सुडाल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सुडाल
—  Village Development Committee  —
Jeetpur, Bhaktapur.jpgसुडाल, जितपुर
सुडाल नेपाल-এ অবস্থিত
सुडाल
सुडाल
नेपालको नक्शामा
निर्देशाङ्क: २७°४१′उत्तर ८५°२९′पूर्व / २७.६८° उत्तर ८५.४८° पूर्व / 27.68; 85.48निर्देशाङ्क: २७°४१′उत्तर ८५°२९′पूर्व / २७.६८° उत्तर ८५.४८° पूर्व / 27.68; 85.48
देश  नेपाल
अञ्चल बागमती
जिल्ला भक्तपुर
जनसङ्ख्या (1991)
 - जम्मा ६,०७४
 - Religions हिन्दू
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+5:45)

सुडाल बागमती अञ्चलको भक्तपुर जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। २०४८ को जनगणना अनुसार यस गाविसमा १०८१ घरहरू र ६०७४ जनसङ्ख्या थियो । [१]

हाल यो गाउँ विकास समिति र अन्य गाउँ विकास समितिहरु समेत मिलेर चाँगुनारायण नगरपालिका बनेको छ भने सुडाल चाँगुनारायण नगरपालिकाको ८ नंबर वडामा पर्दछ ।

आधारभूत आवश्यकता[सम्पादन गर्ने]

भक्तपुर जिल्लाबाट नजिकै रहेको भएता पनि विकासमा एकदमै पछाडि परेको अवस्थामा सुडाल रहेको छ । विकासको मुलको रुपमा रहेको बाटो हालसम्म जिर्ण अवस्थामा रहेकोले बर्षातको समयमा हिलाम्मे सडकमा ओहोरदोहोर गर्नु पर्ने यस ठाउँमा हिउदको समयमा ईटा भट्टाबाट निस्किएको धुवाँ धुलोले घरमा बस्न समेत मानिसहरुलाई समस्या हुने गरेको छ । साथै यस क्षेत्रमा अन्य भौतिक सुविधाहरु ढल, खानेपानी आदीको विकास हुन सकेको छैन भने कतिपय ठाउँहरुमा नेपाल टेलिकमको टेलिफोन लाईन पुग्न सकेको छैन । बिरामी भएमा उपचारका लागि एम्बुलेन्स वा अन्य सार्वजनिक सवारी साधन पाउन कठिन रहेकोले नजिकै रहेको सदरमुकाम भक्तपुर पुग्न पनि कठिन रहेको अवस्था रहेको छ ।

पेशा[सम्पादन गर्ने]

कृषि पेशामा अगाल्दै आएका यहाँका वासिन्दाहरु, पशुपालन तथा दुग्घ व्यवसाय पनि गर्दै आईरहेका छन् । रोजगारीको लागि दैनिक काठमाण्डौ र भक्तपुरसम्म यात्रा गर्ने यहाँका वासिन्दाहरु विदेशी भूमीमा पनि श्रम वेच्दै आई रहेका छन् भने सरकारी सेवामा विशेष गरि नेपाली सेनानेपाल प्रहरीमा सेवारत रहेका छन् ।

शिक्षा तथा शैक्षिक संस्थानहरु[सम्पादन गर्ने]

देशको अन्य ठाउँहरुको तुलनामा यहाँ शैक्षिकस्तर राम्रो रहेको पाईन्छ । स्कुल शिक्षाको लागि यस क्षेत्रमा सरकारी विध्यालयको साथ साथै निजी विध्यालय पनि रहेका छन् भने उच्च शिक्षाको लागि जिल्ला सदरमुकाम भक्तपुर नै पुग्नु पर्ने वाध्यता रहेको छ ।

शैक्षिकस्तर[सम्पादन गर्ने]

यस क्षेत्रका वासिन्दाहरुको शैक्षिकस्तर बढदै गएको देखिन्छ । पछिल्लो समयमा उच्चशिक्षा अध्ययन देखि विदेश अध्ययनमा जाने युवापुस्ताहरुको संख्या बढ्दै गैरकेको छ ।

स्वास्थ्य तथा स्वास्थ्य संस्थान[सम्पादन गर्ने]

यहाँका जनताहरुको स्वास्थ्य स्थिति विगतमा भन्दा हाल आएर सन्तोषजनक छैन । विशेष गरी धुवाँ धुलोका कारण बृद्धबृद्धाहरुमा दमको रोग तथा रक्तचाप सम्बन्धि रोगहरु र पछिल्लो समयमा चिनीरोगले सताएको अवस्था देख्न सकिन्छ । बालबालिकाहरुमा पनि श्वासप्रश्वास सम्बन्धि रोगहरु रहेको छ भने स्वास्थ्य स‌ंस्थानको रुपमा १ वटा हेल्थपोष्टमात्र रहेको अवस्था छ । आकस्मिक उपचार सेवाका लागि यहाँका वासिन्दाहरु सदरमुकाम भक्तपुर मै पुग्ने गरेका छन् ।

उद्योग[सम्पादन गर्ने]

यस क्षेत्रमा अत्याधिक मात्रामा ईटाभट्टाहरु संचालनमा रहेका छन् भने उक्त ईटा भट्टामा मजदुरी गर्नेको लागि भारत तथा नेपालका दुर्गम गाउँहरुबाट मानिसहरु आउने गरेको पाईन्छ । प्रत्यक्ष रुपमा यहाँ रहेका ईटा उद्योगहरुबाट यस क्षेत्रका मानिसहरुलाई कुनै किसिमको लाभ देखिन्न भने अन्य कुनै पनि ठूला उद्योगहरु यस क्षेत्रमा रहेका छैनन् । यसरी यहाँ सञ्चालित ईटा भट्टाबाट केहि व्यक्तिहरुले लाभ उठाईरहेको भएतापनि स्थानिय वासिन्दाहरु प्रत्यक्ष रुपमा वातावरणिय प्रदुषणको प्रभावमा परेका छन् ।

सुरक्षा[सम्पादन गर्ने]

सुरक्षाको लागि यस क्षेत्रमा महानगरिय प्रहरी परिसर सुडाल रहेको छ । साथै यस क्षेत्रका धेरै युवाहरु सुरक्षा फौजसँग सम्बन्धित क्षेत्रमा नै रोजगार रहेका छन् ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Nepal Census 2001", Nepal's Village Development Committees, Digital Himalaya, अन्तिम पहुँच २००८-०८-२६