सामग्रीमा जानुहोस्

हनुमान ढोका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विसं १९०६ मा कुमारी जात्राको अवसरमा हनुमान ढोका

हनुमान ढोका वा वसन्तपुर दरवार वसन्तपुर दरबार क्षेत्रमा अवस्थित ऐतिहासिक दरबार हो। यो दरबार लगायत यस क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन तथा मन्दिरहरू राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन्। त्यस क्षेत्रमा अन्य महत्त्वपूर्ण स्मारकहरू हुन् तलेजु मन्दिर,जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, ठूलो घण्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, वसन्तपुर दरवार, गद्दी बैठक, काष्ठमण्डप

हनुमानढोका क्षेत्रमा राजदरबार , मन्दिर, जलस्रोत, बगैंचा आदि पूर्ण वा खुला ठाउँले घेरिएको उत्कृष्ट आंगन भएका विविध स्मारकहरू छन्। क्षेत्रमा प्यागोडा, शिखर र डोम वास्तुकला शैलीका धेरै मन्दिरहरू छन् । यो दरबार मूर्त र अमूर्त सांस्कृतिक विविधतामा धनी छ र यसको उत्कृष्ट ऐतिहासिक, पुरातात्विक र धार्मिक मूल्य छ। तसर्थ, यो सन् १९७९ मा युनेस्को विश्व सांस्कृतिक सम्पदा स्थलको रूपमा सूचीकृत भएको थियो। अद्वितीय चाडपर्व, अनुष्ठान, मूर्तिकला, चोक, मन्दिर आदि देशको जीवित संस्कृति र राष्ट्रिय गौरवका पक्ष हुन्। सन् १६७२ मा गहिरो कलाप्रेमी प्रताप मल्लले मुख्य प्रवेशद्वार अगाडि हनुमानको प्रतिमा स्थापना गर्दा दरबारको नाम हनुमानढोका राखिएको थियो।

हनुमान ढोका दरवारमा भएका चोकहरु मोहन चोक, सुन्दर चोक(रानीका लागि), नासल चोक (सवभन्दा ठूलो), मूल चोक, त्रिशूल चोक, दशै चोक, लोह चोक, दाख चोक, मसान चोक, न्हुल्क्षे चोक र वायु चोक ।

इतिहास[सम्पादन गर्नुहोस्]

लिच्छवी काल[सम्पादन गर्नुहोस्]

हनुमानढोका सुरुदेखि नै राजदरबार थियो, जुन सहरको मुटुमा अवस्थित थियो। केन्द्रमा अवस्थित यो दरबार लिच्छवी कालदेखि नै प्राचिन शासकका लागि विशेष महत्त्वपूर्ण भएको छ। हनुमानढोकाको वर्तमान स्थल वरपरको क्षेत्रलाई "कोलिग्राम" वा "दक्षिण राजकुला" भनिन्थ्यो। प्रारम्भिक मध्ययुगीन कालमा दरबारको पहिलेको नाम "कान्तिपुर" वा प्रकाशको सहर भनेर चिनिन्थ्यो। गुणकामदेवलाई काठमाडौँको स्थापनाको श्रेय दिइन्छ।[१] नगरहरूको विकाससँगै उनले कृषि समाजलाई भारततिब्बतबीचको व्यापारिक औद्योगिक नगरमा रूपान्तरण गरे।[१]

मल्ल काल[सम्पादन गर्नुहोस्]

यक्ष मल्लले वृहत नेपाल मण्डल,जसको केन्द्र भक्तपुरमा थियो, को निर्माण गरेका थिए । उनको मृत्यु पछी उनले बनाएको विशाल साम्राज्य टुकृयो । राजाको जेठो छोरो राजा हुने चलन अनुसार यक्ष मल्ल पछि भक्तपुरमा राय मल्ल राजा भए पनि माहिला रत्न मल्लले वि सं १५४१ मा कान्तिपुरका महापात्रहरूलाई हातमा लिई त्यहाँकै राजा भए । रत्न मल्ल (१४८२ ईस्वी) स्वतन्त्र काठमाडौंका प्रथम राजा थिए। यद्यपि, काठमाडौंको स्थापनाको श्रेय भाषा वंशावलीले राजा गुणकामदेवलाई दिइन्छ ।

महेन्द्र मल्लले दरबार बनाएर कोटिलिंगेश्वर, जगन्नाथ, तलेजु र महेन्द्रेश्वर मन्दिरहरू निर्माण गरे जुन आज पनि छ। प्रताप मल्लले हनुमानको प्रतिमा, कालभैरव, स्वैतवैरब र प्रसिद्ध सुन्दरी चोक, मोहनकाली चोक जस्ता धेरै स्मारकहरू निर्माण गरे।

शाह-राणा काल[सम्पादन गर्नुहोस्]

राजा पृथ्वीनारायण शाहले बसन्तपुर नौ तले दरबार निर्माण गरेका थिए । राजकुमार बहादुर शाह भतिजा नावालक राजा रणबहादुर शाहको नायव भई राज्य सञ्चालन गर्न थालेपछि सिस महलमा बन्यो ।[२] १८६३ वैशाख १४ मा आर्थिक हिनामिना गरेको विषयमा भारदारी कचहरीमा रणबहादुर शाहलाई उनकै भाइ शेरबहादुर शाहबाट काटिए भने शेरबहादुर शाहलाई तत्कालै रणबहादुर शाहका अंगरक्षक बम शाहकाजी बालनरसिंह कुँवरले ढाले र घिच्रो रेटे।[३] वैशाखमा हनुमानढोकाको भण्डारखाल बगैचामा एक हप्तासम्म राजनैतिक हत्याकाण्ड (भण्डारखाल पर्व) चल्यो। यस हत्याकान्डको मुख्य नाइके भिमसेन थापा थिए । दुई सातासम्म लगातार हत्या शृङ्खला चलेको थियो, जसमा १६ महिला र ७७ पुरुषले ज्यान गुमाए। 'यो हत्याकाण्ड कोतपर्वभन्दा पनि घटिया थियो, यसमा राति सुतिरहेका बालक र वृद्धलाई पनि छाडिएन,' इतिहासकारद्वय तुलसीराम वैद्यतीर्थप्रसाद मिश्रले लेखेका छन्।[४]

बिसं १९०३ भाद्र ३१ मा यसै दरबार परिसरमा रहेको सिस महलमा भेला भएका भारदारहरू बीच को छलफलामा स्थिती चारकदै गएपछी नरसंहार भयो । यस हत्याकाण्डमा ३१ जनाको हत्या भयो ।

वि सं १९६५ मा प्रधानमन्त्री चन्द्रशम्शेर राणाले गद्दी बैठकको निर्माण गरेका थिए। त्यति वेला विदेशी पाहुनालाई स्वागत गर्न, ओहोदाको प्रमाणपत्र दिन तथा राज्यका महत्त्वपूर्ण बैठकका लागि गद्दी बैठक प्रयोग हुने गरेको थियो। गद्दी बैठकको तल्लो तलामा रहेका तीन वटा ग्यालरीमा ऐतिहासिक हातहतियार राखिएका छन्। जसमा पृथ्वीनारायण शाहले प्रयोग गरेका हातहतियार पनि छन्। त्यस्तै, भुइँतलामा नेपाल एकीकरणदेखि गणतन्त्रसम्मको राजनीतिक परिचय दिने विभिन्न घटनाक्रम समेटिएका तस्वीर राखिएका छन्। शाहवंशीय राजाहरूको ११ पुस्ताकै तस्वीर पनि राखिएको छ। अडियो भिडियो कक्षमा विभिन्न जात्रा र पर्वसँग सम्बन्धित द्वश्य र वृत्तचित्र हेर्ने व्यवस्था गरिएको छ। यससँगै हनुमानढोका क्षेत्रका सय वर्ष पुराना तस्वीर पनि हेर्न सकिनेछ। जुन राजदरबारका फोटोग्राफर दिर्गमान चित्रकार, गणेश चित्रकार र किरण चित्रकारका संकलन हुन्। [५]

वर्णन[सम्पादन गर्नुहोस्]

हनुमान ढोका[सम्पादन गर्नुहोस्]

नासल चोक[सम्पादन गर्नुहोस्]

मूल चोक[सम्पादन गर्नुहोस्]

मोहन चोक[सम्पादन गर्नुहोस्]

संग्रहालय[सम्पादन गर्नुहोस्]

चित्र दिर्घा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Book:Ancient Indian History And Civilization, Author:S. N. Sen
  2. कोतपर्वको सङ्क्षिप्त विश्लेषण - प्र. से. प्रेमसिंह बस्न्यात , Ph.D
  3. नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ २०२
  4. तुलसीराम वैद्य र तीर्थ मिश्र (२०५४), आधुनिक नेपालको राजनैतिक इतिहास (१७६८–१८४६ ई.), नेपाल र एसियाली अनुसन्धान केन्द्र कीर्तिपुर। 
  5. यस्तो छ चन्द्रशम्शेरले बनाएको गद्दी बैठक (तस्वीरहरू), चैत १९, २०७८। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]