बज्रयोगिनी
बज्रयोगिनी | |
|---|---|
पूर्व गाविस | |
बज्रयोगिनी मन्दिर | |
| निर्देशाङ्क: २७°४५′०″उ ८५°२५′४८″पू / 27.75000°N 85.43000°E | |
| देश | |
| प्रदेश | बागमती प्रदेश |
| जिल्ला | काठमाडौँ जिल्ला |
| क्षेत्रफल | |
| • जम्मा | ५.२ किमी२ (२�० वर्ग माइल) |
| जनसङ्ख्या | |
| • जम्मा | ४,३३३ |
| • घनत्व | ८३०/किमी२ (२२००/वर्ग माइल) |
| समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
बज्रयोगिनी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, काठमाडौँ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४३३३ रहेको थियो जसमध्ये २०८६ पुरुष र २२४७ महिला रहेका थिए भने यहाँ ९२८ घरधुरी रहेको थियो।[१][२] यो वर्तमान शङ्खरापुर नगरपालिकामा पर्दछ।
यसको साविकको १-६ वडाहरू शङ्खरापुर नगरपालिकाको वडा नम्बर ७ हो भने ७-९ नम्बर वडाहरू वडा नम्बर ८ हो।
काठमाडौँ जिल्लाको उत्तरी भेगमा पर्ने मणिचुड पर्वतको दुई पहराको विचमा देवी स्थापना गरी निर्माण गरिदिएको मन्दिर भगवान बुद्धको तपस्याबाट प्रसन्न भई प्रस्तरह रूपमा प्रकट भएकी पार्वती नै बज्रयोगिनी हुन भन्ने आख्यान पाइन्छ। यहाँ बौद्ध र हिन्दु परम्परानुसार देवीको पूजा गरिन्छ। उपत्यका र वरिपरि जिल्लाका भक्तजनले तान्त्रिक देवीको रूपमा बज्रयोगिनीको आराधना गर्छन्। मन्दिरमा बज्रयोगिनी, उग्रतारा, सिंहबाहिनीका मूर्तिहरू देख्न सकिन्छ। नेपालको एक प्राचीन सहर साँखु यसै गाविसमा पर्दछ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)। राष्ट्रिय योजना आयोग सचिवालय। नेपाल सरकार केन्द्रीय तथ्याङ्क विभाग।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति