सौटी देवता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सउडी अथवा सौटी देवता डोटी जिल्लाको उपल्लो बोगटान क्षेत्रका वासिन्दाहरूले पूजा गर्ने एक देवताको नाम हो । [१] डोटी बोगटान अन्तर्गतको उपल्लो बोगटान सिमचौर गाउँ विकास समिति वार्ड नं ८ पोखरीका सौडी/सउडी देवता र चमाराचौतारा गाउँ विकास समिति वार्ड नं ७ सुकाटीका सौटी देवताको जाँत फरक–फरक दिनमा हुँने गर्दछ । नाममा सौटी, सौडी वा सउडी जे भने पनि बोल्दा नाममा केही सामान्य फरक भएको मात्र हो । यी एकै हुन् भन्ने कुराको प्रतिवाद गर्ने स्थानियहरुका अनुसार त्यहाँका शक्तिशाली मानिने यी देवता त्यस क्षेत्रका बलवान देवता हुँन् । फरक–फरक देवता पनि हुँन् भन्ने छ । पोखरीमा कार्तिक शुक्लपक्ष सप्तमीमा दियो बाल्ने र अष्टमीमा सौटीको जाँत गर्ने गरिन्छ । त्यहाँ सौटीका धामी पहिले लफडा र खेतनाका धामी थरका क्षेत्रीहरू थिए । वर्तमानमा त्यहाँका बमहरू आफै देवताका धामी र भँराडी छन् । सिमचौर वार्डनं ९ लफडामा रहेका कँवरे भनिनेहरूको घरमा पहिलेका दिनमा सउडी देवताको भँराड थियो । तिनले देवताको भँराडी नहुने भनेपछि, त्यो भँराडीको काम पनि बमहरूले गर्नु परेको हो । देवताहरू त्यहाँका ठकुरीहरूलाई वडैके भन्दछन् । पोखरीबाट अमरघट्टी देवता सुकाटीमा लगेकाहुँन् । पहिले सौटी र अमरघट्टी देवता साथ–साथै पुजिन्थे । पछि अलग–अलग पूजिन थालिएका हुँन् । चमारा चौतारा गाउँ विकास समिति वार्डनं ७ सुकाटीमा सौडी देवताका धामीमा कुडमाल, पन्साल, गसिला छन्, । भने देवताका भँराडीमा सेटी थरका छन् । त्यहाँ कार्तिक शुक्लपक्ष नवमीको राती माडौंमा देवताको दियोवत्ती बाल्ने र त्यस रातभरी रतेडी, जाँत हुने अनि भेलिपल्ट वँयाल लगेर माँडौमा जाँने र देवता पुज्ने चलन छ । त्यहाँ देवताका पुजारी अत्रि गोत्रका उपाध्याय थरका ब्राह्मणहरूछन् । यी ब्राह्मणको आफ्नो देवता सिउनाने हो ।

यहाँ सौडी अन्तरगतका देवता[सम्पादन गर्नुहोस्]

  • अमरघट्टी,
  • छडाल,
  • सातसाङले हुन् । पोखरी र सुकाटी क्षेत्रको सौडी/सौटी र अमरघट्टी देवता पहिले एकै साथ पुजिन्थे । पछि अलग–अलग पुज्न थालिएको हो । सौडी/सौटी, अमरघट्टी सहितका धेरै देवताको वयाँल ठूला केदारमा पनि जान्छ । यी देवता लानातर्फ तथा केदारपक्षमा लाग्दछन् । मल्लो पूmर्सिलक्षेत्रबाट आउँने मसे देवतासँगको लडाईमा सौडी सहितले मसे(मष्टो) देवताको माँडौ भत्काउँन लाना पक्षकाहरूलाई सहयोग गर्दछन् । ठूलाकेदार लानाक्षेत्रका गौतम गोत्रिय चन्दका प्रमुख देवता मानिन्छन् । ठूलाकेदारकै तिथि र मितिमा पुजिने गरी पोखरी र सुकाटी क्षेत्रमापनि केदारदेवता स्थापित छन् । पहिले खत्याडीवाला र सुकाटीवालाका एउटै केदार सिमचौर ६ पोखरीको माथि सिरुपातलको टाकुरामा थिए । पछि त्यसस्थानबाट लगेर आ–आप्mनोस्थानमा केदारदेवता पूज्ने बनाएका हुँन् । यहाँका ठकुरीका देवता पूज्ने खत्याडीका अत्रिगोत्रिय उपाध्याय थरका ब्राह्मणहरुछन् । सिमचौर ८ पोखरीका ७४ वर्षिय मोतिसिह बमका अनुसार पोखरी र सुकाटी क्षेत्रका बम ठकुरीहरुका गायत्रीगुरु अत्रिगोत्रिय मिश्र हुन् । राजगुरु अत्रि गोत्रिय जोशी र पाठक हुँन् भने यिनका देवताका पूजारी अत्रि गोत्रिय खत्याडीका उपाध्याय र चाल्सका कश्यप गोत्रका जोशी हुन् । मिश्र बामन जुम्ला सिंजापति राजाका भात पकाउने गर्दर्थे । यिनै मिश्र बामनसंँग सिजांपति राजाकी राजकुमारीको विवाह भयो र अछाम राज्य सिंजापति राजाले दाईजो दिएको हो । यही भएर अत्रि गोत्रिय बामनको गोत्र अछामी शाह÷शाही ठकुरीको गोत्र भएको हो । पोखरी, खत्यना, भूँयाली र गुईनाडा क्षेत्रमा भँराण रहेका देवताहरूमा मोहन्याल, लाटो गडाल, भौने कैलपाल पनि छन् । लाटो, भौने कैलपालको माँडौ गुईनाल गाउँमा छ । त्यहाँ लोहारको देवता काकडसिंह र मसानी हो । विठारीको देवता मेलघट्टी र मसानी हो । भूलको देवता दानु काफली हो ।

खापरे मारेको सम्बन्धमा[सम्पादन गर्नुहोस्]

चमाराचौताराको चनकुँडाबाट पूर्वतर्फको ठाउँलाई अछाममा मिलाउँछू भनेर खापरेले त्यहाँ सिमाना हाल्न घाट उब्जायो । अनि सौटी गएर त्यो घाट धर्तिमुनि छिराई सिमाना मेटी दिएछ । आजपनि त्यहाँ घाट छिराएको खाल्डा र रौन देख्न सकिन्छ । त्यस स्थानको नाम घाटफर्के गाउँ रहेको छ । एक पटक खापरेले सौटीको घोडो चोरेर लग्यो । सौटी र सौडी सहितका देवताको दल मिलेर खापरेसँग युद्ध गरेछन् । यस युद्धकै दौरानमा नारीदाँङ माथि सिलगडी जानेबाटोमा पर्ने वरवण्डाको उकालोमा खापरेलाई सौडीकोदलले काटे छ । त्यस ठाउँमा खापरेको रगतले माटो पनि रातो, ढुङ्गा पनि रातो अहिले पनि देख्न सकिन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. कत्युरी राजवंश, डोटी बोगटान राज्यका राजा रजवार ठकुरी वंशावली (२०७०) , स्रोत - सिमचौर ८ पोखरीका ७४ वर्षिय मोतिसिह बम