कागेश्वरी मनोहरा नगरपालिका
कागेश्वरी मनोहरा नगरपालिका | |
---|---|
निर्देशाङ्क: २७°४३′३३″उ॰ ८५°२४′४२″पू॰ / २७.७२५८३°N ८५.४११६७°Eनिर्देशाङ्कहरू: २७°४३′३३″उ॰ ८५°२४′४२″पू॰ / २७.७२५८३°N ८५.४११६७°E | |
देश | ![]() |
प्रदेश | वाग्मती प्रदेश |
जिल्ला | काठमाडौँ जिल्ला |
नगरपालिका | वि.सं. २०७१ पुस २८[१] |
समावेश (गाविस) | गोठाटार, मुलपानी, डाँछी, भद्रवास, आलापोट र गागलफेदी |
सम्मिलित (मिति) | वि.सं. २०७१ पुस २८ |
सरकार | |
• मेयर | कृष्णहरि थापा |
• उप मेयर | विन्दु पुडासैनी (सिम्खडा) |
क्षेत्रफल | |
• जम्मा | २७.३८ किमी२ (१०.५७ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ६०,२३७ |
• घनत्व | २२००/किमी२ (५७००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-१ |
वेबसाइट | आधिकारिक वेबसाइट |
कागेश्वरी मनोहरा नगरपालिका नेपालको बागमती प्रदेशमा पर्ने काठमाडौँ जिल्लामा अवस्थित एक नगरपालिका हो।[३] वि.सं. २०७१ मङ्सिर १६ गते नेपाल सरकार मन्त्रिपरिषद् अन्तर्गतको सामाजिक समितिको निर्णय तथा वि.सं. २०७१ पुस २८ मा नेपाल राजपत्रमा प्रकाशित भएपछि नेपालमा थप ६१ वटा नयाँ नगरपालिका गठन भएको थियो। यो नगरपालिका गठन गर्दा काठमाडौँ जिल्लाको तत्कालिन गोठाटार, मुलपानी, डाँछी, भद्रवास, आलापोट र गागलफेदी गरी ६ गाउँ विकास समितिहरूलाई समेटेर कागेश्वरी मनोहरा नगरपालिका घोषणा गरिएको थियो।[३][४] कागेश्वरी मनोहरा नगरपालिकाको केन्द्र साविक डाँछी गाविसको कार्यलय रहेको स्थानमा रहको छ।[४]
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
कागेश्वरी मनोहरा नगरपालिका साविकका गोठाटार, मुलपानी, डाँछी, भद्रवास, आलापोट र गागलफेदी गाविसहरू मिलेर बनेको हो। नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार यी ६ गाविसहरूको जनसङ्ख्यालाई जोड्दा कागेश्वरी मनोहरा नगरपालिकाको कूल जनसङ्ख्या ६०,२३७ हुन्छ।[२]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "नगरपालिका क्षेत्र तोकी बिभाजन गरेको", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच फेब्रुअरी २०२२।
- ↑ २.० २.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२।
- ↑ ३.० ३.१ "उपत्यकामा १६ सहित ६१ नगरपालिका थपिए (सूची सहित)", अनलाइन खबर (नेपालीमा), २०७१ मङ्सिर १६, अन्तिम पहुँच २०२२-०२-०२।
- ↑ ४.० ४.१ "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक दैनिक, नागरिक दैनिक, १७ मङ्सिर, २०७१, अन्तिम पहुँच २०२२-०२-०२।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |