चन्द्रागिरी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चन्द्रागिरी नगरपालिका
देश नेपाल
विकास क्षेत्रमध्यमाञ्चल
अञ्चलबागमती अञ्चल
जिल्लाकाठमाडौँ जिल्ला
स्थापनामंसिर २०७१
सरकार
 • मेयरघनश्याम गिरी
 • उप मेयरलिशा नकर्मी
क्षेत्रफल
 • जम्मा४३.९ किमी (१६.९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा८५,१९५
 • घनत्व१,९००/किमी (५,०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत(हरू)+९७७-१
वेबसाइटwww.chandragirimun.gov.np

चन्द्रागिरी नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने काठमाडौँ जिल्लामा अवस्थित एक नगरपालिका हो।[२][३] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा काठमाडौँ जिल्लामा थानकोट, दहचोक, नैकाप नयाँभञ्ज्याङ, वाणभञ्ज्याङ, बलम्वु, महादेवस्थान, तीनथाना, सतुंगल, मातातीर्थ, मच्छेगाउँनैकाप पुरानोभञ्ज्याङ यी ११ गाउँ विकास समितिहरूलाई समेटेर चन्द्रागिरी नगरपालिका घोषणा गरिएको हो।[३][४] चन्द्रागिरी नगरपालिकाको केन्द्रभने साविक बलम्वु गाविसको कार्यलय रहेको स्थान रहको छ।[२] नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।[४]

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

चन्द्रागिरी नगरपालिका साविकका थानकोट, दहचोक, नैकाप नयाँभञ्ज्याङ, वाणभञ्ज्याङ, बलम्वु, महादेवस्थान, तीनथाना, सतुंगल, मातातीर्थ, मच्छेगाउँनैकाप पुरानोभञ्ज्याङ गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार यी ११ गाविसहरूको जनसङ्ख्यालाई जोड्दा चन्द्रागिरी नगरपालिकाको कूल जनसङ्ख्या ८५,१९८ हुन्छ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 
  2. २.० २.१ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१ 
  3. ३.० ३.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर 
  4. ४.० ४.१ "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक दैनिक, नागरिक दैनिक, १७ मंसिर, २०७१, अन्तिम पहुँच १७ मंसिर 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]