दत्तात्रय मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दत्तात्रय मन्दिर
दत्तात्रय मन्दिर
प्राथमिक विवरण
स्थान:भक्तपुर, तचपाल
सम्बन्धनहिन्दुत्व
जिल्लाभक्तपुर जिल्ला
देशनेपाल
वास्तुकला प्रकारप्यागोडा

भक्तपुरका प्रसिद्ध मन्दिरहरूमा दत्तात्रय मन्दिर पनि प्रमुख हो । ब्रम्हा, विष्णुमहेश्वरएकै स्वरुप त्रिशक्तीको रूपमा पुजिने यस मन्दिरमा साउन महिनामा विशेष पुजाआजा गर्ने गरिन्छ । साउन महिनामा महादेव भगवानको अवतार हुने जनविश्वासका कारण साउन महिनामा विवाहित महिलाहरू श्रीमान्को लामो आयु र परिवारको सुखद भविष्यको लागि र अविवाहित महिलाहरू असल जीवनसाथी प्राप्तीको कामना सहित प्रत्येक सोमबार ब्रत बसि दत्तात्रयको पूजा गर्ने प्रचलन रहिआएको पाइन्छ ।

प्यागोडा शैलीमा निर्माण गरिएको यस मन्दिर राजा यक्ष मल्लले बनाउन लगाएका थिए । यसको प्रमुख विशेषता भनेको यो मन्दिर ठूलो एउटै रुखबाट बनेको जनविश्वास रहेको छ । दुइजना राजपूत पहलमानहरु यस मन्दिरको रक्षार्थ अग्रस्थानमा राखिएको पाइन्छ ।

चित्र दीर्घा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]