सन्धिखर्क
सन्धिखर्क नगरपालिका | |
---|---|
देश | ![]() |
विकास क्षेत्र | पश्चिमाञ्चल |
अञ्चल | लुम्बिनी अञ्चल |
जिल्ला | अर्घाखाँची जिल्ला |
स्थापना | २०७१ वैशाख २५ |
सरकार | |
• प्रकार | नगरप्रमुख |
• कार्यकारी अधिकृत | रामजी जोशी |
क्षेत्रफल | |
• जम्मा | १२७.०५ किमी२ (४९.०५ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ४०,४२२ |
• घनत्व | ३२०/किमी२ (८२०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत(हरू) | +९७७-७७ |
वेबसाइट | sandhikharkamun |
अन्तर्गत एक शृङ्खलाको भाग |
नेपालको प्रशासनिक विभाजन |
---|
![]() |
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल |
नेपाल पोर्टल देश अनुसार प्रशासनिक विभाजन |
सन्धिखर्क नगरपालिका अर्घाखाँची जिल्लाको सदरमुकाम हो। स्थानीय विकास मन्त्रालयले २०७१ बैशाख २५ गते देशमा विभिन्न २ सय ८३ गाविसलाई गाभेर ७२ वटा नयाँ नगरपालिका घोषणा गर्दा अर्घाखाँचीमा साविक सन्धिखर्क, नरपानी, खाँचाीकोट, किमडाँडा, अर्घा, डिभर्ना र वाङ्ला गाउँ विकास समितिहरू समावेस गरी सन्धिखर्कलाई नगरपालिका घोषणा गरिएको हो ।[१][२][३]
वि.सं. २०३२ सालमा नरपानीबाट जिल्लाको सदरमुकाम सन्धिखर्कमा सारिएको हो। अर्घा र खान्चीका चौबिसे राज्यभुरे राजाले यसै स्थानमा सन्धि गरेको कारण यस नाम सन्धिखर्क रहन गएको भनाइ प्रचलित छ।
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
सन्धिखर्क, नरपानी, खाँचाीकोट, किमडाँडा, अर्घा, डिभर्ना र वाङ्ला गाविसहरूलाई मिलाएर सन्धिखर्क नगरपालिका बनाइएको हो । त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर ४०,४२२ रहेको छ।[४]
भौगोलिक अवस्थिति[सम्पादन गर्नुहोस्]
चारैतर्फ पहाडी तथा बिचबट लमतन्न परेर बहेकि बागि खोला एबम् खोला वारिपारि बसेको बाक्लो बस्ती तथा रमणीय फाटहरूले यस सौन्दर्य निकै बढाएको छ। पाणीनि बहुमुखी क्याम्पस, जनज्योति मा.बि., भगवती मा.वि., युवावर्ष जनता रवीचित्र मा.वि., एबम् केही निजी विद्यालयह्रु यहा सञ्चालित छन्। यसलाई पक्की सडकले जोडिएको पनि थुप्रै वर्ष भैसकेको छ। यस क्षेत्रको यो एउटा मुख्य ब्यापारिक क्षेत्र मानिन्छ। शिक्षा तथा स्वास्थ्यको राम्रो विकास भएको छ। यसको पुर्बमा वान्ला, पश्चिममा कुर गउ, उत्तरमा ब्यारे बजार, दक्षिणमा गच्छे बजार रहेको छ। यहा अत्यन्तै उर्बर् भूमिसमेत छ। नयाँ एफ.एम. ८७ दशमलव ६ मेगाहर्ज सहित यहाँ धेरै संचारमाध्यमहरु रहेका छन् ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", कान्तिपुर पोस्ट, कान्तिपुर पोस्ट, २०७१ वैशाख २५, अन्तिम पहुँच वैशाख २५।
- ↑ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१।
- ↑ "कुन कुन नयाँ नगरपालिका बने ?", nepalbritain.com, २०७१ बैशाख २५, अन्तिम पहुँच २०७१ बैशाख २५।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२।