टोखा नगरपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
टोखा नगरपालिका
—  नगरपालिका  —
टोखा नगरपालिका Nepal-এ অবস্থিত
टोखा नगरपालिका
टोखा नगरपालिका
नेपालमा टोखा नगरपालिका
निर्देशाङ्क (टोखा): २७°४३′३३″ उत्तर ८५°२४′४२″ पूर्व / २७.७२५८३° उत्तर ८५.४११६७° पूर्व / 27.72583; 85.41167निर्देशाङ्क: २७°४३′३३″ उत्तर ८५°२४′४२″ पूर्व / २७.७२५८३° उत्तर ८५.४११६७° पूर्व / 27.72583; 85.41167
देश  नेपाल
विकास क्षेत्र मध्यमाञ्चल
अञ्चल बागमती अञ्चल
जिल्ला काठमाडौं जिल्ला
स्थापना मंसिर २०७१
क्षेत्रफल
 - जम्मा १६.९ किमी (६.५ वर्ग मी)
जनसङ्ख्या (राष्ट्रिय जनगणना २०६८)[१]
 - जम्मा ९९,०३२
 जनघनत्व ५,८५९.९/किमी (१५,१७७/वर्ग मी)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-१

टोखा नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने काठमाडौं जिल्लामा अवस्थित एक नगरपालिका हो।[२][३] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा काठमाडौं जिल्लामा झोर माँहाकाल, टोखा चण्डेश्वरी, टोखा सरस्वती, धापासीगोंगबु यी ५ गाउँ विकास समितिहरूलाई समेटेर टोखा नगरपालिका घोषणा गरिएको हो।[३][४] टोखा नगरपालिकाको केन्द्रभने ग्रिनल्याण्ड रहको छ।[२] नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।[४]

जनसङ्ख्या[सम्पादन गर्ने]

टोखा नगरपालिका साविकका झोर माँहाकाल, टोखा चण्डेश्वरी, टोखा सरस्वती, धापासीगोंगबु गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार यी ५ गाविसहरूको जनसङ्ख्यालाई जोड्दा टोखा नगरपालिकाको कूल जनसङ्ख्या ९९,०३२ हुन्छ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 
  2. २.० २.१ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१ 
  3. ३.० ३.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर 
  4. ४.० ४.१ "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक दैनिक, नागरिक दैनिक, १७ मंसिर, २०७१, अन्तिम पहुँच १७ मंसिर 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]