सामग्रीमा जानुहोस्

मुकुन्द सेन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
King Mukunda Sen on his Horse

मुकुन्द सेन तत्कालिन पाल्पा राज्यका सिपाहि रत्न सेनका छोरा थिए। आफ्ना पिताको लडाकु जिवनको प्रभाव उनमा परेको र तत्कालिन राजाको सम्पूर्ण सुराक पिता रत्न सेनले मुकुन्द सेनलाई दिएपछि मुकुन्द सेनले पाल्पाली राजामाथि चढाई गरी सत्ता आफ्नो हातमा लिएका थिए। यिनले नै विशाल मकवानपुर राज्यको शुरुवात गरेका थिए। मुकुन्द सेनले आफैंले फौजको नेतृत्व गरेर हाल सिन्धुली जिल्ला अन्तर्गतको हरिहरपुर गढीमा धावा वोले र वि.सं. १३८२ मा हरिहरपुर गढी कब्जा गरे। पछि मुकुन्द सेनले आफ्नै नामबाट राजधानी मुकुन्दपुर बनाई शासन सञ्चालन गर्न थाले। मुकुन्दपुरको नामबाट हालको मकवानपुर राज्य रहन गएको हो।[]

सैन्य अभियान

[सम्पादन गर्नुहोस्]

नेपाल उपत्यका आक्रमण

[सम्पादन गर्नुहोस्]

वि.सं. १५८१ माघ कृष्ण षष्ठी सोमबार थानकोट सिंक्वाठ अग्लग्राममा आगो लगाइयो ।[]

वि.सं. १५८१ माघ कृष्ण नवमी उप्रान्त दशमी मूल नक्षत्र बृहस्पतिबार यस दिन कीर्तिपुरमा आगो लगाइयो ।

वि सं १५८१ फाल्गुनकृष्ण नवमीउप्रान्त दशमी पूर्वषाढाउप्रान्त उत्तराषाढानक्षत्र बुधबार यस दिन मगर मुकुन्द सेन राजाले कीर्तिपुर जिते ।

१५८२ चैत्र शुक्ल सप्तमी मंगलबार यंग्ला र यंबुमा तीन रात चार दिन फौज घेरा हाल्यो ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]