चाँगुनारायण नगरपालिका
चाँगुनारायण नगरपालिका | |
---|---|
देश | नेपाल |
विकास क्षेत्र | मध्यमाञ्चल |
अञ्चल | बागमती अञ्चल |
जिल्ला | भक्तपुर जिल्ला |
स्थापना | मंसिर २०७१ |
सरकार | |
• मेयर | सोम प्रसाद मिश्र |
• उप मेयर | विणा वास्तोला |
क्षेत्रफल | |
• जम्मा | २७.९ किमी२ (१०.८ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ३२,५२२ |
• घनत्व | १२००/किमी२ (३०००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-१ |
वेबसाइट | changunarayanmun.gov.np |
अन्तर्गत एक शृङ्खलाको भाग |
नेपालको प्रशासनिक विभाजन |
---|
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल |
नेपाल पोर्टल देश अनुसार प्रशासनिक विभाजन |
चाँगुनारायण नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने भक्तपुर जिल्लामा अवस्थित एक नगरपालिका हो।[२][३] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा भक्तपुर जिल्लामा चाँगुनारायण, झौखेल, दुवाकोट र छालिङ यी ४ गाउँ विकास समितिहरूलाई समेटेर चाँगुनारायण नगरपालिका घोषणा गरिएको हो।[३][४] चाँगुनारायण नगरपालिकाको केन्द्रभने चाँगुनारायण गाविसको नारायणटारमा रहको छ।[२] नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।[४]
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]चाँगुनारायण नगरपालिका साविकका चाँगुनारायण, झौखेल, दुवाकोट र छालिङ गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार यी ४ गाविसहरूको जनसङ्ख्यालाई जोड्दा चाँगुनारायण नगरपालिकाको कूल जनसङ्ख्या ३२,५२२ हुन्छ।[१]
भौगोलिक अवस्थिति
[सम्पादन गर्नुहोस्]समुन्द्री सतहबाट १३७२ देखी २१९१ मिटर उचाईमा रहेको नगरपालिकाको पूर्वमा मण्डन मण्डनदेउपुर नगरपालिका, काभे्र, पश्मिमा कागेश्वरी–मनोहरा नगरपालिका,काठमाडौँ र मध्यपुर ठिमी नगरपालिका,भक्तपूर,उत्तरमा शंखरापुर नगरपालिका,काठमाडौँ र दक्षिणमा सूर्यविनायक नगरपालिका र भक्तपुर नगरपालिका रहेको छ ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति
- ↑ २.० २.१ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१।
- ↑ ३.० ३.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर।
- ↑ ४.० ४.१ "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक दैनिक, नागरिक दैनिक, १७ मंसिर, २०७१, अन्तिम पहुँच १७ मंसिर।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |