कीर्तिपुर नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कीर्तिपुर
कीर्तिपुर सहरको मनोरम दृश्य
कीर्तिपुर सहरको मनोरम दृश्य
कीर्तिपुर is located in बागमती प्रदेश
कीर्तिपुर
कीर्तिपुर
नक्सामा कीर्तिपुर नगरपालिकाको अवस्थिति
कीर्तिपुर is located in नेपाल
कीर्तिपुर
कीर्तिपुर
कीर्तिपुर (नेपाल)
निर्देशाङ्क: २७°४०′४१″उ॰ ८५°१६′३७″पू॰ / २७.६७८०६°N ८५.२७६९४°E / 27.67806; 85.27694निर्देशाङ्कहरू: २७°४०′४१″उ॰ ८५°१६′३७″पू॰ / २७.६७८०६°N ८५.२७६९४°E / 27.67806; 85.27694
देश नेपाल
प्रदेशवाग्मती प्रदेश
जिल्लाकाठमाडौँ जिल्ला
नगरपालिकावि.सं. २०५३ चैत्र १४[१]
समावेश (गाविस)लायकु, कीर्तिपुर चिठुविहार, पालिफल, चम्पादेवी, पाङ्गा विष्णुदेवी, पाङ्गा बालकुमारी, चोभार र बाहिरीगाउँ
सम्मिलित (मिति)वि.सं. २०५३ चैत्र १४
सरकार
 • मेयररमेश महर्जन (नेकपा एमाले)
 • उप मेयरसरस्वती खड्का (नेकपा एमाले)
क्षेत्रफल
 • जम्मा१४.७६ किमी (५.७० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा६५,६०२
 • घनत्व४,४००/किमी (१२,०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
हुलाक सङ्केत
४४६१८
क्षेत्रीय सङ्केत(हरू)०१
वेबसाइटआधिकारिक वेबसाइट

कीर्तिपुर नेपालको बागमती प्रदेशमा पर्ने काठमाडौँ जिल्लाको एक नगरपालिका हो। काठमाडौँ उपत्यकाको काठमाडौँ जिल्लामा रहेका तत्कालिन मालायकु, कीर्तिपुर चिठुविहार, पालिफल, चम्पादेवी, पाङ्गा विष्णुदेवी, पाङ्गा बालकुमारी, चोभार र बाहिरीगाउँ गाउँ विकास समिति मिलाएर वि.सं. २०५३ चैत्र १४ गते यो नगरपालिकाको गठन गरिएको थियो। यो काठमाडौँ उपत्यकाको एक ऐतिहासिक नगर हो। यस नगरपालिकाभित्र प्रसिद्ध बाघभैरव मन्दिर[२] तथा काठमाडौँ उपत्यकाको सबैभन्दा ठूलो ताल टौदह रहेको छ।[३][४] कुल १० वडामा विभाजित यो नगरपालिकाको जनसङ्ख्या वि.सं. २०६८ सालको जनगणना अनुसार ६५,६०२ रहेको छ।[५]सन् २००८ मा युनेस्कोले कीर्तिपुरको मध्यकालीन बस्तीलाई सम्भावित विश्व सम्पदा क्षेत्रको सूचीमा सूचिकृत गरेको छ।[६][७]

नामकरण[सम्पादन गर्नुहोस्]

कीर्तिपुर नाम संस्कृत शब्द 'कीर्ति' (महिमा) र 'पुर' (सहर) बाट बनेको हो। यसका साथै किराँत वंशको प्रथम राजा यलम्बरको राज्यबाट यसको नाम कीर्तिपुर भएको हो। उपत्यकाका मानिसहरू यो सहरलाई 'किपू' समेत भन्ने गर्छन्।[८]

नगर निर्वाचन इतिहास[सम्पादन गर्नुहोस्]

वि.सं. २०५३ चैत्र ११ गते काठमाडौँ जिल्लाको तत्कालिन ८ वटा गाविस मिलाएर कीर्तिपुर नगरपालिका घोषणा भएको हो। वि.सं. २०५४ सालको पहिलो नगर निर्वाचनमा हिराकाजी महर्जन[९] नगर प्रमुख र नगर उपप्रमुखमा रमेशमान महर्जन निर्वाचित भएका थिए। वि.सं. २०६० असोज २२ गते तत्कालिन सरकारले शिविरप्रसाद धिताललाई प्रमुख र पन्नारत्न वज्राचार्यलाई उपप्रमुखमा मनोनयन गरेको थियो।

