शीतगङ्गा नगरपालिका
शीतगंगा
Sheetganga | |
---|---|
देश | ![]() |
प्रदेश | प्रदेश नं. ५ |
जिल्ला | अर्घाखाँची जिल्ला |
स्थापना | २७ फाल्गुण २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | नगर कार्यपालिका |
• प्रमुख | माननिय छविलाल पोैडेल (नेपाली कांग्रेस) |
• उपप्रमुख | गिता भाट |
• कार्यकारी | - |
क्षेत्रफल | |
• जम्मा | ६१०.४३ किमी२ (२३५.६९ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ४३,३७३ |
• घनत्व | ७१/किमी२ (१८०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-७७ |
केन्द्र | साविकको ठाडा गाविसको कार्यालय |
वेबसाइट | https://shitagangamun.gov.np/ |
शीतगंगा नगरपालिका नेपालको एक पहाडी नगरपालिका हो ।[१][२] नेपालमा ७४४ स्थानीय तह लागू हुँदा अर्घाखाँची जिल्लामा साविकका ठाडा, जुकेना, जलुके, सिद्धारा, सिमलपानी, सीतापुर र सुवर्णखाल गाउँ विकास समितिहरूलाई समेटेर शीतगंगा नगरपालिका बनाइएको हो ।[३] यस नगरपालिकाको केन्द्र साविकको ठाडा गाविसको कार्यालयमा राखिएको छ । यस नगरपालिकालाई १४ वडामा विभाजन गरिएको छ ।
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
शीतगंगा नगरपालिकाको कूल जनसङ्ख्या राजग २०७८ अनुसार ३७,६९१ रहेको छ । २०६८ मा कुल जनसङ्ख्या ४३,३७३ थियाे ।
क्षेत्रफल[सम्पादन गर्नुहोस्]
यसको क्षेत्रफल ६१०.४३ वर्गकिलोमिटर रहेको छ ।
सिमाना[सम्पादन गर्नुहोस्]
यस नगरपालिकाको सिमाना पूर्वमा पाल्पा जिल्ला, पश्चिममा प्युठान र दाङ जिल्ला, उत्तरमा सन्धिखर्क र भूमिकास्थान नगरपालिका र पाणिनी गाउँपालिका तथा दक्षिणमा रुपन्देही, कपिलवस्तु र दाङ जिल्लासम्म फैलिएको छ ।[४]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३।
- ↑ "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।