गोकर्णेश्वर नगरपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
गोकर्णेश्वर नगरपालिका
—  नगरपालिका  —
Gokarneshwor Temple 2017 108.jpgगोकर्णेश्वर मन्दिर
गोकर्णेश्वर नगरपालिका is located in Nepal
गोकर्णेश्वर नगरपालिका
गोकर्णेश्वर नगरपालिका
नेपालमा गोकर्णेश्वर नगरपालिका
निर्देशाङ्क (गोकर्णेश्वर): २७°४४′०″ उत्तर ८५°२३′०″ पूर्व / २७.७३३३३° उत्तर ८५.३८३३३° पूर्व / 27.73333; 85.38333निर्देशाङ्क: २७°४४′०″ उत्तर ८५°२३′०″ पूर्व / २७.७३३३३° उत्तर ८५.३८३३३° पूर्व / 27.73333; 85.38333
देश  नेपाल
विकास क्षेत्र मध्यमाञ्चल
अञ्चल बागमती अञ्चल
जिल्ला काठमाडौं जिल्ला
स्थापना मंसिर २०७१
क्षेत्रफल
 - जम्मा ५८.५ किमी (२२.६ वर्ग मी)
जनसङ्ख्या (राष्ट्रिय जनगणना २०६८)[१]
 - जम्मा १०७,३५१
 जनघनत्व १,८३५.१/किमी (४,७५२.८/वर्ग मी)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-१
वेबसाइट gokarneshwormun.gov.np

गोकर्णेश्वर नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने ललितपुर जिल्लामा अवस्थित एक नगरपालिका हो।[२][३] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा काठमाडौं जिल्लामा सुन्दरीजल, नयाँपाटी, बालुवा, जोरपाटीगोकर्णेश्वर यी ५ गाउँ विकास समितिहरूलाई समेटेर गोकर्णेश्वर नगरपालिका घोषणा गरिएको हो।[३][४] गोकर्णेश्वर नगरपालिकाको केन्द्रभने जोरपाटीमा रहको छ।[२] नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।[४]

जनसङ्ख्या[सम्पादन गर्ने]

गोकर्णेश्वर नगरपालिका साविकका सुन्दरीजल, नयाँपाटी, बालुवा, जोरपाटीगोकर्णेश्वर गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार यी ५ गाविसहरूको जनसङ्ख्यालाई जोड्दा गोकर्णेश्वर नगरपालिकाको कूल जनसङ्ख्या १,०७,३५१ हुन्छ।[१]

गोकर्णेश्वर मन्दिर

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नोभेम्बर २०१२. अन्तिम पहुँच मिति:नोभेम्बर २०१२.
  2. २.० २.१ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर. अन्तिम पहुँच मिति:मंसिर २०७१.
  3. ३.० ३.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१. अन्तिम पहुँच मिति:१६ मंसीर.
  4. ४.० ४.१ "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक दैनिक, १७ मंसिर, २०७१. अन्तिम पहुँच मिति:१७ मंसिर.

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]