सामग्रीमा जानुहोस्

चन्द्रागिरी नगरपालिका

चन्द्रागिरी नगरपालिका
चन्द्रागिरी नगरपालिका मा पर्दछ बागमती प्रदेश
चन्द्रागिरी नगरपालिका
बागमती प्रदेशको नक्सामा चन्द्रागिरी नगरपालिकाको अवस्थिति
चन्द्रागिरी नगरपालिका मा पर्दछ नेपाल
चन्द्रागिरी नगरपालिका
चन्द्रागिरी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°४४′४८″उ ८५°३०′३५″पू / 27.74667°N 85.50972°E / 27.74667; 85.50972
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाकाठमाडौँ
स्थापित२०७१ मङ्सिर १६
सरकार
  नगरप्रमुखघनश्याम गिरी (नेपाली काङ्ग्रेस)
  उपप्रमुखवसन्‍ती श्रेष्‍ठ (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा४३.९२ किमी (१६.९६ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१३६,८६०
  घनत्व३१००/किमी (८१००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१
केन्द्रसाविक बलम्वु गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

चन्द्रागिरी नगरपालिका काठमाडौँ जिल्लाका १० वटा नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा साविकका थानकोट, दहचोक, नैकाप नयाँभञ्ज्याङ, वाणभञ्ज्याङ, बलम्वु, महादेवस्थान, तीनथाना, सतुङ्गल, मातातीर्थ, मच्छेगाउँनैकाप पुरानोभञ्ज्याङ गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार चन्द्रागिरी नगरपालिकाको कुल जनसङ्ख्या १,३६,८६० रहेको छ भने यहाँ ३५,९९४ घरधुरी रहेका छन्।[]

वडागत विभाजन र जनसङ्ख्या

[सम्पादन गर्नुहोस्]

नेपालको बाह्रौँ राष्ट्रिय जनगणना, २०७८ अनुसार चन्द्रागिरी नगरपालिकाको कुल जनसङ्ख्या १,३६,८६० रहेको छ। यस नगरपालिकालाई १५ वटा वडाहरूमा विभाजन गरिएको छ। नगरपालिकाको वडागत विवरण, क्षेत्रफल र जनघनत्वको विस्तृत तथ्याङ्क तलको तालिकामा दिइएको छ:

चन्द्रागिरी नगरपालिकाको वडागत विभाजन, जनसङ्ख्या र जनघनत्व (२०७८)
वडा नं.समावेश साविकका वडाहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
दहचोक७,३२०६.३५१,१५२.७६
वाणभञ्ज्याङ५,२९५४.८१,१०३.१३
थानकोट (२,८)९,८२७३.२३३,०४२.४१
थानकोट (१,३-७,९)६,२९४२.९२२,१५५.४८
महादेवस्थान (१-२,९)११,४०७०.९८११,६३९.८०
महादेवस्थान (३-५)९,४५८२.९७३,१८४.५१
महादेवस्थान (६-८)८,५८२३.०७२,७९५.४४
मातातीर्थ८,७१६६.२१,४०५.८१
मच्छेगाउँ६,०६९४.६६१,३०२.३६
१०सतुङ्गल (१-७)१०,६४०१.२९८,२४८.०६
११सतुङ्गल (८-९)८,१००१.०४७,७८८.४६
१२बलम्वु१२,९७७२.१२६,१२१.२३
१३नैकाप पुरानोभञ्ज्याङ७,७३५१.७४४,४४५.४०
१४नैकाप नयाँभञ्ज्याङ११,६६११.२५९,३२८.८०
१५तीनथाना१२,७७९१.२९९,९०६.२०
जम्मा१,३६,८६०४३.९१३,११६.८३

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]