नागार्जुन नगरपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नागार्जुन नगरपालिका
देश नेपाल
राज्यमध्यमाञ्चल
जिल्लाबागमती अञ्चल
जिल्लाकाठमाडौँ जिल्ला
स्थापनामंसिर २०७१
क्षेत्रफल
 • जम्मा२९.८ किमी (११.५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा६७,४२०
 • घनत्व२,३००/किमी (५,९००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत(हरू)+९७७-१
वेबसाइटwww.nagarjunmun.gov.np/ne

नागार्जुन नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने काठमाडौँ जिल्लामा अवस्थित एक नगरपालिका हो।[२][३] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा काठमाडौँ जिल्लामा इचंगुनारायण, सीतापाइला, रामकोट, भीमढुंगास्यूचाटार यी ५ गाउँ विकास समितिहरूलाई समेटेर नागार्जुन नगरपालिका घोषणा गरिएको हो।[३][४] नागार्जुन नगरपालिकाको केन्द्रभने सीतापाइला गाविस–४, हरिसिद्धिमा रहको छ।[२] नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।[४]

जनसङ्ख्या[सम्पादन गर्ने]

नागार्जुन नगरपालिका साविकका इचंगुनारायण, सीतापाइला, रामकोट, भीमढुंगास्यूचाटार गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार यी ५ गाविसहरूको जनसङ्ख्यालाई जोड्दा नागार्जुन नगरपालिकाको कूल जनसङ्ख्या ६७,४२० हुन्छ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 
  2. २.० २.१ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१ 
  3. ३.० ३.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर 
  4. ४.० ४.१ "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक दैनिक, नागरिक दैनिक, १७ मंसिर, २०७१, अन्तिम पहुँच १७ मंसिर 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

ढाँचा:काठमाडौँ जिल्लाका गाविसहरू