         

शुभ–कामना

प्रा.डा. भागवत प्रसाद शर्मा (मामा) २०६०। ८। २८

वासन्ती श्रुतिसार कोकिल—कुहू श्री शम्भुको अर्चना

गुञ्जेझैँ भँवरा सदा कमलमा स्नेही बनोस् भावना ।

फैलाई कविझैँ मनोज्ञ कविता साकार ती कल्पना

छर्दै ज्ञान तिमी बढे जनकझैँ सम्पूर्ण हुन् चाहना ।।

उषामा रविका नयाँ किरणले कान्ति—प्रथा छर्दछन्

लाखौँ आशिषले विभात सँगमै रेखा नयाँ कोर्दछन् ।

सारा सौख्य समस्त सृष्टिभरका तिम्रै भरून् मन्दिर

सत्य प्रीति बनोस्, बनोस्  शिव तथा आकल्प यो सुन्दर ।।

थुप्रुन् यै नवयोगमा मधुरिमा छर्दै नयाँ सिर्जना

उघ्रून् उन्नतिका सबै पथहरू साकार होस् कल्पना ।

दूवोझैँ नवकान्तिको किरणको जोडा सदा मौलियोस्

लाखौँ प्रीति सजाउँदै युगयुगौँ फक्रोस् फलोस् फैलियोस् ।।

[[१]]