वि.सं. २०७४मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका रमेश महर्जन नगर प्रमुख पदमा र सोही दलकी सरस्वती खड्का नगर उप-प्रमुख पदमा निर्वाचित भएकी छिन्।[१०]

इतिहास[सम्पादन गर्नुहोस्]

कीर्तिपुरमा गोपाल वंशकालदेखि नै मानव बस्ती विकास भइसकेको थियो।[११] पशुपतिनाथको उत्पत्तिका बारेमा लेख्दा कीर्तिपुरमा रहेका ग्वालाहरूको 'बहुर्‍ही' नामको गाईले दिनदिनै दूध चढाउन जाने गरेको उल्लेख गरिन्छ।[१२] काठमाडौँ उपत्यकाभित्र रहेका कान्तिपुर, ललितपुर र भक्तपुरपछिको ठूलो प्राचीन सहर कीर्तिपुर थियो। भौगोलिक अवस्थितिका कारण यो सहरमाथि विजय प्राप्त गर्न पृथ्वीनारायण शाहलाई समेत धेरै धन, जन र समय खर्चिनुपरेको थियो।[१३]

संस्कृति र स्थल[सम्पादन गर्नुहोस्]

कीर्तिपुरमा परम्परादेखि चल्दै आएको मुख्य चाडमा गथांमुगः, गथुप्याखः, इन्द्रायणीजात्रा, गाइजात्रादशैंतिहार निकै रमझमका साथ मनाइन्छ। यस नगरका बाघभैरव, उमा महेश्वर, नारायण सरस्वती र इन्द्रायणी मन्दिर उल्लेख्य वास्तुकलाका नमुना हुन् भने लोदेंगः, शाक्यमुनि बुद्ध मन्दिर, लोकेश्वर मन्दिर शिखरशैलीका उत्कृष्ट नमुना हुन्। यसैगरी चैत्यहरूमा चीलंचो प्रख्यात छ। नेपालको पहिलो र सबैभन्दा ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय पनि यसै नगरमा छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "नगरपालिका क्षेत्र तोकी बिभाजन गरेको", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच जनवरी २०२२ 
  2. "कीर्तिपुरमा बाघभैरव जात्रा मनाइँदै", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-०३ 
  3. श्रेष्ठ, सबिना, "टौदहमा साइबेरियादेखि आउँछन् चराहरू, विकासका नाममा मासिने खतरा", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-०३ 
  4. "टौदह; ऐतिहासिक र उपत्यकाकै सबैभन्दा ठूलो प्राकृतिक ताल [फोटो फिचर]", सञ्चारकर्मी (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-०३ 
  5. "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर २०१२ 
  6. "सम्भावित विश्व सम्पदा स्थलको अध्ययन सुस्त", गोरखापत्र अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-०३ 
  7. "Medieval Settlement of Kirtipur" [कीर्तिपुरको मध्यकालीन बस्ती], युनेस्को विश्व सम्पदा केन्द्र (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०२-०२ 
  8. "किपू व ह्वाङकाङ दथुइ भगिनी सम्बन्ध" [किपू र हङकङबिच भगिनी सम्बन्ध], नेपालभाषा टाइम्स (नेपाल भाषामा), २०२०-०९-३०, अन्तिम पहुँच २०२२-०२-०३ 
  9. "कीर्तिपुर सार्वजनिक पुस्तकालयको अध्यक्षमा भुसाल", ज्योति न्युज (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-०३ 
  10. नागरिक, "कीर्तिपुरमा एमाले विजयी, रमेश महर्जन बने मेयर", नागरिक न्युज (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-०३ 
  11. "Kantipur-बन्दीपुरबाट कीर्तिपुर हेर्दा...", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-०३ 
  12. "कीर्तिपुरको इतिहास जोगाऔं", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-०३ 
  13. "पृथ्वीनारायणदेखि प्रचण्डसम्मः कीर्तिपुरले किन गर्छ पटक-पटक चमत्कार ?", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-०३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]